Thursday, January 11, 2024

Terrifying Postmodernism Part 26

उत्तर आधुनिक युगको त्रासदी

२६

खोसिएको बालापन

यो उत्तर आधुनिक युगको कुप्रभाव बालबलिकाहरूको जीवनमा पनि परेको अनुभव गर्न थालिएको छ। बजारमा उपलब्ध भएका अनेक नया नया प्रवधिहरूले बालबालिकहरूलाई समय भन्दा पहिले नै अनेक जानकारीहरू उपलब्ध गराउन थालेका छन्। तर बालबालिकहरूको उमेरको जसरी विकास हुन्छ त्यसै अनुसार उनीहरूलाई अनेक किसिमका जानकारीहरू उपलब्ध गराउनु पर्ने हुन्छ। त्यस्तो हुन सकिरहेको छैन।

बालबालिकाहरूले आवश्यक जानकारीहरू परिवार, समाज, साथीहरूबाट अन्तरक्रिया गर्दा पाउने गर्छन। र क्रमिक रुपमा पाउने गर्छन। उनीहरूमा हुने उमेर बृध्दिको साथै जानकारीहरूको प्रकृति, महत्व, उपयोग आदि फरक हुँदै जान्छ।

आजभोलि बालबालिकाहरू दुई वर्षका मात्र भएका हुँदैनन आइपैड, स्मार्ट फोन कस्तो हो भन्ने कुरा अलि अलि थाहा पाइसकेका हुन्छन। अलि अलि चलाउन पनि जानिसकेका हुन्छन। आजभोलि, उमेर बृदधिको क्रमसङ्गै बालबालिकाहरूमा आइपैड, स्मार्ट फोन आदिसङ्ग खेल्ने इच्छाको विकास हुन थाल्छ। र यो क्रममा बालबालिकाहरूलाई भौतिक खेलौनासङ्ग खेल्नुको साटो डिजिटल प्लेटफार्ममा खेल्ने बानीको विकास भइसेको हुन्छ। अर्थात जुन उमेरमा बालबलिकाहरूले भौतिक खेलौनासङ्ग खेल्नु पर्ने हो त्यो उमेरमा उनीहरूले मोबाइल, आइपैडमा भएका अनेक एपहरू चलाइ रहेका छन। त्यसरी मोबाइल र आइपैड चलाउँदा एक युवा ब्यक्तिले पाउने जानकारी पाएर बालबलिकाहरू युवाहरूको चेतनाको स्तरमा पुगिरहेका छन र युवाहरूको चेतनाको स्तरमा पुगेर आजका बालबलिकाहरूले आफ्नो बालापनको स्वभाविक आनन्द गुमाइ रहेका छन।

एउटा सामान्य उदाहरण हेरौं।

एक सातआठ वर्षको बालकले भौतिक खेलौनासङ्ग खेल्न छाडेर आफ्नो आमाबाको मोबाइल हात पारेर  युटुबमा आफूलाई मन पर्ने कुनै बाल-खेल खोज्न थाल्छ। तर संयोगवस उसले सन्तान उत्पत्ति कसरी हुन्छ भन्ने भिडियो फेला पार्छ र जिज्ञासवस तथा आनन्दित हुँदै उक्त भिडियो हेर्न थाल्छ। डिभाइस (मोबाइल) मा ‘चाइल्ड लक’ प्रणाली नभएकोले सो बालकले त्यो भिडियो पुरा हेर्छ जहाँ उसले स्त्री र पुरुषले संभोग गरेको देख्छ। बच्चाले जन्म लिएको समेत हेर्छ। त्यो हेरे पछि उक्त बालकमा एक खास किसिमको मनोविज्ञानको विकास हुन्छ। कसरी? जुन कुरा उसले आफू वयस्यक भए पछि थाहा पाउनु पर्ने थियो, त्यो अहिले पाउँछ र त्येही उमेरमा उसलाई संभोग के हो भन्ने थाहा हुन्छ। र हुन सकोस, उसको शारीरिक क्षमताले नभ्याए पनि उसमा संभोग गर्ने इच्छा जागृत होस्। वा त्यस्तो हुन सक्छ।

अब दोस्रो स्थितिको चर्चा गरौं। उक्त बालकले सो मोबाइलमा त्यस किसिमको भिडियो देखे पछि उसलाई त्यस किसिम (संभोग गरिएको) भिडियो घरि घरि हेर्ने इच्चा जागृत हुन सक्छ। यसरी आफूलाई आवश्यक हुने जानाकारी एक खास समयमा पाउनु पर्नेमा धेरै पहिले पाएर एक बालकले आफ्नो बालापन (त्यस समयमा नपाउनु पर्ने जानकारी पाएर) गुमाउन सक्छ।

