Tuesday, January 2, 2024

Terrifying Impacts of Postmodernism Part 3

 उत्तर आधुनिक युगको त्रासदी

जानकारीको बाढी

उत्तर आधुनिक युगले अहिले सूचना, जानकारी एवं खबरको बाढी ल्याएको छ। अहिले सूचना, जानकारी एवं विचार सम्प्रेषण गर्न पहिले भन्दा निकै सजिलो भएको छ। कसैको मनमा उत्पन्न भएको विचार उसले एक मिनेट भित्रमा नै संसारभरि फिजाउन सक्छ। फेसबुक, ट्विटर, युटुब, इस्टाग्राम लगायत अन्य विभिन्न समाजिक संजाल प्रयोग गरेर एक छिनमा नै कुनै पनि सुचना, विचार, जानकारी संसार भरि फिजाउन सकिन्छ। अर्कोतिर समाचार, सूचना आदिको उत्पादन र प्रकाशन पनि पहिले भन्दा निकै सस्तो र सजिलो भएको छ। कतिपय अवस्थामा अहिले आफ्नो विचार संसार भरि पुर्याउन एक पैसा पनि खर्च गर्न नपर्ने अस्था छ। नि:शुल्क गर्न सकिन्छ। यो कारणले गर्दा अहिले संसारभरि नै जताततै सुचना, जानकारी, समाचार, विचार आदिको बाढी नै आए जस्तो छ। तर हामी समक्ष आउने ती सूचना, विचार, जानकारी, समाचार आदि के सत्य हुन्छन? के ती सूचना, विचार, जानकारी आदिले हामीलाई राम्रो विचार निर्माण गर्न योगदान पुर्याउछन? ती सूचना, जानकारी, विचार आदि हाम्रो लागि जीवन उपयोगी छन? के ती जनाकारी, सूचना, विचार आदिले हामीलाई सही दिशातर्फ लाग्न उत्प्रेरित गरिरहेका छन्? यो उत्तर आधुनिक युगमा हामीले यी प्रश्नहरूको उत्तर खोज्न आवश्यक छ। यी यक्ष प्रश्नहरूको उत्तर नखोज्ने हो भने हामी गलत बिचारहरूको शिकार हुन सक्छौ। आफ्नो अहित अरुद्वारा होइन, आफैद्वारा गर्न सक्छौ।  

माथिका प्रश्नहरूको उत्तर दिनु पूर्व आउनु होस हाम्रो विचार, सोंच, आदि कसरी निर्माण हुन्छ त्यसबारे चर्चा गरौ। जसरी खाना पकाउनका लागि विभिन्न वस्तुहरूको आवश्यकता पर्दछ त्यसैगरी हामीले कुनै खास किसिमको सोंच, विचार एवं धारण बनाउनका लागि हामीलाई विभिन्न किसिमका सूचना, विचार, जानकारी आदिको आवश्यकता पर्दछ। उपलब्ध रहेका सूचना, जानकारी, विचार आदि पढेर, सुनेर वा देखर हामीले एक कुनै घटना, अवस्था, स्थिति वा विचारप्रति खास किसिमको धारण बनाउने गर्दछौ। अर्थात हामीलाई खास विचार, धारण, सोंच आदि निर्माण गर्नका लागि समाजमा उपलब्ध रहेका सूचना, जानकारी, समाचार आदिले सहयोग पुर्याउँदछन। हाम्रो विचार, सोंच, दृष्टिकोण एक उत्पादित वस्तु हो भने त्यो वस्तु उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ समाजमा उपलब्ध रहेका सूचना, जानकारी, समाचार आदि हुन्। यसरी हामीले सही, सत्य, उचित सूचना, जानकारी, समाचार आदि  पाइरहेका छौ भने हामीले निर्माण गर्ने विचार वा दृष्टिकोण पनि सहि हुन्छ तर हामीले प्राप्त गर्ने समाचार, जानकारी, सूचना आदि गलत भएमा हामीले निर्माण गर्ने सोंच, विचार आदि पनि गलत हुन पुग्छ। अनि हामी गलत विचारको शिकार हुन पुग्छौ।

उत्तर आधुनिक युगमा उपलब्ध गलत सूचना, विचार, समाचार आदिले हाम्रा विचारहरू प्रदुषित पारिरहेका छन। अर्थात यो उत्तर आधुनिक युगमा हाम्रो विचारहरू प्रदुषित भएका छन। हाम्रो विचार निर्माण प्रकिया नै गलत हुन पुगेको छ।

 

 

            सूचना                   समाचार     जानकारी       विचार

 

                               विचार, सोंच, दृष्टिकोण निर्माण

अहिले बजार वा समाजमा उपलब्ध हुने सूचना, जानकारी, समाचार, हाम्रो सन्दर्भ, मुख्यगरी दक्षिण एशियामा केवल लगभग पचास प्रतिशत जति मात्र सत्य हुन्छन, बाँकि झूठ वा भ्रामक एवं पूर्वाग्राही हुन्छन। कसरी?

