Thursday, January 4, 2024

Terrifying Postmodernism Part 8

 उत्तर आधुनिक युगको त्रासदी

भ्रष्ट राजनीति

न्याय र शक्ति, यी दुई कुराको जगमा राजनीति उभिएको हुन्छ। राजनीति गर्नका लागि शक्ति आवश्यक हुन्छ। शक्ति नभएमा राजनीति गर्न सकिंदैन। अर्कोतिर, राजनीति गर्दा प्रयोग गरिने शक्ति भने न्यायिक हुनु पर्दछ। न्याय दिन नसक्ने शक्ति, शासन वा सरकारको सिघ्र पतन हुन्छ, सोभियत रुसमा कम्युनिष्टहरूको शासन पतन भए जस्तो। शक्ति नभएमा न्यायको संरक्षण गर्न सकिंदन। न्याय दिनका लागि पनि शक्ति आवश्यक हुन्छ। यो कारणले गर्दा न्याय र शक्ति बिच गहिरो सम्बन्ध हुन्छ भन्ने गरिएको छ। न्यायले पनि सही न्याय दिनु पर्छ। न्यायलयको पोषण गर्ने शक्ति भएता पनि यदि त्यो न्यायलय सही न्याय गर्दैन भने त्यस्तो न्याय वा न्यायालयको पनि पतन हुन्छ।

माथिका कुराहरूले यो पुष्टि हुन्छ कि शक्तिको प्रयोग अनावश्यक किसिमले गर्नु हुँदैन। तर राजनीति भ्रष्ट भए पछि, भ्रष्ट राजनीतिले शक्तिको दुरुपयोग गर्छ।

उत्तर आधुनिक युगमा राजनीति अतिनै भ्रष्ट हुनेछ। भ्रष्ट राजनीतिले शक्तिको दुरुपयोग व्यापक किसिमले गर्नेछ। नेताहरूले शक्तिको ठूलो दुरुपयोग गर्ने छन। राजनीतिलाई थप भ्रष्ट पार्ने छन। र यो समस्या विश्वभरि नै देखिने छ। राजनीति भ्रष्ट हुने समस्या विकाशील देशहरूमा मात्र होइन विकसित देशहरूमा पनि देखा पर्नेछ। राजनीतिलाई थप भ्रष्ट पार्न विकसित देशहरूमा पनि नया नया चतुर एवं दुष्ट नेताहरूको जन्म हुनेछ। जाती, धर्म, भाषा, राष्ट्रितयाको नाममा दुष्ट नेताहरूले राजनीतिलाई अति नै भ्रष्ट पार्ने छन।

उत्तर आधुनिक युगमा राजनीति चरम किसिमले भ्रष्ट हुने खतरा छ। राष्ट्रिय राजनीति र विश्व राजनीति, दुबै अझै बढी भ्रष्ट हुने छन। बलिया देशहरूले निर्माण गरेका संगठनहरूले साना साना राष्ट्रहरूमाथि थिचोमोचो गर्ने छन। यसैगरी, बलिया राष्ट्रहरूले साना साना राष्ट्रहरूमाथि आफ्नो नियन्त्रणकारी प्रभावमा वृद्धि गर्ने छन। साउदी अरेबिया, इरान, भारत, चीन, रुस जस्ता राष्ट्रहरूले आफ्ना छिमेकीहरू माथि रहेको आफ्नो नियन्त्रण झनै बढाउने छन। भारतले भुटान, नेपाललाई आफूमा विलय गराउने वा ती राष्ट्रहरूमाथि आफ्नो नियन्त्रण झनै कसिलो पार्ने, रुसले अन्य साना छिमेकी राष्ट्रहरूलाई आफूमा विलीन गराउने, चीनले ताइबानलाई चीन भित्र गाभ्ने, इरानले निरन्तर युद् गर्न फिलिस्तिनीहरूलाई उचालेर इजराइलको अस्तितव नै समाप्त पार्ने वा देशको रुपमा रहन नदिने जस्ता भय विश्व राजनीतिमा मडारिने छ।

ठूला राषट्रहरूको बोलाबाला, शक्तिको बोलाबाला, ज्यादै बढ्ने हुनाले साना राष्ट्रहरूको अस्तित्व खतरमा पर्ने छ। विश्वका साना साना राष्ट्रहरू ठूला र शक्तिसाली राष्ट्रहरूसङ्ग सदा त्रसित एवं भयभीत हुने थिति हुनेछ। अहिले पनि यो समय विन्दुमा पनि, रुसले युक्रेनमाथिको आक्रमण जारि राकेको छ। चीनले ताइवानलाई चैनसङ्ग बस्न दिएको छैन। भारतको आफ्नो कुनै पनि छिमेकी राष्ट्रसङ्ग सुमधुर सम्बन्ध छैन। बङ्गलादेशलाई पाकिस्तानको अधिनबाट स्वतन्त्र हुन सहयोग गर्ने भारतको अहिले बङ्गलादेशसङ्ग सुमधुर सम्बन्ध छैन। भारत, दक्षिण एशियामा शक्ति विस्तार गरेर छिमेकी राष्ट्रहरूलाई निरन्तर भयभीत गर्ने उद्देश्य राख्दछ।  

