Monday, January 8, 2024

Terrifying Postmodernism Part 17

उत्तर आधुनिक युगको त्रासदी

 १७

डरलाग्दो स्थानन्तरण

उत्तर आधुनिक युगमा सर्वाधिक ठूलो संख्यामा स्थान्तरण हुने छ। र स्थानतरण हुने प्रमुख कारणहरू यी हुने छन्: १.युद्ध र गृहयुद्ध, २.आर्थिक प्रलोभन र मानव ब्यापार।

उत्तर आधुनिक युगमा युद्धमा कमी आउने छाँटकाँट देखिंदैन। अहिले पनि अनेक देशहरू युद्धरत छन्। युक्रेन र रसिया बिचको युद्ध, इजराइल र फिलिस्तिनी बिच युद्ध रोकिएको छैन। यमन, सिरिया, सुडान, सोमालिया, साउथ सुडान, माली, अफगानिस्तान, इथोपिया, मध्य अफ्रिकी गणतन्त्र आदिमा गृहयुद्ध जारि छ। यी युद्ध र गृहयुद्धहरूले व्यक्ति एवं परिवारहरूलाई उनीहरू बसेको स्थान एवं गृह देश पारित्याग गर्न बाध्य पार्ने छन्। पारिणाम स्वरुप स्थानन्तरण गर्नेहरूको संख्यामा ब्यापक वृद्धि हुनेछ। उत्तर आधुनिताले ल्याउने ठूला विपद् मध्ये एउटा यो पनि हो। 

अहिले गृहयुद्ध र युद्धहरूबाट ज्यान जोगाउन आफू बसेको स्थान वा आफ्नो गृहदेश त्यागेर अर्को देशमा पुग्न मान्छेहरूले कस्ता कस्ता जोखिम उठाइ रहेका छन् त्यसबारे छोटो चर्च गरौ।

अहिले, एशियाका विभिन्न देशहरूबाट गैरकानूनी रुपमा अमेरिका पस्न मेक्सिकोलाई निकै प्रयोग गरिएको छ। नेपाल, अफगानिस्तान, पाकिस्तान, भारत, बङ्गलादेश, श्रीलंका आदि अनेक देशहरूबाट मानव तस्करहरूको सहयोगमा हजारौं मानिसहरू गैरकानूनी किसिमले, ज्याननै जोखिममा राखेर, अमेरिका पसिरहेका छन। अमेरिका पस्ने क्रममा कतिपय ब्यक्तिहरूको बाटोमा, मेक्सिकोको बोर्डरमा, ज्यान जाने गरेको छ। तर पनि मानिसहरू गैर कानूनी रुपमा अमेरिक पस्ने क्रम भने रोकिएको छैन।   

दक्षिण अमरिकाका विभिन्न देशहरू जस्तै होण्डुरस, ग्वाटेमाला, निकारागुआ, अल सल्भाडोरबाट पनि ठूलो संख्या ब्यक्तिहरु मेक्सिको हुँदै गैरकानूनी रुपमा अमेरिका पुग्ने प्रयास गर्दछन। सन् २०१८ मा त स्तान्तरणको इतिहासमा नै एउटा ठूलो एवं अपत्यारिलो कार्य वा घटना भएको थियो। र त्यो कार्यको नाम ‘काराभान’ दिइएको थियो। त्यो काराभानमा के भएको थियो भने आफ्नो देशमा भएको राजनीतिक दमन, हिंसा र गरिबीबाट जोगिन एकै साथ हजारौं ब्यक्तिहरू, ठूलो लस्कर बनाएर होण्डुरस, ग्वाटेमाला, निकारागुआ, अल साल्भाडोर आदि देशहरूबाट मेक्सिको हुँदै अमेरिका गैरकानूनी रुपमा पुग्न हिंडेका थिए। कतै कतै बस चढेका थिए भने कतै कतै पैदल हिंडेका थिए। त्यस किसिमबाट हजारौंको संख्यामा अमेरिका पुग्न हिंडेका ब्यक्तिहरूको समूहलाई क्याराभान भनिएको थियो। अमेरिका पस्न  त्यसरी हुल बनाएर हिंडेका ब्यक्तिहरूले अमेरिका पुगेर ‘शरण’ माग्ने जनाएका थिए। अमेरिकी सरकारसङ्ग ‘शरणार्थी’ को दर्जा पाउन निवेदन दिने भनेका थिए। अमेरिकालाई त्यो हुल नियन्त्रण गर्न कठिन परेको थियो र नियन्त्रण गर्न अमेरिकाले मेक्सिकको सहयोग समेत मागेको थियो।

