Wikipedia

Search results

Friday, December 26, 2014

Knowledge and Wisdom: Fundamentals of Economic Development-Article-154

ज्ञान: आर्थिक विकासको आधारशीला

पूर्वमा अपार ज्ञान थियो तर त्यो ज्ञानको व्यवहारीक उपयोग गरिएन। पश्चिममा वल र पराक्रम थियो र त्यो बल र पराक्रमको व्यवहारीक प्रयोग गर्दै जाँदा विशिष्ठ ज्ञान प्राप्त भयो। पूर्व र पश्चिमको आर्थिक विकासको इतिहास केलाउने हो भने यी दुई तत्वहरु- ज्ञान र बललाई केन्द्रमा राख्नु पर्ने हुन्छ।
पूर्वले आफ्नो प्रत्येक महत्वपूर्ण ज्ञानलाई न त लिपिवद्ध गर्यो न त बाँड्यो नै। पश्चिमले आफ्नो प्रत्येक ज्ञानलाई लिपिवद्धद मात्र गरेन साथै त्यो ज्ञानलाई सम्वन्धित व्यक्तिहरुसम्म पुर्याउन एक अशल व्यवस्थाको विकास पनि साथ साथै गर्यो।  पूर्वले आफ्नो ज्ञानको प्रचुर मात्रामा उपयोग र लिपिवद्ध नगरेकोले क्रमिक रुपमा त्यसमा ह्रास आउने सिलसिला सुरु भयो जवकि पश्चिमले प्रचुर उपयोग र लिपिवद्ध गरेकोले ज्ञानको वृद्धि मात्र भएन, प्रत्येक कार्यमा त्यसको उपयोग हुन थाल्यो। बललाई ज्ञानले विस्थापित गर्दै लग्यो।
पश्चिममा कुनै कुराको आविष्कार कसैले गर्दा के कस्ता तरीकहरु प्रयोग गर्नु पर्यो, त्यो आविष्कारमा कुन कुन व्यक्तिहरुको संलग्नता थियो, अविष्कारका लागि के कस्ता कार्यहरु कति समयसम्म गरियो, आविष्कार गर्दा के कस्ता समस्या एवं चुनौतिहरु आए जस्ता विषयहरुलाई लिपिवद्ध गरियो। समग्रमा, त्यो अविष्कारबाट के कस्तो ज्ञान र अनुभव प्राप्त गरियो भन्ने कुरालाई महत्वकासाथ लेखेर राखियो। तर पूर्वमा, उदाहरणका लागि एक बैध जीले वर्षौ लगाएर कुनै खास रोग निको पार्ने कुनै विशेष औषधीको विकास गरे तर ती वैध जीले न त त्यस बारेम कुनै व्यवस्थित अभिलेख नै राखे न त आफ्नो त्यो ज्ञान बाँड्न का लागि कुनै कार्य नै गरे। पछि, कालान्तरमा बैध जीको मृत्यु भए पछि बैध जीको त्यो अति महत्वपूर्ण ज्ञान पनि उनको मृत्युसँगै गयो। वैध जीको ज्ञान उनको मृत्यु पछि जन उपयोगी हुन सकेन। पूर्वले यसरी अति मूल्यवान आफ्ना ज्ञानहरु उपयोग र विस्तार गर्न नसकेको उदाहरण अन्गिन्ति छन्।
पूर्वले आफ्नो ज्ञानलाई भाग्यको घेरा भन्दा बाहिर आउन दिएन। धनी हुनु व्यक्तिको ज्ञान एवं वुद्धिको असल उपयोगको परिणाम हो भन्ने कुरालाई न मानेर धनी हुनुलाई भाग्यसँग जोड्यो र गरिबहरुलाई गरिबीबाट मुक्ति पाउन संघर्ष गर्न सिकाउनको साटो तिमी गरीब तिम्रो भाग्यले गर्दा भएको भन्ने भन्यो। विद्वान हुनु वा तथाकथित उच्च कुल खानदानमा जन्मिनु भाग्यको खेलको परिणाम हो भन्यो। विद्वता एवं उच्च शिक्षा प्राप्तिलाई पनि भाग्य सँग नै जोडेर हेर्यो।
मानव सभ्यता विकासको इतिहास हेर्दा, पूर्वमा कुनै गंभिर रोगले मान्छेहरु मर्न थाले भने त्यसरी मान्छेहरु मर्नुको कारण भगवान रिसाउनु भन्ने व्याखा गरेर भगवानलाई खुसी पार्न भाकल गर्ने, पशुहरुको बली चढाउने कामहरु भए। यसै गरी अनेक रोगहरुलाई भूत, प्रेत, डाइन, जोगिनको दुष्कार्यको परिणाम सम्झेर धामी, झांक्री देखाउने कार्यहरु भए। डाइन, जोगिन विद्या जान्ने व्यक्तिहरुले भूत प्रेत लगाइ दिएको भन्दै उनिहरुको त्यो विद्या समाप्त पार्न उनीहरुलाई मान्छेको मल मुत्र ख्वाउने घृणित कार्यहरु समेत भए।
अझै केही अवस्थाहरुमा, कुनै किसिमको मानवीय विपत्ति आइ पर्दा त्यसबाट मुक्त पाउन भगवानलाई खुसी पार्नु पर्दछ भन्ने विश्वास गर्दै भगवानलाई खुसी पार्न अनेक किसिमका उटपट्यांक कार्यहरु समेत भए।
तर पश्चिममा कुनै गंभिर रोग लागेर धेरै मान्छेहरु मर्न थाले पछि सर्व प्रथम त्यसरी धेरै मान्छेहरुलाई मार्ने त्यो रोगको बारेमा अध्ययन गर्ने कार्य भयो। त्यो घातक रोग के कारणहरुले लाग्ने रहेछ भन्ने थाहा पाउन ठोस प्रयासहरु भए। त्यस पछि, त्यो रोग निको पार्न, विभिन्न किसिमका अनुषन्धान एवं खोजहरु  गरेर औषधिको विकास गरियो। यही कारण होला जति पनि मानव जीवन रक्षा गर्ने औषधिहरु छन्, शल्यक्रिय प्रविधिहरु छन्, तिनको विकास वा आविष्कार पश्चिममा भएको पाइन्छ।
पश्चिममा, जुन समय (सन् १९२८ ) मा अलेक्जेण्डर फ्लेमिंगले पेन्सिलिनको आविष्कार गरि रहेका थिए, पूर्वमा बेक्टेरिका आक्रमणको सिकार भइ मृत्यु हुनेहरुलाई भगवानले स्वर्गमा बोलाएको भनेर आफ्नो  भाग्यलाई दोष दिनेहरुको विश्वासलाई बाँकी सबैले अनुशरण गर्नु पर्थ्यो। पूर्वले, बेक्टेरिकाको आक्रमणबाट हुने मृत्यलाई भाग्यको खेल मानिरहेको थियो र त्यसको बिरुदधमा केही गर्न अगाडि बढी रहेको थिएन भने पश्चिमले बेक्टेरियो आक्रमणबाट मृत्यु हुनेहरुलाई कसरी जोगाउन सकिन्छ, कुन औषधिले निको पार्न सकिन्छ भन्दै अन्वेषण थालेको थियो। बेक्टेरियाको आक्रमणबाट मुत्यु हुनेहरुको प्राण रक्षा गर्नका लगि अलेक्जेण्डर फ्लेमिंग (ब्रिटेन) ले पेन्सिलिन (ओषधि) को आविष्कार गरेका थिए। औषधिको जगतमा पेन्सिलिनलाई महान उपलब्धि मान्ने गरिन्छ। पेन्सिलिनले लाखौ लाख बिरामीहरुको जीवन रक्षा गरेको विश्वास गरिन्छ। पेन्सिलिनको प्रयोग अहिलेसम्म पनि भइ रहेको छ।