देश भित्रको राजनीति पनि उत्तिकै भ्रष्ट हुनेछ। शक्ति हातमा लिन, चुनावमा विजयी भएर सक्ति र सत्ता प्राप्त गर्न नेताहरूले ठूलो राजनीतिक तथा आर्थिक भ्रष्टाचार गर्ने छन। बेइमानी गर्ने छन। नेताहरूले जनतालाई ठग्न मुख्य रुपमा तिनकुराहरूको व्पापक प्रयोग गर्ने छन। जनतालाई आफूले चाहेको दिशमा हिंडाउन वा उनीहरूको चरम शोषण गर्न राष्ट्रियता, धर्म, पहिचान, यी तिन कुराहरूको व्यापक प्रयोग नेताहरूबाट हुनेछ। यी तिन कुराहरू प्रयोग गरेर नेताहरूलाई पदमा पुग्न र पैसा कमाउन सजिलो हुनेछ।

राष्ट्रियताको प्रयोग गरेर उत्तर कोरियाका शासकहरू आफ्नो देश र जनतालाई निर्धो र मूर्ख पारेका छन्। सदा शक्तिमा रहेर उत्तर कोरियामा शासन गर्न सफल भएका छन। धर्मको प्रयोग गरेर नरेन्द्र मोदी भारतमा अति शक्तिसाली भएका छन्। कट्टर हिन्दुहरूको उनी लोकप्रिय नेता हुन पुगेका छन। धर्मको प्रयोग गरेर नै आएतुल्लाहरूले इरानमा शासन गरिरहेका छन। राष्ट्रियताका नाममा नै कम्युनिष्ट शासकहरूले चीनमा लामो समयदेखि शासन गरिरहेका छ। यी नेताहरूले राजनीतिलाई सदचारी होइन थप भ्रष्ट पारेका छन। 

राजनीतिमा भ्रष्टाचार गर्न नेताहरूले यो उत्तर आधुनिक युगमा धर्म, राष्ट्रियता र पहिचानको व्यापक प्रयोग गर्ने छन। यो कुरा पटक पटक उल्लेख गरिसकियो। यो पटक पटक उल्लेख गर्नु पर्ने विषय पनि हो।

राजनीति भ्रष्ट हुने आधारहरू

पौराणिक युगको कुरा गर्ने हो भने राजाहरूले राजनीति जनताको लागि गर्थ्ये। शासन व्यवस्था राजाको हातमा भएता पनि, शासन चुनाव होइन, वंश परम्पराबाट चलेता पनि राजाहरूले जनताको लागि राजनीति गर्थ्ये। समाजमा सदाचार थियो। जीवन सत्यमा आधारित थियो। छलकपट थिएन। तर अहिले राष्ट्रिय  राजनीति चुनाव वा निर्वाचित ब्यक्तिहरूबाट सञ्चालित भएता पनि, नेताहरू परिवर्तन भएता पनि, जुन सुकै नेताले पनि राजनीति केवल आफ्नो लागि गर्ने जनताको लागि नगर्ने भएकोले नेताहरूले ठूलो परिमाणमा भ्रष्टाचार गर्छन। पदमा नरहेता पनि, शक्तिमा रहन नेताहरूले राजनीतिलाई कतिसम्म भ्रष्ट पार्न सक्छन भन्ने कुराको ज्वलन्त उदाहरण नेपालमा देख्न सकिन्छ। नेताहरूले राजनीतिलाई अति भ्रष्ट पारेकोले नै अहिले ठूलो संख्यामा नेपालीहरू रोजगारी, शिक्षा र सरल जीवनका लागि विदेशतिर पलायन भइरहेका छन।

उत्तर आधुनिक युगमा राजनीति भ्रष्ट हुनु भनेको वा नेताहरू भ्रष्ट हुनु सामान्य हुनेछ। र यो समस्या पनि ब्यापक हुनेछ। दक्षिण अमेरिकाका विभिन्न देशहरूमा राजनीतिक भ्रष्टाचार अत्यधिक भएर, हत्या, हिंसा चुलिएर आफ्नो देशमा बस्न नसकिने स्थिति भएर, प्रत्येक दिन मेक्सिकोको बोर्डरबाट गैर कानूनी रुपमा दक्षिण अमेरिकाका अनेक देशका नागरिकहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोजेको समाचार हामीले दिनहुँ सुनिरहेका छौ। ठूलो संख्यामा दक्षिण अमेरिकी राष्ट्रहरूका विभिन्न नागरिकहरू जिउ ज्यानको बाजि लगाएर मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न खोज्ने स्थिति ठूलो समस्या भएर मेक्सिको र संयुक्त राज्य अमेरिकाका उच्च पदस्थ अधिकारीहरू बिच वार्ता समेत पटक पटक भएको छ।

दक्षिण अमेरिकाको कुनै देशबाट मेक्सिकोको बोर्डर भएर अमेरिका प्रवेश गर्ने क्रममा, आफ्नो देशबाट मेक्सिकोकसम्मको यात्रामा कसैले आफ्नो बलत्कार गरेमा गर्भ धारण नहोस भनेर कतिपय महिलाले आफ्नो गृह देशमा हुँदा, अमेरिकाको लागि यात्रा आरम्भ गर्नु पूर्व गर्व निरोधक औषधि सेवन गरेको वा गर्व निरोध ( Contraception) का अनेक उपाय समेत अपनाएको घटना समाचारमा सुनिएको थियो।

उत्तर आधुनिक युग राष्ट्रिय र विश्व दुबै राजनीति अति नै भ्रष्ट हुने छ। जनताले अत्यधिक दु:ख पाउने छ। मुख्य गरी गरिबहरूको जीवन थप कष्टकर हुनेछ।   

 

No comments:

Post a Comment