दक्षिण अमेरिकाका विभिन्न देशहरूबाट अमेरिका गैरकानूनी रुपमा पस्ने क्रम अहिले पनि जारि नै छ। सन २०२३ को नोभेम्बर महिनामा पनि ७ हजार भन्दा बढी ब्यक्तिहरूले मेक्सिकोबाट अमेरिकी भूमिमा पस्ने प्रयास गरेका थिए। त्यसरी पस्न खोज्नेहरूमा क्युबा, हाइटी लगायत दक्षिण अमेरिकाका विभिन्न देशहरूबाट थिए।

स्मरण रहोस, दक्षिण अमेरिका देशहरूमा अनेक किसिमका हत्या हिंसा हुने गरेको छ। कतिपय देशका सरकारहरू नै हत्या हिंसामा संलग्न हुन्छन। दक्षिण अमेरिकाका केही देशहरूलाई लागू पदार्थ किनबेचको ठूलो बजार मान्ने गरिन्छ।

लागु पदार्थका ठूला ठूल तस्कारहरूलाई ‘ड्रग लौर्ड’ भन्ने गरिन्छ। मेक्सिकोमा लगभग १ लाख ७५ हजार ड्रग लौर्ड रहेको विश्वास गरिन्छ। मेक्सिकोका कतिपय राज्यमा राज्य र ड्रग लोर्डको समानान्तर सरकार रहेको सुनिन्छ।  

अफ्रिकाका अनेक देशहरूबाट पनि ठूलो संख्यामा व्यक्तिहरूले युरोपका अनेक देशहरूमा स्तान्तरण गर्दछन। अफ्रिकका विभिन्न देशहरूबाट युरोपका अनेक देशहरूमा गैर कानूनी रुपमा पस्ने अनेक बाटाहरू भएता पनि इटालीको सानो टापु लाम्पेडुसालाई भने अफ्रिकी महादेशका नागरिकहरूले युरोप पस्नका लागि अति नै प्रयोग गरेको पाइन्छ। लाम्पेडुसालाई युरोप पस्ने चरोबाटो पनि भन्ने गरिन्छ।   

लाम्पेडुसाको दारुणिक कथा

मानव तस्करहरूले अफ्रिकाका विभिन्न देशहरू जस्तै सोमालिया, नाइजेरिया, लिबिया र मुख्यगरी आइभोरी कोएस्ट, गिनी, क्यामेरुन, बुरकिना फासो, मालीका गैर कानुनी रुपमा युरोप जान चाहने ब्यक्तिहरूलाई ट्युनिसिया र लिबियाका बन्दरगाहहरूमा पुर्याउँछन। मानव तस्करहरूले त्यसरी जान चाहनेहरूसँग ठूलो धनराशी लिन्छन। ३ वा ४ सय जति मानिस अटाउने ढुंगामा १ हजार ब्यक्तिहरू ठेलमठेल गरेर राख्छन र उनीहरूलाई लाम्पेडुसातिर पठाउँ छन। ज्यानको जोखिम लिएर यसरी लाम्पेडुसा जान खोज्नेहरूको बेला बेलमा क्षमता भन्दा अधिक मानिसहरूलाई डुंगामा राखिएको कारण समुन्द्रमा डुंगा पल्टेर ज्यान जाने गरेको छ।  

लिबिया र ट्युनिसियाबाट त्यसरी लाम्पेडुसा पुगेकाहरूले, लाम्पेडुसा पुगेर इटालीको सरकार समक्ष ‘शरण’ का लागि आवदेन दिन्छन। र उनीहरूले शरणार्थीको परिचय पाए पछि युरोपका अनेक देशतिर प्रस्थान गर्छन। मुख्य गरी जर्मनीतिर प्रस्थान गर्छन।

आफ्नो देशमा हुने गृहयुद्ध, जातीय युद्ध, हत्या, हिंसा छलेर  युरोपका अन्य राष्ट्रहरूमा पुगेर सुरक्षितसाथ बाँच्ने हिंडेका ती अफ्रिकीहरू कसैगरी युरोपका विभन्न राष्ट्रहरूमा पुग्न सफल भए भने स्थान्तरण-कथाले दु:खान्त मोड लिंदैन तर जब उनीहरूको मृत्यु लाम्पेडुसा जाने क्रममा समुन्द्रमा डुंगा पल्टेर हुन्छ तब स्थान्तरण-कथाले दु:खान्त मोड लिन्छ।

लिबिया र ट्युनिसिया देखि लाम्पेडुसासम्मको बाटो, जसलाई मृत्युको बाटो’ पनि भन्ने गरिन्छ, लाई स्तान्तरण गर्ने खोज्नेहरूले प्रयोग गर्न छोडेका छैनन।

उत्तर आधुनिक युगमा अनेक देशहरूमा सरकार एवं नेताहरूद्वारा जनतामथि हुने दमन, शोषण रोकिने क्रम झनै बढ्ने छ। र स्थान्तरण पनि झनै बढ्ने छ।