औषधि मात्र होइन, मानव जीवनलाई सरल पार्ने अनेक किसमका वस्तुहरु (रेल, हवाई जहाज, कम्प्युटर, टेलिभिजन, फोन, क्यामरा आदि) को विकास पश्चिममा भएको पाइन्छ। उत्पादन लागत घटाउन मेसिन र प्रविधिहरुको विकास पनि पश्चिममा नै भएको पाइन्छ। प्राय: जति पनि ठूला ठूला आविष्कार भएका छन् ती सबै पश्चिममा भएका छन्। पूर्वमा किन भएनन् ती ठूला ठूला आविष्कारहरु? उत्तर सरल छ। पूर्वले आफूसँग रहेको अपार ज्ञानको उपयोगमा जोड दिएन। कर्ममा होइन, भाग्यमा विश्वास गर्यो। पश्चिमले भने भाग्यलाई होइन कर्मलाई जोड दियो। पश्चिमले जीवन र जगतमा हुने हरेक क्रिया र कुराको व्याख्या खोज्यो। आकासमा बिजुली चम्के पछि के कति कारणले बिजुली चम्किन्छ, बिजुली चम्किनुको कारण खोज्यो। पूर्वले बिजुली चम्केको देख्यो। त्यसरी बिजुली चम्किनुलाई इश्वरको लिला मान्यो। बिजुली चम्किनुको कारण पत्ता लगाउन पट्टि लागेन। बिजुली त्यसरी चम्केको देखेर त्यसलाई भगवानको लिला मान्दै, त्यही बिर्सेर हिंड्यो। आफ्नो ज्ञानको उपयोग गर्न पट्टि लागेन। अनुषन्धान गर्न पट्टि लागेन।
पूर्वमा ज्ञानको भण्डार भए पनि त्यसको उपयोग भएन। धर्म शास्त्रहरु, जसले सीमाहीन ज्ञानहरु संग्रह  गरेका छन्, को उपयोग केवल परम्परागत पूजा आजामा मात्र भए। उदाहरणका लागि, गीतामा उल्लेख भएका जीवन र जगतका व्याख्याहरु केवल कुनै खास पूजा आजामा सुनाइने संस्कृत भाषाका स्लोकहरुमा सीमित हुन पुगे। जबकी यो जीवन र जगतलाई प्रष्टसँग बुझ्न सहयोग पुर्याउने अनेक ज्ञानहरु गीतामा पाउन सकिन्छ। मानव जीवन रक्षा गर्ने अनेक किसिमका पद्धतिहरुको विकास गर्न गीताले मार्ग दर्शन गराउँछ।
पूर्वले ज्ञानको विस्तार एवं विकासमा महत्व दिएन। उदाहरणका लागि, सून्यबाट व्यापार प्रारम्भ गरेको कुनै व्यक्ति पछि अरबौं रुपैयाको मालिक भयो, एक सफल व्यापारीको रुपमा परिचित पनि भयो तर त्यो व्यापारीले आफ्नो त्यो सफलताको रहस्य (विशेष ज्ञान) कसैलाई पनि भनेन। कुनै विश्वविद्यालयमा गएर आफ्नो ज्ञान बाँडेन। उसको मृत्युसँग सँगै उसको ज्ञान पनि मर्यो। जबकी उसँग भएको ज्ञान अति नै महत्वपूर्ण थियो किनभने त्यो ज्ञानले नै उसलाई धनाड्य बनाउनमा अहम् भूमिका खेलेको थियो। पूर्वामा ज्ञान बाँड्ने बलियो संस्कृतिको विकास हुन सकेन। कुनै एक सफल व्यापारी, कुनै एक कलेजमा व्यापार विषय पढाउने प्रोफेसर भन्दा, व्यापार विषयमा निकै अनुभवी हुन सक्छ भन्ने यथार्थलाई स्वीकार गरिएन।
यहाँ ज्ञानको प्रशंग यति महत्वका साथ किन उठाइएको छ भने ज्ञानको सम्बन्ध गरिबी संग छ। गरिबी बिरुद्धको लडाइमा ज्ञानले निकै सहयोग पुर्याउने गर्दछ। यो कुरा धेरै पटक चर्चा गरि सकियो कि व्यक्तिलाई धनले धनी तुल्याउने होइन। व्यक्तिलाई ज्ञानले धनी तुल्याउने हो। ज्ञानको अभावमा, कुनै एक व्यक्ति, आफूले प्राप्त गरेको अथाह पैतृक सम्मपत्ति एक वर्षमा नै समाप्त पारेर भिखारी हुन सक्छ। अर्कोतिर, ज्ञानको भरपूर उपयोग गरेर कुनै एक व्यक्ति शून्यबाट (व्यापार प्रारम्भ गरेर) अरबपति बन्न सक्छ।  ज्ञान (विद्या) अति नै महत्वपूर्ण भएकोले नै यसलाई यस किसिमबाट भनिएको होला। “न चौर हार्यम न च राज हार्यम। न भ्रात्रभाज्यम न च भारकारी।। व्यये कृते वर्धते नित्यं। विद्या धनं सर्वे धनं प्रधानम्।।” (भावार्थ: चोरी नहुने, राज्यले खोस्न न सक्ने, न त दाजु भाइ बीच अंश नै लाग्ने, बोक्न कठिन न हुने, जति खर्च गर्यो उति उति बढ्ने कुनै सम्पत्ति छ भने त्यो विद्या हो)।
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, गरिबी बिरुद्धको लडाइमा ज्ञानको व्यापक उपयोग गर्न सकिन्छ। स्कूल एवं कलेजका विद्यार्थीहरुलाई व्यापारका नया नया विधिहरु कसरी विकास गर्ने बारे अनेक किसिमका ज्ञानहरु प्रदान गरेर उनीहरुलाई सानै देखि स्वावलम्बी हुन प्रेरित गर्नुका साथै स्वरोजगार श्रृजना गर्न सक्षम समेत पार्न सकिन्छ। यस किसिमको शिक्षा प्राप्त गरेर हुर्केका विद्यार्थीहरुले नया नया किसिमका व्यापारको विकास गरेर रोजगारी वृद्धि गर्न सक्छन्। भएकै व्यापारलाई प्रभावकारी किसिमले सम्पादन हुने तुल्याउन सक्छन्।


विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, December 26, 2014

Thursday, December 25, 2014

Geeta Chapter 3

 

 भागवत गीता अध्याय ३

 

 

अर्जनु उवाज

ज्यायसी चेत् कर्मणस्ते मता बुद्धिर्जनार्दन।

तत् किं कर्मणि घोरे मां नियोजयसि केशव।।१।।


अर्नुनले भने,

(हे केशव, हजूरको विचारमा यदि आध्यात्म ज्ञान लालसायुक्त क्रिया भन्दा उत्तम हो भने मलाई किन यो घोर डरलाग्दो युद्ध गर्न भन्दै हुनु हुन्छ, हे जनार्दन।)

 

व्यामिश्रेणेव वाक्येन बुद्धिं मोहयसीव मे।

तदेकं वद निश्र्चित्य येन श्रेयोSहमाप्नुयाम्।।२।।

(हजूरको अनेक अर्थ लाग्ने विभिन्न विचारहरुले मेरो बुद्धि मोहित झै भइरहेको छ। त्यसकारण मलाई हजूरको कुनै एक विचार प्रष्ट गरी भन्नुहोस, जुन बिचारले मेरो कल्याण होस।)

 

श्रीभगवाननुवाच

लोकेSस्मिन् द्विविधा निष्ठा पुरा प्रोक्ता मयानघ।

ज्ञानयोगेन सांख्यानां कर्मयोगेन योगिनाम्।।३।।


भगवान श्रीकृष्णबाट आज्ञा भयो,

(कहिले पापकर्म नगरेका, हे निष्पाप अर्जुन, यस संसारमा दुई प्रकारका निष्ठा छन् भन्ने तथ्य मैले पहिले नै प्रष्ट हुने गरी वर्णनन् गरिसकेको छु। सांख्यबादी ज्ञानीहरुको निष्ठा ज्ञानयोगद्वारा हुन्छ भने योगीहरुको निष्ठा कर्मयोग द्वारा हुन्छ। अर्थात एक प्रकारका पुरुषहरुको निष्ठा दर्शनमा हुन्छ भने अर्को प्रकारका पुरुषहरुको निष्ठा आध्यात्ममा हुन्छ।)

 

न कर्मणामनारम्भान् नैष्कर्म्यं पुरुषोSश्नुते।

न च संन्यसनादेव सिद्धि समधिगच्छति।।४।।

(एक पुरुषले शास्त्रीय कर्मका कार्यहरु नगरेर नैष्कर्म रुप ज्ञान प्राप्त गर्न सक्तैन र केवल कर्मको त्याग गरेर मात्र अशुद्ध चित्त भएको पुरुषले सिद्धि प्राप्त गर्न सक्तैन।)

 

न हि कश्र्चित् क्षणमपि जातु निष्ठत्यकर्मकृत्।

कार्यते ह्यवश: कर्म सर्व: प्रकृतिजैर्गुणै:।।५।।

(कुनै पनि व्यक्ति कार्य नगरेर कुनै पनि समयमा बस्न सक्तैन, यहाँसम्म कि एक क्षण पनि कुनै कार्य नगरेर बस्न सक्तैन। भौतिक प्रकृतिले दिएका गुणका कारणहरुले गर्दा कुनै पनि व्यक्ति प्रत्येक क्षण कुनै न कुनै क्रिया गर्न बाध्य छ।)

 

कर्मेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन्।

इन्द्रियार्थान् विमूढात्मा मिथ्याचार: स उच्यते।।६।।

(जुन मुढ व्यक्तिले आफ्ना पाँच कर्मेनद्रियहरुलाई नियन्त्रित गरेर मन भित्र भने इन्द्रियहरुका विषयहरुलाई सोंच्छ भने त्यो व्यक्ति ढोंगी हो।)

 

यस्त्विन्द्रियाणि मनसा नियम्यारभतेSर्जुन।

कर्मेन्द्रियै: कर्मयोगमसक्त: स विशिष्यते।।७।।

(तर, हे अर्जुन, जो व्यक्तिले इन्द्रियहरुलाई आफ्नो मनले नियन्त्रित गरेर, फलको अभिलाषा नगर्दै, कर्मेन्द्रियद्वारा शास्त्रले देखाएका कर्महरु गर्दछ, त्यो व्यक्ति श्रेष्ठ हो।)

 

नियतं कुरु त्वं कर्म ज्यायो ह्यकर्मण:।

शरीरयात्रापि च ते न प्रसिद्ध्येदकर्मण:।।८।।


(त्यसकारण तिमीले नित्य कर्म गर्नु पर्छ किनभने कुनै कर्म नगर्नु भन्दा कर्म गर्नु उत्तम हो। शरीर निर्वाहका लागि पनि कर्म गर्नुको विकल्प नै छैन।)

 

यज्ञार्थात् कर्मणोSन्यत्र लोकोSयं कर्मबन्धन:।

तदर्थं कर्म कौन्तेय मुक्तसंग: समाचर।।९।।


(हे कौन्तेय, श्री विष्णुको लागि अर्पित निष्काम कर्मको अतिरिक्त अन्य कर्मद्वारा मनुष्यलाई कर्मबन्धन प्राप्त हुन्छ। त्यसकारण तिमीले फलको अपेक्षा त्यागेर भगवान् श्री विष्णु-प्राप्ति उद्देश्य राख्दै कर्म गर।)

