Friday, January 12, 2024

Terrifying Postmodernism Part 29

 उत्तर आधुनिक युगको त्रासदी

२९

हेकिंगको खतरा

कम्युटर आधुनिक सभ्यताको मुटु हो। कम्युटरको प्रयोगले हाम्रो जीवन सरल पारेको छ। स्कूल, कलेज, अस्पताल, सरकारी कार्यालाय आदिमा कम्युटरको ब्यापक प्रयोग हुन्छ। ब्यापार क्षेत्रमा त कम्युटरको झनै अत्यधिक प्रयोग हुन्छ। यो समय बिन्दुमा, यदि कम्युटर न हुने हो भने ब्यापार गर्न नै असम्भव हुने स्थिति सृजना भएको छ। अमेजन, इवे जस्ता विश्वविख्यात कम्पनीहरूले कम्प्युटर प्रणाली प्रयोग गरेर, इन्टनेटको सहयोगबाट, ठूलो परिमाणमा ‘अनलाइन ब्यापार’ गरिरहेका छन। कम्प्युटर प्रणालीले गर्दा नै इ ब्यापार (E-Commerce) सम्भव भएको छ।

आधुनिक बैंकिक प्रणाली त कम्युटरको जगमाथि नै उभिएको छ। बैकिंग प्रणालीबाट कम्युटर झिकिदिने हो भने बैंकिग प्रणाली नै धरासायी हुने स्थिति छ। बैंकिग प्रणाली आधुनिक युगमा यति जटिल हुन पुगेको छ कि त्यो केवल मानवीय श्रमद्वारा गर्न सम्भव छैन, कम्प्युटर प्रयोग गर्नु पर्छ नै। कोष एक ठाउँबाट अर्को ठाउँ पुर्याउन, ब्याज गणना गर्न कम्युटरको निकै प्रयोग हुन्छ। यी कार्यहरू कम्युटर नभएमा मानिसले गर्न सम्भव छैन।

कम्प्युटर नहुने हो भने यो युगमा ‘स्टक’ वा शेयर खरिद बिक्री गर्न असम्भव नै हुनेछ।

स्वास्थ्य क्षेत्रमा त झन कम्युटरको महत्व चुलिएर गएको छ। कुनै एक बिरामीको स्वास्थ्य-अभिलेख कम्युटरको प्रयोग नगरिएमा राख्न असम्भव भएको छ। कुनै एक विरामीलाई विगतमा के कस्ता विरामीहरू भए, उसले के कस्ता औषधीहरू खायो, उसको स्वास्थ्य परीक्षणका नतिजाहरू कस्ता थिए, आदि जस्ता स्वास्थ्य अभिलेख राख्न  कम्युटर अहिले वरदान साबित भएको छ। कुनै एक विरामीको मुटुको गति हेर्न, स्वास प्रस्वासको स्थिति हेर्ने, रक्तसञ्चारको स्थिति हेर्ने आदि जस्ता कार्य पनि कम्प्युटरले गर्न थालेको छ। यी कार्यहरू गर्न स्वास्थ्यकर्मी नचाहिने भएको छ।

हावा, पानी, घाम आदि मानव सभ्याताका अभिन्न अंग भएझै कम्प्युटर पनि मानव सभ्यताको एक अभिन्न अंग भएको छ। तर साथै कम्प्युटर हैकिंगको समस्या पनि बढेर गएको छ। कम्प्युटर हैंकिग अहिले ठूलो चुनौति हुन पुगेको छ। आफ्नो सूचना प्रणाली कसरी हैकरहरूबाट जोगाउने भन्ने चिंता ब्यक्ति, संस्था एवं सरकारहरूमा बढेर गएको छ। हैकरहरूले चाहेमा कुनै पनि व्यक्ति वा संस्थाको कम्प्युटर वा सूचना प्रणाली भित्र पसेर सूचना प्रणालीलाई ठूलो क्षति पुर्याउन सक्ने, त्यसलाई नष्ट नै समैत पनि पार्न सक्ने भएकोले म्प्युटरको क्षेत्रमा हैकिंग अहिले अत्यधिक ठूलो समस्या हुन पुगेको छ। सूचना, जानकारी, अभिलेख र व्यक्तिगत विवरणहरू कसरी सुरक्षित पार्ने भनी चिन्ता बढेको छ।  

