Sunday, January 7, 2024

Terrifying Postmodernism Part 13

 उत्तर आधुनिक युगको त्रासदी

१३.

पृथ्वीको अस्तित्व समाप्त!

ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ- बालकृष्ण सम

ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ, बालकृष्ण सम यो भनाइ उत्तर आधुनिक युगमा चरितार्थ होला जस्तो छ। विज्ञानको अति विकासले गर्दा यो पृथ्वीको अस्तित्व नै सामप्त हुने हो कि भन्ने भय र चिन्ता बढेर गएको छ। आर्टिफिसिएल इन्टेलिजेन्स (AI-Artificial Intelligence) ले भोलिका दिनहरूमा मानव-सभ्यता नै विनाश गर्ने हो कि भनि सर्वत्र चिन्ता ब्यक्त गर्न थालिएको छ। विकसित देशहरूमा समेत यो चिन्ता विस्तार भएको छ।

यो उत्तर आधुनिक युगमा मुख्य गरी तिन क्षेत्र ज्ञान, विज्ञान र प्रविधिको क्षेत्रमा अत्यधिक विकास भएको छ। तर दु:खद कुरा के छ भने विकसित ज्ञान, विज्ञान र प्रविधिको प्रयोग मानव उपयोगी वस्तुहरूको उत्पादनका लागि नभएर अत्याधुनिक हात हतियारको विकास गर्नका लागि भइरहेको छ। मुनाफा वृद्धिको लागि भइरहेको छ।  

अनेक देशहरूले अनेक किसिमका हतियारहरू उत्पादन गरेका छन्। अन्य राष्ट्रहरू गर्ने क्रममा छन्। शक्तिसाली हुने होडमा चीन, भारत, पाकिस्तान, उत्तर कोरिया आदिले अनेक किसिमको हतियार विकास गरेका छन।  हतियार विकासमा करोडौं रुपैंया खर्च गरिरहेका छन्। अमेरिका, रुस आदिले बर्षौ पहिलेदेखि आधुनिक हतियार उत्पादन गर्दै आएका छन। अमेरकाले त हिरोसिमा र नागासाकीमा आणविक हतियार प्रयोग पनि गरिसकेको छ।  

अहिले विकास भएका हतियारहरू यस्ता छन, जुन प्रयोग गर्दा केवल मानव-विनाश मात्र नभएर पृथ्वीलाई नै क्षति पुर्याउने किसिमक छन। के भन्न सकिन्छ! त्यस्ता हतियारहरूले यो पृथ्वीको अस्तित्व नै समाप्त पार्ने हो कि!

जैविक हतियार, रसायनिक हतियार, न्युक्लिएर हतियार गरी अहिले अनेक किसिमका घातक हतियारहरूको विकास एवं उत्पादन भइ रहेको छ। अर्कोतिर केही देशहरूको बिचमा शत्रुता घट्नुको सट्टा झनै वृद्धि भएर गएको छ। कश्मिर लगायत अन्य मुद्दाहरूका कारण भारत र पाकिस्तानको सम्बन्ध समान्य हुनुको सट्टा झन झन शत्रुतापूर्ण हँदै गएको छ। सन् १९६५ मा भएको भारत-पाक युद्ध बाहेक यी दुई देश बिच अनेकौ पटक साना साना युद्धहरू भइसेका छन्। र भविष्यमा पनि हुने देखिन्छ।

चीन र भारत परम्परागत शत्रु नै हुन्। यी दुई देशहरू बीच पनि अनेक पटक युद्ध भइसको छ। सन् १९६२ मा भएको भारत- पाकिस्तान युद्धमा बढी क्षति भने भारतलाई पुगेको थियो। १५ जुन, सन २०२०  चीन र भारत बीच भएको युद्ध भने आधुनिक हतियार होइन लठ्ठी, ढुंगा, बाँसद्वारा यी दुई पक्षहरू बिच भएको थियो। प्रत्यक्ष रुपमा, मुखामुख, गरेर यी दुई देशका सेनाहरूले एक अर्कालाई हाना हाना गरेर युद्ध गरेका थिए। भारतको लदाख स्थित गलवान उपत्यकामा रात्रीको समयमा भएको यो युद्ध अति नै परम्परागत किसिमको थियो। समाचारहरूले उल्लेख गरे अनुसार चीनिया सेनाहरू भारतको सीमा क्षेत्र भित्र पसेका थिए र उनीहरूले ढुंगा, बासले हिर्याएर २० जना भारतीय सैनिकहरूको हत्या गरेका थिए। भारत र चीनको सम्बन्ध सतहमा सप्रिएको देखिएता पनि भित्र भित्र अति नै शत्रुततापूर्ण छ, राष्ट्रिय स्तरमा होइन, जनस्तरमा नै छ। कुनै समयमा यदि भारत र चीन बिच घातक युद्ध हुने हो भने त्यसले यो पृथ्वीलाई नै ठूलो क्षति पुर्याउन सक्छ।  

