Tuesday, January 2, 2024

Terrifying Effects of Post Modernism Part 1

 उत्तर आधुनिक युगको त्रासदी

भाग १

विखण्डित परिवार 

हामी अहिले उत्तर आधुनिक युगमा बाँचिरहेका छौ। उत्तर आधुनिक युगलाई आर्टिफिसिएल इन्टेलिजेन्स युग पनि भन्न सकिन्छ।

१ कृषि युग, २ औद्यौगिक युग, ३ सेवा-व्यवसाय युग, ४ सुचना-प्रविधि युग हुँदै अहिले हामी ५ ‘आर्टिफिसिएल इन्टेलिजेन्स (AI-Artificial Intelligence)  युग’ मा आइ पुगेका छौ। अर्थात अहिले हामी उत्तर आधुनिक युगमा बाँचिरहेका छौ।

यो पाँचौ वा पछिल्लो युगले हामीलाई आर्टिफिसिएल इन्टेलिजेन्स युगमा पुर्याएको छ। अहिले हामी उत्तर आधुनिक युगका नागरिक हुन पुगेका छौ। उत्तर आधुनिक युग र आर्टिफिसिएल इन्टेलिजेन्स युग एउटै हो।

के उत्तर आधुनिक युगले हामीलाई विगतका युगहरू भन्दा अझै धेरै सुविधा, सरलता र सन्तुष्टि दिनेछ? के मानवतामा अभिवृद्धि गर्नै छ? के हाम्रो चरित्र झनै नैतिकवान् पार्नेछ?

उत्तर आधुनिक युगमा हामी केवल इन्टरनेटबाट मात्र दुष्प्रभावित भएका छैनौ। हामी अब एउटा नया खोजबाट झनै अति दुष्प्रभावित हुन गइरहेका छौ।

हामी माथि अर्को संकट आइपरेको छ। र त्यो संकट हो ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को उत्पत्ति। आर्टिफिसिएल इन्टेलिजेन्सले मानव-सभ्यतामाथि ठूलो संकट ल्याउने संकेत दिइरहेको छ।

अहिले भने म यो उत्तर आधुनिक युगले हाम्रो परिवारिक संचरना, सामाजिक स्थिति र मानव सभ्यतामा पारेको अति दुष्प्रभाववारे चर्चा गर्न गइरहेको छु। मुख्यगरी पारिवारिक संरचनामा पारेको प्रभावबारे चर्चा गर्न गइरहेको छु।  

हाम्रो पारिवारिक संरचना सर्वाधिक सुन्दर कृषि युगमा थियो। परिवारका सम्पूर्ण सदस्यहरू एउटै गाउँको एउटै घरमा संयुक्त परिवारको रुपमा बस्ने गर्थ्ये। परिवारका सबै सदस्यहरूले आफ्नो शारिरिक क्षमता अनुसार आफ्नो परिवारले गर्ने कृषि कार्यमा योगदान पुर्याउँथे। कृषिबाट आएको प्रतिफल सबैले साझा रुपमा प्रयोग गर्थ्ये। सामुहिक श्रम लागानी भएकोले कृषि कार्यमा कसको वा कुन सदस्यको श्रमको योगदान कति महत्वपूर्ण हुन्थ्यो भन्ने कुराको लेखाजोखा हुन्थेन। प्रत्येक व्यक्तिको श्रमको योगदान छुट्याउन कठिन थियो। र यो कारणले गर्दा कृषि-पतिफलमा कसको कति ठूलो योगदान रह्यो भन्ने कुराको जाँचबुझ पनि सम्भव थिएन। कृषि युगमा श्रम बढी गर्नु परेकोले जीवन संघर्षपूर्ण त थियो तर निराशाले भरिएको थिएन। संयुक्त परिवारको अवधारणाले राम्रो कार्य गरिरहेको थियो। परिवारका सदस्यहरू सङ्गै थिए। एक अर्काको नजिक थिए।

उत्पादन व्यवस्थमा इन्धन, मेसीन र औजारको प्रयोग हुन थाले पछि उद्योगहरुको स्थापना र विकास हुन थाल्यो। औद्योगिक युगको सुत्रपात भयो। धेरै उद्योग भएका गाउँहरू व्यापारिक एवं औद्योगिक सहरको रुपमा परिणत तथा स्थापित हुन थाले।

