Friday, January 12, 2024

 उत्तर आधुनिक युगको त्रासदी

३०

युद्ध र परोक्ष युद्ध

उत्तर आधुनिक युगमा परोक्ष युद्ध (Proxy War) सर्वाधिक हुनेछ। अहिले, वर्तमान विश्वमा तिन देशहरूमा परोक्ष युद्धहरू भइरहेका छन। यदि रुस र अमेरिका बिच राम्रो समझदारी भएन भने, चीन र भारतको महाशक्ति बन्ने इच्छ चुलिएर गयो भने, भविष्यमा परोक्ष युद्ध झनै विस्तार हुने खतरा छ। विभिन्न देशहरू परोक्ष युद्धमा तानिने खतरा छ।

प्रत्यक्ष रुपमा संलग्न नभएर केवल हात हतियार पठाएर, प्राविधिक सहयोग गरेर तथा नैतिक समर्थन प्रदान गरेर गरिने युद्धलाई परोक्ष युद्ध भन्ने गरिन्छ। परोक्ष युद्ध अर्को कुनै देशमा पुगेर, त्यो देशको जनतलाई उपयोग गरेर लड्ने गरिन्छ। परोक्ष युद्धमा एउटै देशका विभिन्न शक्तिहरू विभाजित भएर युद्ध गर्छन। र विभाजित शक्तिहरूलाई विभिन्न देशहरूले शैन्य सहयोग गर्छन। कुनै देशको सरकर र विद्रोही पक्ष बिचमया युद्ध हुनु र उक्त देशको सरकार तथा विद्रोही पक्षलाई विभिन्न देशका सरकारहरूले सहयोग गर्नु परोक्ष युद्ध हो। परोक्ष युद्ध कुनै देशको सरकार तथा त्यस देश भित्र रहेको कुनै विद्रोही संगठन बिच संघर्ष भएको देखिएता पनि यथार्थमा, परोक्ष युद्धमा, कुनै देशलाई स्थल तथा माध्यम बनाएर अन्य देशहरूले एक अर्कासङ्ग युद्ध गर्दछन।  

निम्न चार देशको परोक्ष युद्ध अहिले डरलाग्दो किसिमको देखिएको छ।

१ सिरियाको परोक्ष युद्ध

२ यमनको परोक्ष युद्ध

३ फिलिस्तिनको परोक्ष युद्ध

४ युक्रेन-रसिया युद्ध

सिरियाको परोक्ष युद्ध

सिरिया परोक्ष युद्ध २१ सौं सप्ताब्धिको सर्वाधिक घातक एवं डरलाग्दो परोक्ष युद्ध हो। भन्नलाई त यसलाई सरियाको गृह युद्ध भन्ने गरिन्छ तर यो यथार्थमा परोक्ष युद्ध हो। यो युद्धलाई गृह युद्ध मान्नेहरूले २१ सप्ताब्धिको ‘कंगो’ युद्ध पछिको दोस्रो ठूलो डरलाग्दो युद्ध मान्ने गर्दछन। मानवीय क्षतिको हिसाबले यो अति नै हृदयविदारक युद्द हो। सिरियाको गृह युद्धमा अहिलेसम्म (सन् २०२३ डिसेम्बर) मा ६ लाख १० हजार ब्यक्तिहरू मारिएको अनुमान गरिएको छ।

सिरियाको परोक्ष युद्धमा टर्की, इरान, जोर्डन, लेबेनान, संयुक्त राज्य अमेरिका, रसिया, नाटो राष्ट्रहरू संलग्न भएको देखिएता पनि सिरियालाई स्थल बनाएर यो परोक्ष युद्ध रसिया र अमेरिका बिच भएको हो। क्षेत्रीय राजनीतिक र शैन्य शक्ति सन्तुलनमा आफ्नो प्रभुत्व विस्तार गर्न सिरियाको परोक्ष युद्ध रसिया र अमेरिका बिच भएको हो। यो युद्ध बाहिरबाट हेर्दा सिरियाको गृह युद्धझै देखिन्छ। हुन पनि यो परोक्ष युद्धको प्रारम्भ सिरियाका तत्कालीन राष्ट्रपति बसार अल-असदको तानाशाही सरकारको बिरुद्ध सरियाली जनताले सन् २०११ मा गरेको प्रदर्शनबाट भएको थियो। प्रारम्भमा यो गृह युद्ध नभएर केवल बसारको विरोधमा गरिएको केवल जन प्रदर्शन मात्र थियो। तर पछि यो जन प्रदर्शनलाई अन्य राष्ट्रहरूले आआफ्नो हितमा उपयोग गर्न आरम्भ गरे।