 

सहयज्ञा: प्रजा: सृष्ट्वा पुरोवाच प्रजापति:।

अनेन प्रसविष्यध्वमेष वोSस्त्विष्टकामधुक्।।१०।।


(आदि कालमा यज्ञका अधिकारी ब्राह्मणहरुको रचना गरेर प्रजापति ब्रह्माले भन्नु भयो तीमीहरु यो यज्ञ गरेर बृद्धि गर्ने कार्य गर र यो यज्ञले तिमीहरुले चिताएका कामनाहरु पूर्ण गरोस।)

 

देवान् भावयतानेन ते देवा भावयन्तु व:।

परस्परं भावयन्त: श्रेय: परमवाप्स्यथ।।११।।


(तिमीहरु यी यज्ञहरु गरेर देवताहरुलाई खुसी पार्ने कार्य गर। देवताहरु खुसी भएमा उनीहरुले तिमीहरुलाई पनि फल दिएर खुसी पार्नेछन्। यसरी देवता र मनुष्यहरु बीच सह कार्य भएमा सबैको कल्याण हुनेछ।)

 

इष्टान् भोगान् हि वो देवा दास्यन्ते यज्ञभाविता:।

तैर्दत्तानप्रदायैभ्यो यो भंक्ते स्तेन एव स:।।१२।।


(जीवन निर्वाह गर्न आवश्यक पर्ने विभिन्न सामाग्रीहरुका मालिक देवताहरु प्रशन्न भएमा देवताहरु बाट तीमीहरुले ती आवश्यक सामाग्रीहरु प्राप्त गर्नेछौ। त्यसकारण देवताहरुबाट प्राप्त भएका द्रव्य (सामाग्री) हरु देवताहरुमा अर्पित नगरेर तिनको भोग गर्ने व्यक्ति भने निश्चय पनि चोर हो।)

 

यज्ञशिष्टाशिन: सन्तो मुच्यन्ते सर्वकिल्बिषै: । सनि

भुञ्जते ते त्वघं पापा ये पचन्त्यात्मकारणात्।।१३।।


(इश्वरका भक्तहरु सबै किसिमका पापहरुबाट मुक्त हुन्छन किनभने उनीहरुले इश्वरलाई अर्पण गरिएको खानेकुराहरु खान्छन् तर पापीहरुले पाप खान्छन् किनभने उनीहरुले खाना आफ्नो आनन्दको लागि पकाएका हुन्छन्।)

 

अन्नाद् भवन्ति भूतानि पर्जन्यादन्नसम्भव:।

यज्ञाद् भवति पर्जन्यो यज्ञ: कर्मसमुद्भव:।।१४।।


(सबै प्राणीहरुको उत्पत्ति खाद्य अन्नबाट हुन्छ। अन्नको उत्पत्ति वर्षाबाट हुन्छ। वर्षाको उत्पत्ति यज्ञद्वारा हुन्छ। यज्ञ कर्मद्वारा गरिन्छ।)

 

कर्म ब्रह्मोद्भवं विद्धि ब्रह्माक्षरसमुद्भवम्।

तस्मात् सर्वगतं ब्रह्म नित्यं यज्ञे प्रतिष्ठितम्।।१५।।


(कर्म वेदबाट उत्पन्न भएको जान। वेद अच्युतबाट उत्पन्न भएको जान। त्यसकारण सर्वव्यापी ब्रह्म सँधै यज्ञमा प्रतिष्ठित छ।

 

एवं प्रवर्तितं चक्रं नानुवर्तयतीह य:।

अघायुरिन्द्रियारामो मोघं पार्थ स जीवति।।१६।।


(हे पार्थ, यो संसारको यदि कुनै व्यक्तिले वैदिक शास्त्रहरुले निर्दैशित र स्थापित गरेका विधिहरुको प्रयोग गर्देन भने त्यो व्यक्ति इन्द्रियहरुको आसक्त भएर पापी जीवन भोग्न पुग्छ।)

 

यस्त्वात्मरतिरेव स्यादात्मतृप्ततश्र्च मानव:।

आत्मन्येव च सन्तुष्टस्तस्य कार्य न विद्यते।।१७।।


(यदि कुनै व्यक्ति आत्मामा रमेको छ, आत्मामा नै तृप्त रहन्छ र आत्मामा नै सन्तुष्ट रहन्छ, त्यो व्यक्तिको लागि कुनै कर्तव्य कर्म छैन्।)

 

नैव तस्य कृतेनार्थो नाकृतेनेह कश्र्चन।

न चास्य सर्वभूतेषु कश्र्चिदर्थव्यपाश्रय:।।१८।।


(आत्मरमण व्यक्तिले यस जगत्मा कर्मको लागि गरेको कार्यबाट पुन्य प्राप्त गर्दैन। कर्मको लागि कार्य नगरेकोमा पापको भागेदार पनि हुँदैन। त्यस्तो व्यक्तिले कुनै प्राणी माथि आश्रित पनि हुनु पर्दन्। )

 

तस्मादसक्त: सततं कार्य कर्म समाचर।

असक्तो ह्याचरन् कर्म परमाप्नोति पुरुष:।।१९।।


(त्यसकारण तिमी अनाशक्त भएर निरन्तर कर्तव्य कर्मको आचरण गर किनभने अनाशक्त भएर कर्मको आचरण गर्ने पुरुषले मोक्ष प्राप्त गर्दछ।)

 

कर्मणैव हि संसिद्धिमास्थिता जनकादय:।

लोकसंग्रहमेवापि सम्पश्यन् कर्तुमर्हसि।।२०।।


(रार्जषिहरु जस्तै जनकले पनि कर्मद्वारा नै परम सिद्धि प्राप्त गरेका थिए। त्यसकारण लोक शिक्षाको दृष्टिकोणले पनि तिमीले कर्म गर्नु उचित देखिन्छ।)


यद् यदाचरति श्रेष्ठस्तत्तदेवेतरो जना:।

स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते।।२१।।


(श्रेष्ठ पुरुषहरुले जस्तो व्यवहार गर्छन् अन्य सामान्य व्यक्तिहरुले पनि त्यस्तै व्यवहार गर्छन्। श्रेष्ठ पुरुषहरुले व्यवहारद्वारा जे कुरा प्रमाणित गर्छन् समान्य व्यक्तिहरुले त्यो कुराको अनुशरण गर्छन्।)