सामाजिक सञ्जालबाट प्रेषित खबर, विचार, जानकारी आदि लोक-जानकारीको लागि मात्र हुँदैन, ती ब्यापारिक उद्देश्यका साथ आय वा  मुनाफ आर्जन गर्नका लागि कोहीद्वारा प्रेषित गरिएका हुन्छन। केही समाचार वा जानकारी अत्यधिक ब्यक्तिहरूले पढेमा, सुनेमा वा हेरेमा त्यो समाचार वा जानकारी प्रेषित गर्ने ब्यक्तिले जुन सामाजिक संजालबाट ती कुराहरू सार्वजनिक गरेको हो त्यस सामाजिक संजालबाट उसले पैसा (आम्दानी) प्राप्त गर्छ।

समाचार वा जानकारी बढी भन्दा बढी ब्यक्तिहरू समक्ष पुगोस र आफूले बढी भन्दा बढी पैसा पाउँ भन्ने उद्देश्यका साथ प्रेषित गरिएका खबरहरू लोक-हित भन्दा लोक-मनोविज्ञान शोषणका लागि हुन्छ। अर्थात त्यस्ता समाचार एवं जानकारी आदिलाई उत्तेजक, आकर्षक, अति प्रिय पारेर प्रेषित गरिएको हुन्छ जसले गर्दा श्रोता (पाठक, दर्शक, श्रोता) हरू ती प्रति सजिलै आकर्षित हुन्छन र त्यस्ता सूचना, जानकारी आदि अति पढ्छन, सुन्छन वा हेर्छन। श्रोताहरूले त्यस्तो गरिदिनाले यता त्यस्ता सूचना, वा जानकारी प्रेषित गर्नहरूले राम्रो आम्दानी हात पार्छन।

माथि उल्लेख गरिएको कारणले गर्दा हामीले सत्य, असल वा राम्रो सूचना, जानकारी, विचार, दृष्टिकोण प्राप्त गर्दैनौ। गलत, भ्रामक सूचना,जानकारी आदि प्राप्त गर्छौ। र तिनकै आधारमा एक खास विचार वा दृष्टिकोण निर्माण गर्छौ। यसरी हामी गलत विचार, दृष्टिकोण आदिको निर्माण गर्न पुग्छौ।

निष्कर्षमा भन्ने हो भने यो उत्तर आधुनिक युगमा अधिकांस सूचना, जानकारी, विचार, खबर हाम्रो हितका लागि हुँदैनन। प्रेषक वा प्रकाशकको हितका लागि हुन्छन। प्रेषकहरूले हाम्रो मनोविज्ञान र वर्तमान स्थितिको अति फाइद उठाइ रहेका छन्।

विभिन्न पत्र पत्रिकाहरूबाट हामीले पाउने समाचारहरूको स्थिति पनि दयनीय छ। पत्र पत्रिकाहरूले पनि आफ्नो सुविधा अनुसार वा आफूलाई फाइदा हुने किसिमका खबरहरू प्रकाशित गर्छन। खबरहरू त्यस्ता आउँछन जुन प्रकाशकलाई हित गर्ने किसिमका हुन्छन, पाठकहरूलाई हित गर्ने किसिमका हुँदैनन। सत्य र तथ्य समाचारहरू प्रकाशित नहुने भने होइन, हुन्छन तर अल्प संख्यामा।

उत्तर आधुनिक युगलाई हामी आधुनिक युग भन्दा पनि सुधारिएको मानिरहेका छौ तर हाम्रो व्यवहार भने वन-युगझै छ। हामी जंगली जीवनतिर लागि रहेका छौ। जंगली युगमा जो शक्तिसाली थियो, उसलाई बाँच्न सजिलो भएझै यो उत्तर आधुनिक युगमा पनि बलियोले मात्र बाँच्न पाउने स्थिति क्रमिक रुपमा विकास हुँदैछ। सूचना, जानकारी, विचार, खबर, जुन अधिकांस असत्य एवं भ्रामक छन्, ले यो संसारमा केवल बलिया ब्यक्तिहरू बाँच्न पाउने स्थिति सृजना गरिरहेका छन्।