इरानले इजराइल देश छ भनी स्वीकार नै गर्दैन। इरानले इजराइललाई देश नै मान्दैन। सतहमा फिलिस्तिनी र इजराइली बिच झगडा देखिएता पनि त्यो झगडा खासमा इरान र इजराइल बिचमा हो। इरान, इजराइलको अस्तित्व नै समाप्त पार्न लागि परेको छ। फिलिस्तिनी क्षेत्रमा रहेका हमास र लेबेनानमा रहेको हजबुल्ला, दुबै संगठन इरानका हुन्। ती दुबै सङ्गठन इरानद्वारा स्थापित हुन्।  

फिलिस्तिनीहरूलाई इजराइलले स्वतन्त्र राष्ट्रको मान्यता दिए पनि इजराइल- फिलिस्तिनी समस्या समाधान हुँदैन किनभने हमासका जस्तै आफ्ना मिलिसियाहरू गाजा वा अन्य क्षेत्रमा पठाएर इरानले इजराइलमाथि आक्रमण गराइनै रहने छ। बरु के हुन सक्छ भने यदि इरानले इजराइल माथि आक्रमण गरेमा, यो विश्व दुई भागमा विभाजित हुन पुग्ने छ। एउटा भागको नेतृत्व अमेरिकाले गर्ने छ भने अर्को भागको नेतृत्व रसियाले गर्नेछ। इरान लगायत अरबका र एशियाका केही राष्ट्रहरूले रसियालाई सहयोग गर्ने छन भने सेना, पैसा र हतियार सहित युरोपका देशहरूले अमरिकालाई सघाउने छन।

इजराइलको कारणले पनि कुनै बेला यो संसारमा तेस्रो विश्व युद्ध हुन सक्ने स्थिति छ। तेस्रो विश्व युद्ध यदि भएमा, त्यो अति नै डरलाग्दो हुनेछ।

सन् २०११ मा सिरियामा त्यहाँका राष्ट्रपति बसार अल-असाद बिरुदध प्रारम्भ भएको गृह युद्ध अहिले पनि जारि नै छ। आफ्ना विरोधीहरूको सफाया गर्न अल-असदको सरकारले सन् २०१४ मा जैविक हतियार (Biological weapon) प्रयोग गरेको थियो। सिरियाको त्यो गृह युद्धमा, अहिलेसम्म (सन् २०११ देखि २०२३) मा २ लाख ३० हजार २२४ जनाको ज्यान गइसेको छ। लाखौ सिरियालीहरु देश भित्र विस्थापित भएका छन भने लाखौ अन्य देशहरूमा शरणार्थी बनेर बाँच्न बाध्य भएका छन्।

२०२३ अक्टुबर ७ देखि प्रारम्भ भएको फिलिस्तिनि (हमास)- इजराइली युद्धमा, २०२३, नोभेम्बर १६ सम्ममा  फिलिस्तिनीहरू तर्फ २० हजार भन्दा बढी र इजराइलीहरू तर्फ १ हजार ५०० भन्दा बढी ब्यक्तिहरूको ज्यान गइसकेको थियो।

अहिले विभिन्न देशहरूले घातक हतियारको विकास गरेका छन। कतिपयले खरिद गरेका छन्।

अहिले अमेरिका, रुसिया, फ्रान्स, चीन, संयुक्त अधिराज्य, पाकिस्तान, भारत, इजराइल र उत्तर कोरिया गरी नौं देशहरूसङ्ग न्युक्लिएर हतियार छ। कुनै पनि देशले यदि न्युक्लिएर हतियार प्रयोग गर्ने हो भने त्यो प्रयोगले मानिसहरूको मृत्यु हुने मात्र होइन, यो पृथ्वीको अस्तित्वमा माथि नै संकट उत्पन्न गर्न सक्छ।

पृथ्वीको अस्तित्वमा माथि दुई कुराहरूले संकट आउने देखिन्छ। पहिलो हो, जीव-अवशेष ऊर्जाको अत्यधिक प्रयोग र दोस्रो अनके किसिमका घातक हतियारहरूको विकास। यी दुई कुराहरू पृथ्वीको सीरमाथि तरबार बनेर झुण्डिएका छन। र कुनै पनि बेला खस्न सक्छन।   


No comments:

Post a Comment