 

न मे पार्थास्ति कर्तव्यं त्रिषु लोकेषु किञ्चन।

नानावाप्तमवाप्तव्यं वर्त एव च कर्मणि।।२२।।


(हे पर्थ पुत्र, पार्थ, मेरो लागि गर्नु पर्ने आवश्यक कार्य केही पनि छैन किनभने यी तिनै--आकाश, पाताल र मृत्यु लोकमा मैले पाउन न सकेको र पाउनु नै पर्ने योग्य कुनै पनि कुरा छैन तैपनि म कर्म गर्दछु।)

 

यदि ह्यहं न वर्तेयं जातु कर्मण्यतन्द्रित:।

मम वर्त्मानुवर्तन्ते मनुष्या: पार्थ सर्वश:।।२३।।


(हे पार्थ, यदि मैले कहिले सावधानीपूर्व कर्म नगरेमा बाँकि सबैले निश्चय पनि मेरो त्यो आचरणको अनुशरण गर्नेछन्।)

 

उत्सीदेयुरिमे लोका न कुर्यां कर्म चेदहम्।

संकरस्य च कर्ता स्यामुपहन्यामिमा: प्रजा:।।२४।।


(मैलै यदि कर्म नगर्ने हो भने सबै व्यक्तिहरु भ्रष्ट हुनेछन् र म वर्णसंकारको प्रवर्तक हुनेछु। यस प्रकार यी सम्पूर्ण प्रजाको नाशको कारण म नै बन्न पुग्ने छु।)

 

सक्ता: कर्मण्यविद्वांसो यथा कुर्वन्ति भारत।

कुर्याद् विद्वांस्तथासक्तश् चिकीर्षुर्लोकसंग्रहम्।।२५।।


(हे, भरतका पुत्र, भारत, कर्ममा आसक्त अज्ञानी व्यक्तिहरुले जसरी कर्म गर्दछन् लोक शिक्षामा लागेका ज्ञानी व्यक्यिहरुले पनि त्यसै गरी नै तर अनासक्त भएर कर्म गर्नु पर्दछ।

 

न बुद्धिभेदं जनयेदज्ञानां कर्मसंगिनाम्।

जोषयेत्सर्वकर्माणि विद्वान् युक्त: समाचरन्।।२६।।


(कर्मको त्याग गरेर ज्ञानको अभ्यास गर्न ज्ञानयोगको उपदेशक अज्ञेय व्यक्तिहरुलाई यो उपदेश दिंदै उनीहरुको बुद्धिमा भ्रम उत्पन्न गर्दिन बरु समाहित चित्तले स्वंय सबै कर्मको भलिभाति आचरण गर्दै अज्ञेय व्यक्तिहरुलाई पनि कर्ममा नियुक्त गर्नेछु। अर्थात अज्ञेय व्यक्तिहरुलाई पनि कर्म गर्न दिनेछु।)

 

प्रकृते: क्रियमाणानि गुणै: कर्माणि सर्वश:।

अहंकारविमूढात्मा कर्ताहमिति मन्यते।।२७।।


(बिना कुनै अपबाद नै, सबै कर्महरु प्रकृतिका गुण अनुसार गर्ने गरिन्छ तर अज्ञानी एवं अहंकारको वसीभूत भएको व्यक्तिले कर्मको कर्ता आफूलाई मान्ने गर्दछ।)

 

तत्त्ववित्तु महाबाहो गुणकर्मविभागयो:।

गुणा गुणेषु वर्तन्त इति मत्वा न सज्जते।।२८।।


(हे महाबाहो, जो यो सत्यबाट परिचित छन् कि आत्मा गुण र कर्मबाट पृथक छ ती तत्वविद्हरु हुन्। तत्वविद्हरुले कर्तापनको अभिमान गर्दैन किनभने उनीहरुले यो विश्वास गर्छन कि इन्द्रियहरु आ-आफ्ना विषयमा लागेका छन् तर म भने उनीहरुबाट पृथक छु, उनीहरुको प्रभावबाट मुक्त छु।

 

प्रकृतेर्गुणसम्मूढा: सज्जन्ते गुणकर्मसु।

तानकृत्स्नविदो मन्दान् कुत्स्नविन्न विचालयेत्।।२९।।


(प्राकृत गुणमा अविष्ट पुरुषहरु विषयमा आसक्त हुन्छन तर जो सर्वज्ञ छन् उनीहरुले अज्ञेव एवं  मन्द बुद्धि भएका व्यक्तिहरुलाई विचलित तुल्याउँदैनन्।

 

मयि सर्वाणि कर्माणि संन्यस्याध्यात्मचेतसा।

निराशीर्निर्ममो भूत्वा युध्यस्व विगतज्वर:।।३०।।


(आत्मनिष्ट चित्त हुँदै सबै कर्महरु ममाथि समर्पित गरेर निष्काम, ममताशून्य र शोकरहित भएर युदध गर।)

 

ये मे मतमिदं नत्यमनुतिष्ठन्ति मानव:।

श्रद्धावन्तोSनसूयन्तो मुच्यन्ते तेSपि कर्मभि:।।३१।।


(ती व्यक्तिहरु, जसले दृष्टिदोष त्यागेर, श्रद्धावान हुँदै  नित्य मेरो निर्देशन अनुसार कर्म गर्दछन् र जसले विश्वासका साथ बिना कुनै द्वेष यी ज्ञानहरुको अनुशरण गर्दछन, ले मोहबन्धनबाट मोक्ष प्राप्त गर्छन्।)

 

ये त्वेतदभ्य्यसूयन्तो नानुतिष्ठन्ति मे मतम्।

सर्वज्ञानविमूढांस्तान् विद्धि नष्टानेतस:।।३२।।


(तर तिनीहरु सबै, जसले दोषरोपण गरेर मेरो यो मतको अनुशरण गर्दैनन्, लाई विवेकरहित र सबै ज्ञानहरुबाट बंचित एवं सर्व पुरुषार्थबाट पतीत भएको मान्नु पर्दछ।)

 