उद्योग र व्यापारिक प्रतिष्ठानहरूले ठूला आकार लिन थाले। गाउँको जनसंख्या सरल जीवनको खोजिमा सहरतिर स्थानतरण हुन थाल्यो। सहरहरूमा पुगेर उद्योग एवं ब्यापारमा व्यक्तिहरूले काम गर्न थाले पछि एक परिवारका सदस्यहरूमा कसले कति श्रम गर्यो र त्यसको प्रतिफल कति प्राप्त भयो भनी छुट्याउन सजिलो भयो। अब, यो पछिल्लो स्थितिमा एउटै परिवारका सदस्यहरूको आआफ्नो व्यक्तिगत आम्दानी अनुसार आर्थिक हैसियत पनि फरक हुन थाल्यो। अब एउटै परिवारका सदस्यहरू मध्ये जुन सदस्यको आम्दानी अति उच्च थियो ऊ ठूलो शहरमा बस्न पुग्यो भने मध्यम र सामन्य आम्दानी हुनेहरू मध्य एवं सामन्य स्तरको सहरमा बस्न थाले। कृषि युगमा, एउटै पारिवार भएर एउटै गाउँ एवँ घरमा बस्ने परम्परा औद्योगिक युग आए पछि, यसरी भत्किन थाल्यो। व्यक्तिहरू सहरमूखि हुनथाले पछि र आम्दानीले व्यक्तिको आर्थिक हैसियत फरक पारेपछि संयुक्त पारिबार टुक्रा टुक्रा हुने परम्पराको विकास भयो।

अहिले यो उत्तर आधुनिक युगमा परिवार नाम गरेको संगठन कस्तो हुन पुगेको छ त्यसबारे चर्चा गरौ। भविष्यमा यसको स्थिति कस्तो हुनेछ त्यसबारे चर्चा गरौ।

एउटा सिसाको प्लेट एउटा ठूलो ढुंगामा खसे पछि त्यो सिसाको प्लेट हजारौ टुक्रमा विभक्त भएझै परिवार अहिले, यो उत्तर आधुनिक युगमा, अनेकौं टुक्रामा विभक्त भएको छ। तर अचम्म यो कुराको छ कि परिवार यसरी टुक्रिएकोमा, परिवार र परिवारका सदस्यहरू दु:खी छैनन। अपितु खुसी छन। खुसी मात्र होइन अति हर्षित नै छन। परिवार यसरी टुक्रिएको स्थितिलाई ठूलो प्रगति र आर्थिक समृद्धि मानिरहेका छन। आमाबाबु एउटा देशमा छोरीछोरा अर्को देशमा भएको स्थितिलाई सुखद मानेर हर्षित भएका छन। जस्तै आमा क्यानाडा, बा नेपाल, पहिलो सन्तान-छोरो अष्ट्रेलिया, दोस्रो सन्तान- छोरी बेलायत, तेस्रो सन्तान- छोरी अमेरिकमा रहेको स्थितिलाई आर्थिक प्रगति र समृद्धि मानिरहेका छन। तर यसरी परिवार टुक्रिएको स्थितिमा हामीहरू दु:खी हुनु पर्ने होइन र? ७०।८० वर्षे जीवनमा पनि, केवल आर्थिक समृद्धिका परिवारका सदस्यहरू टुक्रिएर बस्ने? परिवार टुक्रा पार्ने यो कस्तो युग हो?  

परिवार मानिसको लागि आवश्यक्ता हो। परिवार भित्र बस्न पाउनु विलासी जीवन बिताउनु होइन। परिवारलाई बाँच्नको लागि आवश्यक स्थिति वा तत्वको रुपमा मानिएको छ। परिवारको अभावमा एक व्यक्ति दिमागी रुपमा वा मानसिक रुपमा सन्तुलित भएर बस्न सक्तैन। यो यथार्थलाई हाम्रो समाजले बिस्तारै बिर्सन खोजे जस्तो छ। उत्तर आधुनिक युगले ल्याएको यो एउटा ठूलो त्रासदी हो। यो त्रासदीको बोध र अनुभूति विश्वभरिका परिवारहरूलाई भइरहेको छैन। खास गरी नेपालमा भइ रहेको छैन।