स्थिति अहिले यस्तो छ कि हाम्रो बारे संकलन गरिएका अनेक जानकारीहरू पनि बिक्री गर्ने कार्य भइरहेको छ। हामीसङ्ग सम्बन्धित जानकारीहरू अनेक संस्थाहरूले अन्य संस्थाहरूलाई बिक्री गरेर लाखौ रुपैयाँ कमाइ रहेका छन्। पहिले हाम्रो बारे संकलन गरिएका जानकारीहरूको उपयोग मानव कल्याणको लागि हुन्थ्यो अहिले पनि भने मुनाफाका लागि भइरहेको छ। सामाजिक संजाल सञ्चालन गर्ने अनेक संस्थाहरूले हामीबाट संकलन गरिएका सूचना, जानकारी आदि बिक्री गरेर करोडौं कमाई रहेका छन।

सामाजिक संजालमा प्रेषित हुने अहितकारी सूचना, जानकारी, खबर, मनोरंजनका सामाग्रीहरू हाम्रो हितमा छैन भनी सोंच्न पनि हामीसङ्ग समय छैन, चाँसो पनि छैन। अर्कोतिर हामी सामाजिक संजालको अत्यधिक उपयोग गर्छौ। एक अनुसन्धानका अनुसार अहिले संसार भरिनै (जहाँ इन्टरनेट सेवा उपलब्ध छ) प्रत्येक ब्यक्तिले दिनको करिब ३ घण्टा सामाजिक संजालमा प्रयोग गरेको देखिएको छ। ब्यक्तिहरूमा सामाजिक संजालमा समय विताउने, अनावश्यक किसिमले कुराकानी गर्ने, अहितकर सामाग्रीहरू हेर्ने,सुन्ने, पढ्ने लत बसेको छ। सामान्य ब्यक्तिहरूमा यस किसिमको लत लगाएर अनेक संस्थाहरूले राम्रो आम्दानी हात पारिरहेक छन्।

जसरी एक शिशु जो गर्भमा छ, उसले गर्भबाट बाहिर आउन नौ महिना कुर्नु पर्छ, जसरी एक भ्रूणले पूर्ण शिशुको रुप धारण गर्न नौ महिना कुर्नु पर्छ अर्थात समयका अनेक चरणहरू पार गर्नु पर्छ त्यसै गरी एक वालकले एक युवकको मनोविज्ञान वा चेतनाको स्तर प्राप्त गर्न अनेक वर्षहरू पार गर्नु पर्छ वा अनेक चरणहरू पार गर्नु पर्छ। एक बालकले समयका विभिन्न चरणहरू पार गरेपछि मात्र एक युवककोझै चेतना प्राप्त गर्छ। यो एक स्वभाविक प्रकृया हो। तर अहिलेको सूचना, जानकारी, खबर, विचार आदिको बाढीले केवल पाँच सात वर्षको बालक वा बलिकालाई युवकको जतिको चेतनाको स्तरमा पुर्याइ दिन्छ। बाल बालिकहरूले अहिले अनियन्त्रित किसिमले सूचना, जानकारी, खबर, विचारहरू आदि प्राप्त गरि रहेका छन। यी अनियन्त्रित सूचना, जानकारी, खबर, विचार आदिले बालबालिकहरूलाई कलिलो उमेरमा नै उमेरदार तुल्याइ दिइरहेका छन। केवल वयस्यक उमेरमा थाहा पाउनु पर्ने कुराहरू अहिले बाल बालिकाहरूले कलिलो उमेरमा नै थाहा पाइरहेका छन। यो दूर्भाग्यपूर्ण स्थितिको जनक पनि उत्तर आधुनिक युग नै हो। एक व्यक्तिमा उमेर अनुसार शारिरीक एवं बैचारिक स्थितिमा परिवर्तन आउनु पर्छ। यस्तो हुनु आवश्यक पनि छ। तर अहिले, सूचना, जानकारी, खबर, विचार आदिको बाढीले कम उमेरमा नै बाल बलिकाहरूलाई वयस्क तुल्याइ दिइहेको छ। उनीहरूलाई अनेक किसिमका अपरधाहरू गर्न प्रेरित गरि रहेको छ। बालबलिकाहरूका अनावश्यक किसिमले यौन चेतना सानै उमेरमा प्राप्त भइरहेको छ। यो स्थितिलाई के उत्तर आधुनिक युगको त्रासदी भन्न सकिदैन?

 

No comments:

Post a Comment