सदृशं चेष्टते स्वस्या: प्रकृतर्ज्ञानवानपि।

प्रकृतिं यान्ति भूतानि निग्रह: किं करिष्यति।।३३।।


(विवेकवान व्यक्तिले पनि आफ्नो प्रकृति अनुसार कार्य गर्दछ। सबै प्राणीहरुले पनि प्रकृतिको अनुसरण गर्दछ। त्यसकारण दमनले के गर्न सक्छ।)

 

इन्द्रियस्येन्द्रियस्यार्थे रागद्वेषौ व्यवस्थितौ।

तयोर्न वशमागच्छेत् तौ ह्यस्य परिपन्थिनौ।।३४।।


(प्रत्येक इन्द्रियको आ-आफ्नो विषयप्रति राग र द्वेष निश्चित रुपमा हुन्छ नै। त्यसकारण तिमी तिनीहरुको अधिनमा नहोउ किनभने राग र द्वेष साधकहरुका कल्याणका बिरुद्ध छन्।

 

श्रेयान् स्वधर्मो विगुण: परधर्मात् स्वनुष्ठितात्।

स्वधर्मे निधनं श्रेय: परधर्मौ भयावह:।।३५।।


(अति उचित किसिमबाट धारण एवं पालन गरिएको अरुको धर्म भन्दा दोषपूर्ण नै भए पनि आफ्नो धर्म श्रेष्ठ हुन्छ। आ-आफ्नो वर्णाश्रम उचित धर्मको पालनमा मर्नु राम्रो हो तर अरुको धर्म भने डरलाग्दो हुन्छ। अर्थात आफ्नो स्वत्व समाप्त पार्नु हुँदैन।

 

अर्जुन उवाच

अथ केन प्रयुक्तोSयं पापं चरति पुरुष:।

अनिच्छन्नपि वार्ष्णेय बलादिव नियोजित:।।३६।।


अर्जुनले भने

(हे, विष्णुका वंशजवार्ष्णेय, आफ्नो इच्छाको विपरित कसैबाट नियोजित भएर वा कसैको दबाबमा परेर कसरी कुनै पुरुषले पाप कर्म गर्दछ?

 

श्रीभगवानुवाच

काम एष क्रोध एष रजोगुणसमुद्रव:।

महाशनो महापाप्मा विद्ध्येनमिह वैरिणम्।।३७।।


भगवान श्री कृष्णबाट आज्ञा भयो

(यो काम नै क्रोधमा परिणत हुन्छ र रजोगुणबाट उत्पन्न सर्वभक्षी र अत्यधिक उग्र यो कामलाई नै जीवको प्रमुख शत्रु मान्नु पर्दछ।)

 

धूमेनाव्रियते वह्निर्यथादर्शो मलेन च।

यथोल्बेनावृतो गर्भस्तथा तेनेदमावृरतम्।।३८।।


(जुन किसिमले आगो धूवाँबाट, ऐना धूलोबाट र भ्रूण गर्भबाट ढाकिएको हुन्छ त्यसैगरी यो ज्ञान पनि काम भावनाबाट ढाकिएको हुन्छ।)

 

आवृतं ज्ञानमेतेन ज्ञानिनो नित्यवैरिणा।

कामरुपेण कौन्तेय दुष्पूरेणानलेन च।।३९।।


(हे कुन्तिपुत्र, कहिले तृप्त नहुने अग्नी जस्तै यो नित्य सत्रु रुपी कामले ज्ञानीहरुको ज्ञान ढाकिदिने गर्छ।)

 

इन्द्रियानि मनो बुद्धिरस्याधिष्ठानमुच्यते।

एतैर्विमोहयत्येष ज्ञानमावृत्य देहिनाम्।।४०।।


(इन्द्रिय, मन र बुद्धि यो कामको आश्रय स्थल हुन भन्ने गरिन्छ। यो कामले इन्द्रिय, मन र बुद्धिलाई ढाकेर प्राणीलाई मोहित वा भ्रमित गरिदिन्छ।)

 

तस्मात्त्वमिन्द्रियाण्यादौ नियम्य भरतर्षभ।

पाप्मानं प्रजहि ह्येनं ज्ञानविज्ञाननाशनम्।।४१।।


(भरतहरुमा सर्वश्रेष्ठ हे भारत, त्यसकारण सर्वप्रथम त तिमीले आफ्ना इन्द्रियहरुलाई नियन्त्रित गर अनि ज्ञान र विज्ञानलाई नष्ट गर्ने पापरुपि यो कामलाई समाप्त पार।)

 

इन्द्रियाणि पराण्याहुरिन्द्रियेभ्य: परं मन:।

मनसस्तु परा बुद्धिर्यो बुद्धे: परतस्तु स:।।४२।।


(इन्द्रियहरुलाई श्रेष्ठ भन्ने गरिन्छ। तर मन इन्द्रियहरु भन्दा श्रेष्ठ, बुद्धि मन भन्दा श्रेष्ठ र आत्मा बुद्धि भन्दा पनि श्रेष्ठ हुन्छ। आत्मा श्रेष्ठहरुमा पनि सर्व श्रेष्ठ छ।)

 

एवं बुद्धे: परं बुद्ध्वा संस्तभ्यात्मानमात्मना।

जहि शत्रुं महाबाहो कामरुपं दुरासदम्।।४३।।


(हे, महासस्त्रधारी, महाबाहोयस प्रकार जीवआत्मा बुद्धि भन्दा सर्वश्रेष्ठ छ भन्ने कुरालाई थाहा पाएर बुद्धिद्वारा मनलाई स्थिर गर्दै शत्रुको रुपधारण गरेको कहिले तृप्त न हुने यो काममाथि विजय प्राप्त गर।)