२ येमनको परोक्ष युद्ध

येमनको परोक्ष युद्धको चर्चा नगर्ने हो भने परोक्ष युद्धको चर्चा अधुरो हुनेछ।

सन् २०१४ मा आरम्भ भएको येमनको परोक्ष युद्ध जति बढी दर्दनाक छ त्येतिनै बढी जटिल पनि छ। बुझ्न अति नै कठिन पनि छ। तर सरल किसिमले बुझ्ने हो भने यो येमनको गृह युद्धमा येमन तानिए पनि, युदध भूमि येमन भए पनि, युद्ध भने इरान र साउदी अरेबिया बिच भइरहेको छ। येमनको गृह युद्धमा अहिलेसम्ममा १ लाख ५० हजार ब्यक्तिहरूको हत्या भइसेको छ। तर अर्को दु:खद कुरा, युद्धबाट जति बढी ब्यक्तिहरूको मृत्यु भएको छ त्यो भन्दा बढी युद्धबाट प्रभावित भएर मृत्यु भएको छ। येमनको गृह युद्धबाट प्रभावित भएर अर्थात भोकमरीले गर्दा र समयमा स्वास्थ्य सुविधा नपाएर २ लाख २७ हजार ब्यक्तिहरूको ज्यान गइसेको छ। युद्धको कारण जे भएता पनि, जे उल्लेख गरिएता पनि, मुख्य कुरा भने येमनका दुई शक्तिहरूलाई इरान र साउदी अरेबियाले प्रयोग गरिरहेका छन। आफ्नो स्वार्थ सिद्धिका लागि साउदी अरेबिया र इरानले येमनका दुई शक्तिहरू बिच युद्ध गराइ रहेका छन। इरानलाई अन्य विभिन शक्ति राष्ट्रहरूले सहयोग गरेका छन भने साउदी अरेबियालाई अमेरिकाले सहयोग गेको छ। अमेरिकाले येमनका संघर्षरत दुई शक्तिहरू मध्ये एउटालाई प्रत्यक्ष रुपले शैन्य सहयोग गरिरहेको छ।

इरान र साउदी अरेबियाको परोक्ष युद्धमा, येमनको प्रेसिडेन्सिएल लिडरसिप काउन्सिलका अध्यक्ष रशद अल-अलिमी र सुप्रिम पोलिटिकल काउन्सिलका अध्यक्ष महादी अल-मासतले आफ्ना अन्य सहयोगीहरूसङ्ग मिलेर एक अर्कासङ्ग युद्ध गरेता पनि उनीहरूले आफ्नो हितका लागि युद्ध गरेको देखिएता पनि युद्ध भने इरान र साउदी अरेबियाका लागि गरेका हुन्। दुई संघर्षरत पक्षहरू मध्ये हादी पक्षलाई साउदी अरेबियाले सहयोग गरेको छ भने हुथी पक्षलाई इरानले सहयोग गरेको छ। संघर्षरत दुबै पक्षहरूले येमनको सत्ता आफ्नो हातमा लिन खोजिरहेका छन। पर्दा अगाडि यो तथ्य देखिएता पनि येमनमा इरान र साउदी अरियाले आफ्नो समर्थक शक्तिलाई येमनको सत्तामा पुर्याउन खोजिरहेका छन।

अहिले येमनको स्थिति यति भयावह छ कि त्यहाँ युद्धले जन्माएको भोकमरीले गर्दा थप लाखौको ज्यान जाने स्थिति उत्पन्न भएको छ। साधन सम्पन्न देश येमन, परोक्ष युद्धले गर्दा , परोक्ष युद्धले सृजना गरेको गरिबीले गर्दा, जरजर स्थितिमा पुगेको छ। येमनको अर्थ ब्यवस्था अति नै कमजोर हुन पुगेको छ।  