अहिले, साना साना फिल्महरू, अनेक विषयमा बनाइएका भिडियोहरू सहजै उपलब्ध हुने वातारण छ। त्यसरी भिडियो बनाएर अनेक वेभसाइटमा राख्न सकिने हुनाले र ती भिडियोहरू धेरै जनाले हेरेमा भिडियोका निर्माणकर्ताहरूले आम्दानी पाउने हुनाले बजारमा त्यस्ता भिडियोहरूको आपूर्ति ठूलो परिमाण हुन्छ। अर्कोतिर, कुन भिडियो कुन उमेर समूह भित्र पर्नेले हेर्ने पाउने भनी एक नियन्त्रकारी व्यवस्था नभएकोले जस्तै किसिमको भिडियो प्रति पहुँच सामान्य र सरल हुन पुगेको छ।

ब्यापारमा अनैतिताको अभ्यास ठूलो मात्रमा भएको र मुनाफाक लागि ब्यक्तिहरूले जस्तो सुकै किसिमको कार्य गर्न पनि नहिच्किचाउने भएकोले बालाबालिका अभिभावकहरूले अहिले आफ्नो बालबिलाकको जीवन सहि दिशमा डोर्याउन कठिनाइ महसुस गरिरहेका छन्

आइपैड, मोबाइल, टेबलेट, भिडियो गेम आदिहरूले भौतिक खेलौनाहरूको मागमा ठूलो कमी हुने वातावरण सृजना गरिरहेका छन। विश्वभरिमा नै खेलौना बिक्री हुने पसलहरू ठूलो संख्यामा बन्द भइरहेका छन।       

अमेरिकी सहरहरूमा रहेका बालबलिकाहरूले प्रत्यक्ष रुपमा खेल्ने खेलौना बिक्री गर्ने पसलहरूमा दुई स्थितिहरू देखिएका छन। पहिलो, जुन पसलहरूले बालबालिकहरूले प्रत्यक्ष रुपमा खेल्ने खेलौना जस्तै कार, एरोप्लेन, पुतली, बन्दुक आदि ठूलो संख्यामा बिक्रीका लागि राख्ने गर्थ्ये तिनीहरूले कम संख्यामा राख्न थालेका छन। त्यस्तो उनीहरुले बजारमा खौलनाहरूको मागमा कमी आएको कारणले गरेका हुन्।  दोस्रो, कतिपय खेलौनाहरू मात्र बिक्री गर्ने ठूला खुद्रा बिक्री भण्डारहरू बन्द भएका छन। विश्वको नै सर्वाधिक ठूलो संख्यामा बालबलिकाहरूको लागि खेलौना बिक्री गर्ने अमेरिकी खुद्रा भण्डार ‘ट्बायज आर अस’ (Toys “R” Us) ले सन् २०१७ मा ‘बैंकक्रप्सी’ फाइल गरेको थियो। त्यो अवधि (सन् २०१७) सम्ममा उक्त खुद्रा भण्डारले ५ बिलियन डलर ऋण भुक्तान गर्नु पर्ने थियो। सन् २०१८ को जुन सम्ममा त्यस खुद्रा भण्डारका अमेरिका स्थिति ७३५ खुद्रा भण्डार बन्द भएका थिए।

संक्षेपमा भन्ने हो भने अहिले बजारमा बालबालिकहरूले खेल्ने भौतिक खेलौनाहरूको माग ज्यादै कम छ। माग कम भएकोले उत्पादन पनि कम छ। तर प्रश्न के उठ्छ भने के खेलौनाहरू कम उत्पादन हुने स्थिति राम्रो हो? बालाबालिकहरूले आफ्नो बालापनमा खौलौनाहरू खेल्न नपाउनु राम्रो हो? वा खौलौना खेल्न पाउने स्थिति कमजोर हुनु राम्रो हो?

अब कुरा गरौ खेलौनाको माग बजारमा किन कम भयो? खेलौनाको माग कम हुनु र उतर आधुनिताकले विकास गरेको बाल संस्कृति बिच कुनै सम्बन्ध छ?   

माथिका प्रश्नहरू उत्तर खोज्न कठिन छैन। बिक्री हने स्थिति नभएकोले आजभोलि खेलौनहरुको उत्पादन ठूलो संख्यामा भइरहेका छैनन। उत्तर आधुनिकताले बालाबालिकाहरूमा भिडियो हेर्ने लत बसाली दिएको छ।

उत्तर आधुनिक युगले बालबालिकाहरूको बालापन खोसिरहेको छ। अर्कोतिर हामी अभिभावकहरू यो दु:खद स्थिति टुलुटुलु हरेर बसिरहेका छौ।

अहिलेका बालबालिकाहरू यो उत्तर आधुनिक युगम मलखाद हालेर उत्पादन गरिएका ठूलो ठूला फर्सी जस्ता भएका छन। कसरी? यो प्रश्नको उत्तर माथि प्रस्तुत गरिसकिएको छ।

No comments:

Post a Comment