तेस्रो अध्यायको व्याख्या

श्रीमद्भगवद् गीताको अध्ययन गर्दा पाठकले दुई कुरा ध्यानमा राख्न आवश्यक छ। पहिलो कुरा श्रीकृष्णले गीताको माध्यमबाट अर्जुनलाई ज्ञान दिनु भएको हो। यो ज्ञान त्यस्तो अवस्थामा अर्जुनलाई दिनु भएको हो जुन अवस्थामा सांसारिक मोहजालमा परेर रणभूमिमा धर्म युद्ध गर्न उपस्थित भएका अर्जुनले युद्ध नगर्ने हठ लिएका थिए। सांसारिक मोहमा पारेर त्यस्तो युद्धबाट भाग्दै थिए जुन गर्नु अति आवश्यक थियो। नैतिक पतनको मार्गमा हिँडेकाहरुलाई असल बाटो देखाउनु पर्ने थियो। दोस्रो, जुन युगमा महाभारत युद्ध भएको थियो पाठकले त्यो युगलाई पनि ध्यानमा राक्नु पर्ने हुन्छ। किनभने पात्रहरुको चरित्र, वस्तुस्थिति, युद्धको अपरिहार्यता आदिलाई युगले गहिरो प्रभाव पारेको हुन्छ त्यसकारण महाभारतको मूल्यांकन गर्दा पाठकहरुले त्यो युग (महाभारत) मा गएर मूल्यांकन गर्नु उपयुक्त हुन्छ। अहिलेको यो युगमा रहेर, यो युगको मान्यता, नैतिकता, आचार आदिको आधारमा त्यो युगका घटनाहरुका मूल्यांकन गर्नु उपयुक्त हुँदैन। महाभारतको युग र युगलाई बलियो गरी प्रभाव पार्ने हस्तिनापुर दरवार घृणा, द्वेष, छलकपट, घमण्ड, अहंकार, महत्वाकांक्षा, सत्तालिप्सा आदिले भरिएको थियो। हस्तिनापुर दरबार सकुनीको छलको घेराभित्र बन्दी बनेको थियो। 

गीताको अध्यनले व्यक्तिलाई कर्मनिष्ठ, कर्तव्यनिष्ठ र इमान्दार एवं शान्तिप्रेमी बनाउँछ। यसका ज्ञानहरुले युद्ध गर्न कहिले पनि सिकाउँदैन। हुन पनि यो युद्धलाई रोक्न सकिने स्थिति थियो। श्रीकृष्ण शान्तिको प्रयासमा अन्तिम अवस्थासम्म पनि हुनु हुन्थ्यो। स्वयं श्रीकृष्ण शान्तिदूत भएर युद्ध रोक्न कौरवहरुको शिविरमा जानु भएको थियो तर युद्धमातमा मतिहीन भएका कौरवहरुले जति गर्दा पनि युद्ध गर्ने हठ त्यागेनन्। तत्कालिन राजा घृतराष्ट्रले पुत्र मोहमा परेर न्यायको पक्षमा निर्णय गर्न सकेनन, युद्दा रोक्न सकेनन्। त्यसकारण पाण्डव पक्षबाट भएको युद्ध प्रत्याक्रमण युद्ध हो। प्रतिरक्षाका लागि लडिएको युद्ध हो। कौरवहरुद्वारा लडिएको युद्ध आक्रमण युद्ध हो। युद्ध गर्ने दृढ उद्देश्यका साथ लडिएको युद्ध हो। लोभ र महत्वाकांक्षाको लागि लडिएको युद्ध हो।

तेस्रो अध्यायले कर्मलाई अति महत्व दिएको छ। यस अध्यायको निचोड के हो भने जीवनकालमा प्रत्येक प्राणीले कर्म गर्नु नै पर्दछ। कर्म नगरी कुनै पनि जीव रहन सक्तैन त्यसकारण जन उपयोगी कर्म किन नगर्ने? यो अध्यायले सम्पूर्ण जीवन र जगतलाई उपयोगी हुने कर्म गर्न व्यक्तिहरुलाई निर्दैशित गर्दछ। कर्मको महत्व दर्शाउँदै गीतामा भनिएको छ “कुनै पनि व्यक्ति कार्य नगरेर कुनै पनि समयमा बस्न सक्तैन, यहाँसम्म कि एक क्षण पनि कुनै कार्य नगरेर बस्न सक्तैन। भौतिक प्रकृतिले दिएका गुणका कारणहरुले गर्दा कुनै पनि व्यक्ति प्रत्येक क्षण कुनै न कुनै क्रिया गर्न बाध्य छ।”

कर्मलाई हरेक घटना वा स्थितिको सर्जकको रुपमा लिंदे गीतमा भनिएको छ “सबै प्राणीहरुको उत्पत्ति खाद्य अन्नबाट हुन्छ। अन्नको उत्पत्ति वर्षाबाट हुन्छ। वर्षाको उत्पत्ति यज्ञद्वारा हुन्छ। यज्ञ कर्मद्वारा गरिन्छ।”  यहाँ कर्मलाई सर्वोपरि मानिएको छ। जीवन र जगत एक चक्रको रुपमा रहेको छ र यस चक्रका चार खम्बाहरु छन्। खाद्य अन्न, वर्षा, यज्ञ र कर्म, यी चार खम्बाहरुले श्रृष्टिको चक्रलाई घुम्न सहयोग पुर्याउँछन्। तर यस चक्रमा सर्वाधिक महत्वपूर्ण भूमिका भने कर्मको नै रहेको छ किनभने कर्मद्वारा नै हरेक कुराको उत्पत्ति र संचालन हुने गर्दछ। यहाँ विचारणीय पक्ष के छ भने यज्ञलाई अनुसन्धानको रुपमा प्रस्तुत गरिएको छ। त्यस युगमा अनुसन्धानलाई यज्ञ भन्ने गरिन्थ्यो। यो संसार रहस्य र सम्भावनाहरुले भरिपूर्ण रहेकोले रहस्यहरुको अर्थ खुलाउन एवं सम्भावनाहरुको विकास गर्न अनुसन्धान गर्न आवश्यक हुन आउँछ। मानव, समस्त जीव एवं जगत् को रक्षा एवं कल्याणन गर्न अनुसन्धान आवश्यक हुन आउँछ। यज्ञमा अग्नीको प्रयोग हुनु शक्ति वा ऊर्जाको प्रयोग हुनु हो। अग्नीलाई प्रतिकात्मक रुपमा ऊर्जाको रुपमा लिइएको हो। ऊर्जाको अभावमा कुनै पनि किसिमको अनुसन्धान असम्भव छ। अहिले पनि हामी प्रयोगशालामा, विद्युत, पेट्रोलियम पदार्थ, रसायनहरु, आणविक शक्ति, आदिलाई ऊर्जाको रुपमा प्रयोग भएको देख्न सक्छौ।