गृहदेशमा हिंसा, हत्या आदिमा वृद्धि भएर आफ्नो ज्यान जोखिममा रहेको हुनाले शरणार्थी बनेर विदेश पुग्न खोजेको भनेर धेरै शरणार्थीहरुले भनेता पनि कतिपय शरणार्थीहरू गृह देश त्याग्नु र शरणार्थी हुन खोज्नुको प्रमुख कारण भने आर्थिक रहेको छ। आफ्नो आर्थिक स्थितिमा सुधार ल्याउन तथा धनी देशहरूमा पुगेर आरामको जीवन बिताउन पनि कतिपयले गृह देश परित्याग गरेर धनीदेशहरू तिर लागेको पाइएको छ। यो कारणले गर्दा पनि युरोपका कतिपय देशहरूले त्यसरी गैर कानूनी रुपमा आफ्नो देशमा आउन खोज्नेहरूलाई ‘आर्थिक कारण’ बाट आउन खोजेको भनेका छन। आफ्नो गृहदेशमा आफ्नो आर्थिक स्थिति सामान्य भएता पनि सुविधायुक्त जीवन बिताउने उद्देश्यका साथ विदेशतिर शरणार्थी बनेर पस्नेहरूको संख्या ठूलो छ। नेपालीहरू पनि अहिले ठूलो संख्यामा गैर कानूनी रुपमा विदेश पसिरहेका छन्। युक्रेन- रसिया युद्धमा रसियको तर्फबाट लड्न (राम्रो पारिश्रमिक पाइन्छ भन्ने आशमा) नेपालीहरू रसिया पुगेको धेरै नेपालीहरूको त्यस युद्धमा मृत्यु भएको समाचारहरू पनि सार्वजनिक भएका छन्। केही नेपाली सेना,  जो रसिया- युक्रेन युद्धमा रसियाको तर्फबाट संलग्न थिए, युक्रेनमा समातिएर युद्ध बन्दी बनेको खबर पनि प्रकाशमा आएको थियो।  

शरणार्थी बनेर विदेश प्रवेश गर्दा आइ पर्ने जोखिमहरू बारे कुरा लुकाएर उल्टो गृह देशबाट जान खोजेको मुलुक सजिलै पुग्न सकिन्छ भन्ने किसमका गलत सूचना एव जानकारीहरू सोझासोझाहरूलाई दिएर केवल ठूलो मुनाफका लागि मानव तस्करहरू ठूलो संख्यामा सोझासोझा मानिसहरूलाई गृह देशबाट अनेक देशहरूमा पुर्याइ रहेका छन। मानव तस्कहरूले अहिले संसार भरिका देशहरू, मुख्य गरी गरिब देशहरूबाट ठूलो संख्यामा मानिसहरूलाई स्थानतरण गराइ रहेका छन्। अहिले यो उत्तर आधुनिक युगमा मानव तस्कहरूको ब्यापार निकै फष्टाएको छ। कसरी? अहिले अनेक देशहरू सरकारहरू आफै पनि भ्रष्टाचारमा लिप्त छन। अर्कोतिर मानव तस्करहरू पनि राजनीतिक रुपमा अति बलिया छन्। यो कारणले गर्दा मानव तस्करहरूलाई ठूलो संख्यामा मानव तस्करी गर्न, ठूलो धन आर्जन गर्न सजिलो भएको छ। विभिन्न देशहरूमा यी मानव तस्कारहरू यतिसम्म बलिया छन कि उनीहरूले सरकार आफ्नो मान्छे (अपराधी) पठाउन समेत सकेका छन।

मानव तस्करहरूको आपराधिक कार्यले गर्दा पनि ठूलो संख्यामा व्यक्तिहरू एकदेशबाट अर्को देशमा पुग्ने देखिन्छ। र यो पछि समस्याको रुपमा प्रस्तुत हुने देखिन्छ। कसरी? केही अपवाद बाहेक, मान्छेलाई आफू जन्मे हुर्केको स्थान प्यारो हुन्छ। सदैव स्मरण रहन्छ। यसरी स्थान्तरण गर्नेहरूले क्षणिक आवेगमा आएर विदेश जाने निर्णय गरेता पनि, विदेशमा सुविधायुक्त जीवन यापन गर्न सफलता भएता पनि, जीवन भर मानिस शान्ति पाउन कठिन हुन्छ। गृहदेश त्यागको चिन्तले सदा चिन्तित तुल्याइ रहन्छ।

उत्तर आधुनिक युगमा आर्थिक लोभको कारणले अर्थात अन्य देशहरूमा पुगेर सुखी जीवन बिताउन पाइन्छ भन्ने चाहना राखेर करोडौं ब्यक्तिहरूले स्थान्तरण गर्ने छन्।  

 

 


No comments:

Post a Comment