३ फिलिस्तिनको परोक्ष युद्ध

फिलिस्तिनको परोक्ष युद्ध भने झनै बुझ्न कठिन किसिमको छ। पर्दा अगाडि फिलिस्तिनीहरूले स्वतन्त्रताका लागि इजराइलसङ्ग युद्ध गरेको देखिएता पनि यथार्थमा फिलिस्तिनीहरूले इरानका लागि इजराइलसङ्ग युद्ध गरिरहेका छन। तर यो मात्र पनि सम्पूर्ण यथार्थ होइन। फिलिस्तिनका वहुसंख्यक नागरिकहरूले स्वतन्त्रताका लागि इजराइलसङ्ग अनवरत युद्ध गरेता पनि फिलिस्तिनका अल्पसंख्य नागरिकहरूले इरानका लागि इजराइलसङ्ग युद्ध गरिरहेका छन। ती अल्प संख्यक फिलिस्तिनीहरू, जसले फिलिस्तिनको स्वतन्त्रताका लागि होइन इरानको लागि इजराइलसङ्ग युद्ध गरिरहेका छन, ले इजराइलाई विश्व मानचित्रबाट नै हटाउन खोजेका छन। हमास नाम गरेको राजनीतिक सङ्गठन, जो फिलिस्तिनी क्षेत्रको एक सानो भागमा मात्र सीमित छ, लाई केहीले इरानको शेना पनि भन्ने गरेका छन।

विश्व समुदायले अघि सरेको ‘दुई राष्ट्र- इजराइल र फिलिस्तिन समाधन’ मा इजराइल र फिलिस्तिनले सहमती जनाए पनि, फिलिस्तिनलाई एक स्वतन्त्र राष्ट्रको दर्जा इजराइलले दिएता पनि, इरानले हमासलाई प्रयोग गर्न छाड्ने छैन। फिलिस्तिनमा शान्ति स्थापना हुन दिने छैन। इरानले इजराइललाई विश्व मानचित्रबाट नै हटाएर त्यस क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्न खोजिरहेको छ, अरब जगत्मा महाशक्ति राष्ट्र हुन खोजिरेहको छ। यदि दुई राष्ट्र अवधारणले सफलता पाएता पनि इरानले समास र हजबुल्ला, यी दुई आफ्ना समर्थक सङ्गठनहरूलाई इजराइलको बिरोधमा प्रयोग गर्ने छ। यी विभिन्न कारणले गर्दा इजराइल- फिलिस्तिन समस्याको समाधन एक जटिल विषय हुन पुगेको छ।  

अरब राष्ट्रहरूलाई तह लगाउन अमेरिकाले इजराइलको स्थापन गरेको भन्नेहरू पनि धेरै नै छन। हुन पनि एक्लो इजराइल चारैतिरबाट मुस्लिम देशहरूबाट घेरिए रहेको छ। इजराइलको उपस्थिति र अवस्थितिले गर्दा नै अमेरिकाले अरबका राष्ट्रहरूमा आफ्नो नियन्त्र कायम गर्न सकेको छ।

फिलिस्तिन र इजराइल युद्ध यी दुई देशहरूको हितमा नभएर इरान र अमेरिकाको हितमा भएकोले यो युदध कुनै पनि पनि किसिमको सम्झौता वा सहमतिद्वारा समाप्त हुने देखिंदैन। यो पृथ्वीको अस्तित्व रहेसम्म, फिलिस्तिन र इजराइलको अस्तित्व रहेसम्म, इजराइल र फिलिस्तिन युद्ध समाप्त हुने लक्षण देखिंदैन। फिलिस्तिन र इजराइल युद्ध पनि एक किसिमको अमेरिका र इरान बिचको परोक्ष युद्ध नै हो। १९४८ मे १४ मा इजराइलको स्थापना भएको थियो। इजराइलको स्थापना भए पछि आरम्भ भएको इजराइल फिलिस्तिन युदध जुन आधुनिक मानव सभ्यताको घाउको रुपमा देखिएको छ, कहिले नछुट्ने वा समाप्त नहुने जस्तो देखिएको छ।  

भारत नियन्त्रित कश्मिरमा पनि परोक्ष युद्ध नै भइरेहको हो। युद्ध भूमि कश्मिर भएता पनि परोक्षामा भने भारत र पाकिस्तान बिच युद्ध भइरहेको छ। कश्मिर युद्ध पनि समाप्त हुने लक्षण देखिएको छैन। यो परोक्ष युद्ध भएको हुनाले समाप्त हुने प्रश्न नै उठ्दैन। प्रत्यक्ष युद्ध समाप्त हुन सक्छ तर परोक्ष युद्ध समाप्त हुने कठिन हुन्छ। परोक्ष युद्धमा परोक्षबाट युद्ध गर्ने राष्ट्रहरूले ठूलो क्षति नबेहोर्नु परेको हुनाले उनीहरूले प्रयोग गर्ने राष्ट्रमा युद्ध गराइनै रहन्छन।  भारत र पाकिस्तान, यी दुई राष्ट्रहरू विश्व मान चित्रमा रहेसम्म कस्मिर भित्र हुने भारत- पाकिस्तान परोक्ष युद्ध यो पृथ्वीमा मानव सभ्याता रहेसम्म समाप्त हुने सम्भावना छैन।