उत्तर आधुनिक युगले ल्याउने त्रासदी मध्ये कम्प्युटर हैकिंग पनि एक हुनेछ। उत्तर आधुनिक युगमा व्यक्तिहरूका महत्वपूर्ण सूचना, जानकारी आदिको ठूलो दुरुपयोग हुनेछ।

अब, कम्युटर हैकिंग के हो त्यसबारे चर्चा गरौं।

हैकिंग भनेको कम्प्युटर प्रणाली तथा सञ्जाल भित्र रहेको कमजोरी सुनोयोजित एवं जानाजानी पत्ता लगाएर कम्प्युटर प्रणाली तथा सञ्जाल भित्र अनाधिकृत किसिमबाट प्रवेश गर्नु हो।

हैकिंग कार्य असल र खराब दुबै किसिमका उद्देश्यका साथ गरिन्छ। असल उद्देश्यका साथ हैकिंग कार्य गर्नेलाई ‘ह्वाइट हैट हैकर’ (White Hat Hacker) भनिन्छ। खराब उद्देश्यका साथ हैकिंक कार्य गर्नेलाई ‘ब्लेक हैट हैकर (Black Hat Hacker) भनिन्छ।

मुख्यगरी अनेक संस्था वा संगठनहरूको कम्प्युटर प्रणाली तथा सञ्जाल भित्र रहेका कमजोरी पत्ता लगाउन तथा ती कमजोरीहरूको सुधार गरी खराब नियत भएका हैकरहरूलाई कम्प्युटर प्रणाली तथा सञ्जाल भित्र अनाधिकृति किसिमले प्रवेश गर्न नसक्ने गरी कम्प्युटर प्रणाली तथा सञ्जाललाई बलियो तुल्याउन ह्वाइट हैट हैकरहरूको प्रयोग गरिन्छ। ह्वाइट हैट हैकरहरूले कम्प्युटर प्रणाली एवं सञ्जाललाई सुरक्षित पार्ने कार्य गर्दछन। ह्वाइट हैट हैकरहरू कम्प्युटर प्रणाली तथा सञ्जालका पहरेदारहरू हुन्।

ब्लैक हैट हैकरहरूको काम भने आफ्नो उच्च एवं अति विशिष्ठ कम्प्युटर सम्बन्धी ज्ञानको प्रयोग गरेर ब्यक्ति वा संस्थाको कम्प्युटर प्रणाली तथा सञ्जाल भित्र अनाधिकृत किसिमले प्रवेश गर्नु र आफूलाई चाहिएको सूचना एवं जानकारीहरू कम्प्युटर प्रणाली तथा सञ्जालबाट चोरी गर्नु हो। र त्यसरी चोरेका सूचना एवं जानकारी अन्यत्र प्रयोग गरेर ठूलो पैसा हात पार्नु हो। ब्लैक हैट ह्याकरहरूले मुख्य गरी दुई कार्यहरू गर्दछन। पहिलो कार्य, कुनै ब्यक्ति वा संस्थाको कम्प्युटर प्रणाली भित्र प्रवेश गरेर महत्वपूर्ण सूचना एवं जानकारीहरूको चोरी गर्नु र चोरिएका सूचना एवं जानकारीहरूको दुरुपयोग आफ्नो आर्थिक फाइदाक लागि गर्नु। दोस्रो कार्य, कुनै व्यक्ति वा संस्थाको कम्प्युटर प्रणाली वा सञ्जाल भित्र प्रवेश गरेर उक्त प्रणाली वा सञ्जालको उचितसङ्ग कार्य गर्ने क्षमता एवं कुसलता नष्ट पारिदिनु। ब्लेक हैट हैकरहरू अपराधीहरू हुन्। आफूले चोरेको सूचना सार्वजनिक गरिदिने वा कुनै व्यक्ति वा संस्थाको कम्युटरको कार्य प्रणाली नै ध्वस्त पारिदिने भनी ब्लेक हैट हैकरहरूले ठूलो रकम पीडितसङ्ग माग पनि गर्दछन।

