Thursday, January 11, 2024

Terrifying Postmodernism Part 24

 उत्तर आधुनिक युगको त्रासदी

२४

साना राष्ट्रहरूको अस्तित्व सङ्कटमा

कुनै समयमा कुनै देशको लागि जनसंख्या बढी हुनु एक किसिमको अभिसाप थियो। बढी जनसंख्या गरिबीको कारण हुन पुगेको थियो। तर विज्ञान र प्रविधिको उच्चत्तम विकासले अहिले कुनै पनि देशको लागि जनसंख्या बढी हुनु वरदान हुन पुगेको छ। 

बढी जनसंख्या हुनुको फाइदा, कुनै पनि देशले, दुई किसिमले प्राप्त गरिरहेको छ। पहिलो फाइदा के हो भने बढी जनसंख्या भएको देशले, त्यहाँ श्रम-शक्ति सस्तो भएको कारणले, श्रम लागतमा बचत गरेर उत्पादन लागत कम पार्न सक्छ। उत्पादन लागत कम भएको कारणले आफ्ना वस्तुहरू सस्तोमा बिक्री गर्न सक्छ। यस्तो गरेर अन्तरार्ष्ट्रिय ब्यापारबाट राम्रो आय आर्जन गर्न सक्छ। अहिले भारत, चीन, बङ्गलादेश जस्ता जनसंख्या बढी भएका देशहरूले आफ्नो देशमा भएको सस्तो श्रम लागतको फाइदा उठाएका छन। आफ्नो राष्ट्रलाई धनी पारेका छन्। यस्ता राष्ट्रहरूलाई विज्ञान र प्रविधिको क्षेत्रमा भएको उपलब्धिले पनि सघाएको छ। जनसंख्या बढी भएको कारणले मुख्य गरी चीन, भारत, इण्डोनेसिया, पाकिस्तान, ब्राजिल, नाइजेरिया जस्ता ठूला (जनसंख्याको आधारमा) राष्ट्रहरूले अधिक फाइदा उठाएका छन। अन्तरार्ष्ट्रिय ब्यापारको फाइद उठाउँदै चीन त छोटो समयमा नै विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति हुन पुगेको छ।

विज्ञान र प्रविधिमा भएको उच्चतमा विकासले जनसंख्याको हिसाबले ठूला राष्ट्रहरूलाई शैन्य शक्तिमा पनि बलियो हुन सघाएको छ। जस्तै चीन र भारत जस्ता जनसंख्याको हिसाबले ठूला राष्ट्रहरूसंग न्युक्लिएर हतियार छ । विज्ञान र प्रविधिमा भएको उच्चत्तम विकासले गर्दा ठूला राष्ट्रहरू न्युक्लिएर हतियारका साथै अन्य आधुनिक हतियारहरू पनि राख्न सक्षम भएका छन। बढी जनसंख्या भएका राष्ट्रहरू संग आधुनिक हतियार चलाउने सेना वा योद्धाहरूको संख्या पनि बडी नै हुन्छ।

बढी जनसंख्या भएका राष्ट्रहरू आर्थिक र सामरिक, दुबै किसिमले बलियो हुनु स्वभाबिक रुपमा साना राष्ट्रको लागि खतराको संकेत हो। कुनै बेला चीनलाई आफ्नो उपनिवेश बनाउने जापान अहिले चीनदेखि हरघडी त्रसित छ। चीनले कुन बेला आफूमाथि आक्रमण गर्ने हो भनी जापान जुनबेला पनि त्रसित छ। चीनको आर्थिक र शैन्य शक्तिमा विस्तार देखेर त्रसित हुँदै आफ्नो सुरक्षाको लागि जापान अमेरिकाको शरणमा परेको छ। अमेरिका र यसका सहयोगी राष्ट्रहरूले जापानलाई शैन्य सहयोग नगर्न हो भने, त्यस्तो भएको भोलिपल्ट नै चीनले जापानमाथि आक्रमण गर्ने छ। अहिले पनि केही क्षेत्रहरूलाई लिएर चीन र जापान बिच विवाद छ। केही टापुरहरू यी दुबै देशहरूले मेरो हो भनेर दाबी गरि रहेका छन।

अमेरिकाले ताइवानलाई सहयोग नगर्ने हो भने, अब हामी ताइवानलाई सहयोग गर्दैनौ भनी अमेरिकाले भनेको भोलिपल्टट नै चीनले ताइवानमाथी आक्रमण गर्छ। ताइवानलाई आफू भित्र विलय गराउँछ। बलियो भएको कारण सजिलै गरी भारतले सिक्किम जस्तो स्वतन्त्र राष्ट्र तर सानो भएको कारणले, शैन्य वलमा कमजोर भएको कारणले, आफू भित्र विलय गराउन सफल भएको थियो।