परिवार टुक्रिनु, अनेक टुक्रामा विभाजित हुनु, नेपाली समाजको मात्र समस्या होइन। यसैगरी दक्षिण एशियाली समाजको मात्र समस्या होइन। यो अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अमेरिका र अफ्रिका, सबै तिरको समाजको समस्या हो।

हाम्रो जीवनमा परिवार कति आवश्यक छ त्यसबारे बारे चर्चा गरौ।

प्रख्यात अमेरिकी मनोविद् एब्राहम मज्लोले परिवारलाई महत्वपूर्ण आवश्यकताको रुपमा उल्लेख गरेका छन। उनको ख्याति प्राप्त सिदधान्त ‘आश्यकताको तह’ मा उनले भोजन र सुरक्षा पछि परिवार, मित्र, समाजलाई तेस्रो आवश्यकताको तहमा राखेका छन। उनको ‘आवश्यकताको तह’ (Hierarchy of Needs) को सिद्धान्तमा परिवार भनेको कुनै विलास गर्ने स्थान वा अवस्था नभएर एक अत्यावश्यक वस्तु हो भनिएको छ। परिवारको अभावमा कुनै पनि व्यक्ति सन्तुलित रहेर बाँच्न सक्तैन। परिवारबिना कसैले बाँच्न खोजे पनि त्यसरी बाँच्न खोज्ने प्रयास कृत्रिम हुने भनी उल्लेख गरिएको छ। मज्लोको यो सिद्धान्त आवश्यकताको तह, संसारभरिका विश्व विद्यालयहरूमा अध्यापन गराइन्छ। एक आवश्यक पाठ्य सामाग्रीको रुपमा लिइन्छ।

आवश्यकताको तह भनेको के हो?

मज्लोको आवश्यकताको तह

आवश्यकताको पहिलो तहमा पर्ने आवश्यकताहरू

निद्रा, भोजन, जल, वायु, आवास आदि                   

आवश्यकताको दोस्रो तह पर्ने आवश्यकताहरू               

स्वास्थ्य, जीवन सम्बन्धी सुरक्षा, यौन

आवश्यकताको तेस्रो तहमा पर्ने आवश्यकताहरू              

परिवार, मित्रता, विवाह, सामाजिक समूह

आवश्यकताको चौथो तहमा पर्ने आवश्यकताहरू              

मान, सम्मान, भिन्नता

आवश्यकताको पाँचौ वा अन्तिम तहमा पर्ने आवश्यकताहरू     

पहिचान, सर्वोच्च उपलब्धि आदि

एक ब्यक्तिले आफ्नो जीवनकालमा क्रमश: पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ तहमा पर्ने आवश्यक्ताहरूको वोध गर्दछ। ती आवश्यकताहरूको परिपूर्ति गर्दछ। ती आवश्यकताहरूको परिपूर्ति गर्न अनके कार्यहरू गर्दछ। कुनै एक व्यक्तिले केवल एक तहमा पर्ने आश्वकताहरूको मात्र परिपूर्ति गर्न सक्छ भने कसैले एकदेखि पाँचै तहमा पर्ने आवश्यकताहरूको परिपूर्ति गर्न सक्छ। तर सामान्य रुपमा हेर्दा एक ब्यक्तिले तेस्रो तहसम्ममा पर्ने आवश्यक्ताहरूको परिपूर्ति गर्ने प्रयास गर्दछ र त्यसरी प्रयास गर्नेहरू मध्ये केहीले सफलता पनि प्राप्त गर्दछन। अर्थात एकदेखि तेस्रो तहसम्मका सम्पूर्ण आवश्यक्ताहरू परिपूर्ति गर्न सक्छन।  

एब्राहम मज्लको आवश्यकताको तहलाई यहाँ, यो देखाउनका लागि प्रस्तुत गरिएको हो कि परिवार कुनै पनि व्यक्तिको लागि एक अत्या आवश्यकीय तत्व हो। जीवनदेखि मृत्युसम्म हरेक व्यक्तिलाई परिवार चाहिन्छ नै। परिवारको अभावमा ब्यक्तिलाई एक क्षण पनि बाँच्न कठिन हुन्छ।