ब्लैक हैट हैकरहरूले आफ्नो कम्प्युटर प्रणाली भित्र पसेर क्षति पुर्याउन नसकुन भनेर कतिपय ठूला कम्पनीहरूले ह्वाइट हैट हैकर वा नैतिकवान हैकर (Ethical Hackers) नियुक्त समेत गरेका हुन्छन। समाचारहरूमा उल्लेख गरिए अनुसार टेस्ला, बैंक अफ अमेरिका, लेनेभो, गुगल, हेकररेन्क, आइबिएम, लिटिल सिजर, क्राउडस्ट्राइक जस्ता कम्पनीहरूले आफ्नो कम्पनीको कम्प्युटर प्रणाली ब्लैक हैट हैकरहरूबाट  सुरक्षित राख्न नैतिकवान हैकरहरू नियुकत गरेको पाइएको थियो।

सन् २०२३ मा ब्लैक हैट हैकरहरूले टी-मोबाइल, केएफसी, टाको बेल, पिजा हट, चिक-फिल-ए जस्ता कम्पनीहरूको कम्प्युटर प्रणाली एवं सञ्जाल भित्र पसेर ठूलो क्षति पुर्याएको सुनिएको थियो।

कतिपय हैकरहरूले पैसाको लागि हैकिंग कार्य गर्दछन भने कतिपयले आफ्नो देशको सरकारको निर्दैशनमा अर्को देशको महत्वपूर्ण सूचना एवं जानकारी तथा सुरक्षा सम्बन्धी गोप्य कुराहरू थाहा पाउन हैकिंग गर्दछन। कतिपयले केवल मनोरंजन वा आफ्नो कम्प्युटर-ज्ञान क्षमताको जाँच गर्न पनि हैकिंग कार्य गर्छन।  

केभिन मिटनिक, अज्ञात, एड्रियन लामो, अल्बर्ट गोन्जालेज, मैथ्यु बेभेन एण्ड रिचार्ड प्री, जिएसन जेम्स अन्चेला, माइकल काली, केल्भिन पौल्सेन, जोनाथेन जेम्स र अस्त्र लाई संसारका सर्वाधिक दस ठूला कुख्यात हैकर मान्ने गरिन्छ।

केही हैकरहरूले भने अपराध कर्म (हैकिंग) परित्याग गरेर सही बाटोमा लागेको पाइएको छ। त्यस्ताहरूले ह्वाइट हैट हैकर भएर काम गरेको सुनिएको छ। उनीहरूले समाज र सरकारलाई सहयोग गरेको देखिएको पनि छ।

ब्लेक हैट हैकरहरूबाट कुनै समाजिक वा ब्यापारिक संगठनहरू मात्र पिडीत हुँदैनन, सामान्य उपभोक्ताहरू समेत पनि पीडित हुन पुग्छन। ब्लैक हैट ह्याकरहरूलाई अन्य गम्भीर प्रकृतिका अपराध गर्ने अपराधी सरह नै दण्ड दिने गरिन्छ।

उत्तर आधुनिक युगमा हुने अनेक कुकर्महरू मध्ये हैकिंग पनि एक हुनेछ। कम्युटर प्रणालीको जगत्मा ठूला ठूला अपराधहरू हुने छन्। यति मात्र होइन, हैकरहरूले कुनै देशको सुरक्षा प्रणाली (कम्प्युटर प्रणाल) भित्र पसेर न्युक्लिएर हतियार पनि प्रयोग गर्न सक्ने सम्भावना छ।  

उत्तर आधुनिक युगमा हैकरहरूको शक्ति देखर कम्प्युटर मानव सभ्यताको शत्रु वा मित्र के हो भनी निर्धारण गर्न मानिसहरूलाई कठिनाइ हुनेछ।   

No comments:

Post a Comment