ठूला राष्ट्रहरूको तुलनामा भौगोलिक रुपमा सानो र शैन्यबलमा कमजोर राष्ट्रहरू जस्तै मोनाको, नाउरू, तुभालु, सान मारिनो, लिचिस्टिन, मार्शल आइलैण्ड, माल्दिभ्स, माल्टा, ग्रेनेडा, बारबाडोस, एन्टिगुआ एण्ड बारबुडा, सेचेल्स, पलाउ, अण्डोरा, सेन्ट लुसिया, माइक्रोनेसिया, सिंगापुर, टोंगा, डोमिनिका, बहरेन, किरिबाती, मरिसस, कमरोस, लक्जम्बर्ग, समोआ, कोब भर्डे, ट्रिनिडाड एण्ड टोबागो, ब्रुनाइ, पेलेस्टिन, साइप्रस, लेबेनान, कोसोभो, जमैका, कतार, भानुआटु, मोन्टेनेग्रो, बहमास, टिमोर, कुवेत, फिजी, स्लोभानिया, इजराइल, अल-सल्भाडोर, बेलिज, जिबुटी, नोर्थ मेसेडोनिया, रवान्डा, हेटी, बुरुण्डी, इक्वेटेरियल ग्युनी, अल्बानिया, सोलोमन आइलैण्ड्स, अर्मेनिया, लेसेथो, बेल्जियम, मल्डोभा, ताइवान, ग्युनी बिसाउ, भुटान, स्टिट्जरलैण्ड, निदरलैण्ड्स, इस्टोनिया, डोम्निकन रिपब्लिकक, स्लोभाकिया, कोस्टारिका, बोस्निया एण्ड हर्जगोभिना, क्रोएसिया, टोगो, लाट्भिया, लुथानिया, श्रीलंका, जर्जिया, आएरलैण्ड, सिएरा लियोन, पानामा, सर्विया, अष्ट्रिया, अजरबाइजान, जोर्डन, पोर्चुगल, हंगेरी, साउथ कोरिया, आइसलैण्ड, ग्वाटेमाला, क्युवा, लाइबेरिया, होण्डुरस, बेनिन, एरिट्रिया, मालावी र नोर्थ कोरियाले उत्तर आधुनिक युगमा अस्तित्वको संकटको सामान गर्नु पर्नेछ। ठूलो राष्ट्रहरूबाट यिनीहरूमाथि हुने थियोमिचोको मात्र बृद्धि भएर जानेछ। संक्षेपमा भन्ने हो भने साना र कमजोर राष्ट्रहरूलाई आफ्नो अस्तित्व जोगाउन सदा संघर्ष गर्नु पर्ने छ। निरन्तर कठिन परिस्थितिको सामना गर्नु पर्नेछ।

विश्व मानचित्रमा रहन तथा आफ्नो सार्वभौमसत्ता जोगाउन साना राष्ट्रहरूले अनिवार्य रुपमा दुई कार्यहरू गर्नु पर्ने छ। आफ्नो अस्तित्व जोगाउन यी साना राष्ट्रहरूले अनिवार्य रुपमा कुनै क्षेत्रीय संगठनसङ्ग आवध्य हुनु पर्ने छ अथवा अति शक्तिसाली राष्ट्रहरू जस्तै अमेरिका, रसिया, चीन सँग मैत्री वा ‘त्वम शरणम्’ सम्बन्ध कायम गर्नु पर्नेछ। उत्तर आधुनिक युगमा साना राष्ट्रहरूले आफ्नो अस्तित्व जोगाउन अनिवार्य रुपमा शक्ति राष्ट्र वा शक्ति समूहको सहयोग लिनु पर्नेछ र साथै यी राष्ट्रहरूले आफ्नो सार्वभौम सत्ताको उपयोग पनि पूर्ण रुपमा गर्न पाउने छैनन।

उत्तर आधुनिक युगमा साना राष्ट्रहरूले आफ्नो अस्तित्व जोगाउन तिन किसिमका सम्बन्ध मध्ये एउटा किसिमको सम्बन्धको सम्बन्धको छनौट गर्नु पर्नेछ।

१ अमेरिका- इजराइल किसिमको सम्बन्ध

२ रसिया-सिरिया किसिमको सम्बन्ध

३ युरोपियन युनियन- एक सदस्य राष्ट्र किसिमको सम्बन्ध

१ अमेरिका- इजराइल किसिमको सम्बन्ध:

अमेरिका र इजराइल बिचको सम्बन्ध यस्तो किसिमको सम्बन्ध हो जस अन्तरगत अमेरिकाले इजराइललाई पूर्ण सुरक्षा दिन इजराइलको शत्रूको अगाडि ढाल बनेर तेर्छिने गर्दछ। इजराइलको शत्रुमाथि प्रत्यक्ष रुपमा कार्यवाही गर्नु परे अमेरिका इजराइलको शत्रुसङ्ग युद्ध गर्न पुग्छ। अमेरिकामा सरकार परिवर्तन भएर, रिपल्लिन वा डेमोक्रेट जुन सुकै दलको सरकार भएता पनि अमेरिका-इजराइल सम्बन्धमा कुनै पनि किसिमको प्रभाव पर्दैन। इजराइलले निरन्तर सहयोग पाइनै रहन्छ। इजराइलले अमेरिकी सरकारको मात्र होइन, अमेरिकी जनताको पनि सहयोग पाउने गर्दछ।  

यथार्थमा भन्ने हो भने अमेरिकाले इजराइलाई सहयोग नगर्ने हो भने इरान लगायत वरिपरि घेरा हालेर बसेकाका इजराइलका शत्रू राष्ट्रहरूले एक घण्टामा नै इजराइलको अस्तित्व समाप्त पारिदिने छन। इजराइलाई विश्वको मानचित्रवाट सदाको लागि विदा गर्ने छन। अमेरिकाको सहयोगले गर्दा नै विश्व मान चित्रमा इजराइलको अस्तित्व कायम रहेको छ।

यो उत्तर आधुनिक युगमा साना र कमजोर राष्ट्रहरूले अमेरिकासङ्ग वा कुनै अति शक्तिसाली राष्ट्रसङ्ग आवश्यक रुपमा नै, राम्रो सम्बन्ध कायम गर्नु पर्नेछ।  

२ रसिया-सिरिया किसिमको सम्बन्ध: रसिया र सिरियाको सम्बन्ध कस्तो छ भने रसिया माथि भ्लादमिर पुटिनको कब्जा रहेसम्म सिरियाले रसियाबाट पाउने सहयोगमा कुनै कमी आउने छैन। रसियासङ्ग त्यसरी सम्बन्ध कायम गर्ने राष्ट्रले रसियाबाट सहयोग पाइनै रहने छ। तर यदि रसियामा पुटिनको पतन भएमा रुसबाट सहयोग पाउने कुरामा त्यस किसिमको राष्ट्रले अनिश्चितता बेहोर्नु पर्ने छ।

उतर आधुनिक युगमा ठूलो राष्ट्रको थिचोमोचोबाट जोगिन राष्ट्रहरुले रुससङ्ग वा त्यस्तै किसिमको सम्बन्ध अर्को राष्ट्रसङ्ग गाउँस्नु पर्ने अनिवार्यता हुन पुग्ने छ। ठूलो राष्ट्रको विस्तारवादी नीतिबाट जोगिन अहिले धेरै स-साना राष्ट्रहरूले सिरिया-रसिया किसिमको सम्बन्ध बिकासमा जोड दिइरहेका छन्।

३ युरोपियन युनियन- एक सदस्य राष्ट्र किसिमको सम्बन्ध:

साना सान एवं कमजोर राष्ट्रहरूले विश्व मानचित्रमा आफ्नो अस्तित्व कायम राख्न विभिन समूह वा संगठनको सदस्यता पनि लिन सक्ने छन। र यसरी गरेर आफ्नो सार्बभौम सत्ता जोगाउन सक्ने छन। युरोपियन युनियन अहिले महा राष्ट्र (Supra Nation) जस्तो देखिएको छ। यसले एक ठूलो राजनीति संगठनको आकार ग्रहण गरेको छ। युरोपियन युनियनको सदस्य भएर यसका सदस्य राष्ट्रहरूले आफ्नो अस्तित्व जोगाउन सकेका छन। युरोपियन युनियनको विधान अनुरुप यसको कुनै पनि सदस्य राष्ट्रमाथि कुनै अर्को राष्ट्रले आक्रमण गर्नु अर्थ युरोपियन युनियनमाथि आक्रमण गर्नु हो। र त्यस्तो भएमा यस युनियनका सम्पूर्ण सदस्य राष्ट्रहरू मिलेर आफ्नो सदस्य राष्ट्रमाथि आक्रमण गर्नेमाथि, आफूमाथि आक्रमण भएको ठानेर सम्पूर्ण सदस्य राष्ट्रहरूले मिलेर युद्ध गर्नु पर्नेछ।

युरोपियन युनियन भित्र धेरै साना साना राष्ट्रहरू छन र ती साना राष्ट्रहरूले यस युनियनको सदस्यता लिएर आफ्नो अस्तितत्व कायम राख्न सफल भएका छन।

अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, क्रोएसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनलैण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हङ्गेरी, आएरलैण्ड, इटाली, लाटभिया, लिथुआनिया, लक्जेमबर्ग, माल्टा, निदरलैण्ड्स, पोलैण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेन गरी युरोपियन युनियनका २८ राष्ट्रहरू सदस्य छन। युरोपियन युनियनको आफ्नै पार्लियामेन्ट छ, ‘युरो’ नामक एक साझा मुद्रा पनि छ।

No comments:

Post a Comment