अब नेपाली सन्दर्भमा परिवारको महत्वको कुरा गरौ। नेपाली समाजले परिवारको महत्वलाई बिर्सिदैं गएको जस्तो देखिएको छ। परिवारको आवश्यकता अनुभव नगरे जस्तो देखिएको छ। परिवार भन्दा आर्थिक सुख र समृद्धिलाई महत्व दिए जस्तो छ। यो कारणले गर्दा, आर्थिक सुख र समृद्धिका लागि नेपालीहरू अनेक देशहरूमा पुगेको कारणले गर्दा नेपाली परिवारहरू अहिले टुक्रा टुक्रा भएर अनेक ठाउँ (देश) हरूमा छरिएका छन। धन र सुविधाक लागि नेपालीहरूले आफैले आफ्नो परिवारलाई स्वेच्छा टुक्रा टुक्रा पारिरहेका छन। नेपाली परिवारहरूलाई युद्ध, गृह युद्ध, भोकमरी, महामारी आदिले होइन, धन-लोभले टुक्रा टुक्रा पारिरहेको छ। कहिले नजोडिन सक्ने गरी टुक्रा टुक्रा पारिरहेको छ।

ओठ निचोर्दा दुध आउने ( १५, १६ वर्ष उमेका किसोरी एवं किसोर) आफ्ना सन्तानहरूलाई परिवारबाट टुक्र्याएर बाहिर पठाउँदा आमाबाले हर्षका साथ सामाजिक संजालमा यसरी लेख्छन- “मेरो छोरी।छोरा उच्च शिक्षा हासिल गर्न अमेरिका, क्यानाडा, अष्ट्रेलिया, ब्रिटेन जान थालेको सुखद स्थितिमा म हर्षित छु।” उमेरको कारणले गर्दा आफ्नो काखमा हुनु पर्ने अवस्थामा रहेका आफ्ना सन्तानहरूलाई आफूहरूदेखि छुट्याएर विदेश पठाउँदा आमाबा दु:खी हुनु पर्ने होइन र? तर अचम्म! उल्टो आमाबा हर्षित भएका छन। सुख र समृद्धिको पछि लागेर हाम्रो समाजले परिवारको महत्वलाई अस्वीकार गरेको जस्तो देखिएको छ। आर्थिक अवस्था कमजोर नभएका आमाबाहरूले पनि आफ्ना सन्तानलाई आफूदेखि अलग पारेर विदेश पठाएको देखिएको छ। केवल धनका लागि, सुविधायुक्त जीवनका लागि किन यसरी निर्मोही र निदर्यी भएका होलान आमाबाहरू?

आफ्ना सन्तानहरू विदेश गए पछि उतैको भूमिमा भास्सिने, स्थायी रुपमा नै उतै बस्ने, नेपाल कहिले नफर्किने, कालान्तरमा जुन देश पुगेको हो त्यस देशको नागरिक हुने, नेपालको अनागरिक सदाको लागि हुने भन्ने यथार्थ थाहा पाउँदा पाउँदै पनि नेपाली आमाबाहरू परिवार टुक्रा पार्न कसैको दबाबमा होइन, परिस्थिति प्रतिकूल भएर होइन, स्वइच्छाले तयार भएका छन। यो उत्तर आधुनिक युगले ल्याएको त्रासदी हो। उत्तर आधुनिक युगले पारिरवारलाई टुक्रा टुक्रा मात्र पारिरहेको छैन। व्यक्तिको परिचय लोप हुँदैछ। एउटा नेपाली, भारतीय, बङ्गलादेशी सदाको लगि अमेरिकी, क्यानाडेली वा अष्ट्रेलियन हुँदैछ। यसरी ब्यक्तिहरूले आर्थिक सुख र समृद्धिका लागि आफ्नो पहिचान ( यो देशको नागरिक ) स्वयंले परित्याग गर्दे छन।

परिवार एक यस्तो महत्वपूर्ण स्थल हो जहाँ यसका सदस्याहरू हर्ष, पीडा, उमङ्ग साटा साट गर्छन र बाँच्नका लागि ऊर्जा प्राप्त गर्छन। परिवारको अभावमा एक ब्यक्ति बिरक्त भएर हिंसक पनि हुन सक्छ। हत्यारा पनि हुन सक्छ। तर अहिले परिवार टुक्रिने क्रम तिब्र छ।

हेर्दै जाउँ। यो उत्तर आधुनिक युगले परिवारहरूलाई टुक्रा टुक्रा पारेर के कस्तो स्थितिमा पुर्याउने हो?  हेर्दै जाउँ।

No comments:

Post a Comment