संसार भरिमा अहिले अनेक देशमा परोक्ष युद्ध भइने रहेको छ। माथि उल्लेख गरिएका परोक्ष युद्धहरू भने ठूलो आकारका भएका र क्षति पनि ठूलो पुर्याएका हुनाले यी परोक्ष युद्धहरूको चर्चा बढी गरिएको हो। 

उतर आधुनिक युगमा युद्धहरू ठूलो संख्यामा नभएता पनि युद्ध भने भइनै रहने छ। तर सर्वाधिक ठूलो संख्यामा भने परोक्ष युद्ध हुनेछ। करोडौं ब्यक्तिहरूको हताहति हुनेछ।

४ युक्रेन-रसिया युद्ध

फेब्रुअरी २०, २०१४ मा प्रारम्भ भएको युक्रेन-रसिया युद्ध बाहिरबाट हेर्दा यी दुई राष्ट्रहरू बिचको युद्ध जस्तो देखिएता पनि यो युद्ध परोक्ष युद्ध नै हो। फरक मात्र के छ भने यो युद्धको एउटा पक्ष (रसिया) ले स्वयंको लागि युद्ध गरिरहेको छ भने अर्को पक्ष (युक्रेन) ले अन्य राष्ट्रहरूको लागि युद्ध गरिरहेको छ। अर्थात रसियाले आफ्नो लागि यो युद्द लडिरहेको छ भने युक्रेनले अमेरिका र नाटो देशका लागि वा भनौ युरोपियन युनियन राष्ट्रहरूको लागि यो युद्ध लडिरहेको छ। यो युद्धको अर्को पनि एउटा विशेषता छ। त्यो विषेशता के हो भने रसियालाई सहयोग गर्नेहरू राष्ट्रहरू पनि छन्। केही राष्ट्रहरूले रसियालाई प्रत्यक्ष, सबैले देख्न सक्ने गरी सहयोग गरिरहेका छन भने केहीले अप्रत्यक्ष सहयोग गरिरहेका छन। इरान, सिरिया आदिले रसियालाई प्रत्यक्ष सहयोग गरिरहेका छन भने चीन, क्युवा आदिले अप्रत्यक्ष सहयोग गरिरहेका छन। युक्रेन-रसिया युद्धमा आजसम्म (डिसेम्बर २०२३) मा युक्रेन तर्फ मृत्यु तथा घाइते हुनेहरूको संख्या ३ लाख ८३ हजार पुगेको छ। सन् २०२२ को सेप्टम्बर सम्ममा भने यो युद्धमा ५ हजार ९३७ रुसी सेनाहरूको मृत्यु भएको थियो भने ६१ हजार २०७ युक्रेनी सेनाहरूको मृत्यु भएको थियो।

युक्रेन-रसिया युद्धले के सन्देश प्रष्ट रुपमा दिएको छ भने उत्तर आधुनिक युगमा साना राष्ट्रहरूको अस्तित्व संकटमा हुनेछ। यो विषयमा माथि पनि चर्चा गरिसकिएको छ।

चीनको बढ्दो शैन्य शक्तिले ताइवानको अस्तित्व संकटमा पर्ने छ। हङ्कङ माथिको चीनको नियन्त्रण झन कडा हुनेछ। यसैगरी भारतको बढ्दो शैन्य शक्तिले गर्दा पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, नेपाल आदिको अस्तित्व संकटमा पर्नेछ। नेपाल, भुटान, श्रीलङ्का जस्ता साना र शैन्य शक्ति कमजोर भएका राष्ट्रहरूमा भारतले आफ्नो स्वार्थ अनुसारको काम गर्ने ती देशहरूमा आफ्नो समर्थन गर्ने सरकारको स्थापना गर्ने रणनीति प्रयोग गर्नेछ। स्पष्ट भाषामा भन्ने हो भने दु:ख दिने छ।

ठूला र शैन्य शक्तिमा बलियो हुने राष्ट्रहरूले अफ्रिका, दक्षिण अमेरिका, युरोपमा साना राष्ट्रहरूको अस्तित्व संकटमा पार्ने छन।

उत्तर आधुनिक युगमा युद्ध कम भएता पनि परोक्ष युद्ध भने ठूलो संख्यामा हुनेछ। अमेरिका, चीन, रसिया, इरान आदिको विदेश नीतिले परोक्ष युद्धमा वृद्धि ल्याउने छ।  

No comments:

Post a Comment