जीवन र जगत् को रक्षा गर्न एवं मानव जीवनलाई सरल पार्न अनुसन्धानहरु गर्नु अपरिहार्य हुन  आउँछ। मानव जीवनलाई सरल पार्ने हवाइ जहाज, रेल, प्राण रक्षा गर्ने विभिन्न औषधिहरु, टेलिफोन, गुगल, फेसबुक, स्काइप आदि अनुसन्धानको क्रममा नै अविष्कार भएका हुन। गीताले यज्ञ गर्न भन्छ अर्थात अनुसन्धान गर्न निर्देशित गर्दछ तर साथै त्यो अनुसन्धान जीवन र जगतको रक्षा गर्ने किसिमको हुनुपर्ने कुरामा जोड दिन्छ। साथै गीतामा यो पनि उल्लेख छ “बिना कुनै अपबाद नै, सबै कर्महरु प्रकृतिका गुण अनुसार गर्ने गरिन्छ तर अज्ञानी एवं अहंकारको वसीभूत भएको व्यक्तिले कर्मको कर्ता आफूलाई मान्ने गर्दछ।” यहाँ भन्न के खोजिएको हो भने प्रत्येक व्यक्तिले कुनै पनि कर्म गर्दा प्रकृतिको गुणहरुद्वारा निर्देशित भएर कर्म गर्दछ। अर्थात व्यक्तिले प्रकृतिको नियममा अधिन भएर कार्य गर्दछ। कार्य गर्दा ऊ केवल पात्र हो, निर्देशक प्रकृति हो। त्यसकारण व्यक्तिले आफूलाई मूल कर्ताको रुपमा लिनु केवल भ्रम हो। यो भनाइको सार के हो भने व्यक्तिमा कर्तापनको अहंम भाव हुनु हुँदैन। यो मैले गरेको हो, यसको सर्जक म हो, भन्ने भाव वा घमण्ड हुनु हुँदैन।

अर्को किसिमले यसको अर्थ लगाउँदा के भन्न सकिन्छ भने खराब काम गर्दा व्यक्तिले आफूलाई मूल कर्ताको रुपमा लिनु पर्दछ भने असल कार्य गर्दा मनमा कर्तापनको घमण्ड राख्नु हुँदैन।

 

  

                          

                    तेस्रो अध्याय समाप्त


Wednesday, December 24, 2014

Geeta Chapter 2

भागवत गीता अध्याय २

सञ्जय उवाच
तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम्।
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदन:।।१।।

(सञ्जयले भने: मधुसूदनले दु:खमा डुबेका अर्जुन, जसका आँखाहरु दयाले अभिभूत भएर आंशुले भरिएका थिए, को अवस्थामा यी शब्दहरु भन्नु भयो।)  

श्रीभगवानुवाच
कुतस्त्वा कश्मलमिदं विषमे सपुपस्थितम्।
अनार्यजुष्टमस्वर्ग्यमकीर्तिकरमर्जुन।।२।।

(भगवान् श्री कृष्णबाट आज्ञा भयो: हे प्रिय अर्जुन, यो संकटको समयमा तिमी भित्र यी दोषहरु कसरी उत्पन्न भए? जीवनको मूल्य बुझ्ने व्यक्तिको लागि यो पटक्कै सुहाउँदो छैन्। यी दोषहरुले स्वर्ग तिर नलगेर कुख्याति मात्र दिने छन्।)  

क्लैब्यं मा स्म गम: पार्थ नैतत्त्वय्युपपध्यते।
क्षुद्रं हृदयदौर्बल्यं त्यक्त्वोत्तिष्ठ परन्तप।।३।।

(हे पार्थ, यस्तो नामर्द न होउ। यो तिमीलाई सुहाउँदो छैन। हे सत्रुहरुका दण्डक, हृदयको यो क्षुद्र कमजोरीलाई त्यागेर उठ।) 

कथं भीष्ममहं संख्ये द्रोणं च मधुसूदन।
इषुभि: प्रतियोत्स्यामि पूजार्हावरिसूदन।।४।।

(अर्जुनले भने, हे सत्रुका विनाशकर्ता, भिष्म र द्रोण जस्ता आदरयोग्यहरुलाई म कसरी युद्धमा बाणहरुले प्रत्याक्रमण गर्न सकौंला।)

गुरुनहत्वा हि महानुभावान्
श्रेयो भोक्तुं भैक्ष्यमपीह लोके।
हत्वार्थकामांस्तु गुरुनिहैव
भुञ्जीय भोगान् रुधिरप्रदिग्धान्।।५।।

(हाम्रा गुरु र महानुभावहरुको हत्या नगरेर बरु यो संसारमा भिक्षा मागेर बाँच्नु राम्रो हो। यदि गुरुहरुको हत्या गरिएमा सम्पत्ति र सुख दिने वस्तुहरु, जसले आनन्द दिन्छन्, रगतले भिजिएका हुने छन्।) 

न चैतद् विद्म: कतरन्नो गरीयो
यद्वा जयेम यदि वा नो जयेयु:।
यानेव हत्वा न जिजीविषामस्
तेSवस्थिता: प्रमुखे धार्तराष्ट्रा:।।६।।

(तिनीहरु माथि विजय प्राप्त गर्नु वा तिनीहरुले हामी माथि विजय प्राप्त गर्नु मध्ये कुन चाहिं राम्रो हो हामीलाई थाहा छैन। धृतराष्ट्रका छोराहरु, जसलाई मारेर हामी बाच्न चाँहदैनौ, हाम्रो अगाडि रणभूमिमा जम्म भएका छन्।)

कार्पण्यदोषोपहतस्वभाव:
पृच्छामि त्वां धर्मसम्मूढचेता:।
यच्छ्रेय: स्यान्निश्र्चितं ब्रूहि तन्मे
शिष्यस्तेSहं शाधि मां त्वां प्रपन्नम्।।७।।

(अहिले मेरा स्वभाविक गुणहरु मेरा कमजोरी र शंकाहरुद्वारा खोसिएका छन। के सही हो भनी बिचार गर्ने मेरो विवेक भ्रमित छ। यस्तो समयमा म हजूरलाई बिन्ति गर्न चाहन्छु मेरो लागि अति उत्तम के होला। म हजूरमा समर्पित हजूरको शिष्यलाई कृपया मार्ग दर्शन गराउनु होस।)   

न हि प्रपश्यामी ममापनुद्याद्
यच्छोकमुच्छोषणमिन्द्रियाणाम्।
अवाप्य भूमावसपत्नमृध्दं
राज्यं सुराणामपि चाधिपत्यम्।।८।।

(यहाँसम्म कि धनी र प्रतिस्पर्धी नभएको राज्य पाएत पनि, देवताहरु झै सारभौम सत्ता सम्पन्न भएता पनि, मेरो चेतनालाई सून्य पारि दिने यो शोक समाप्त पार्ने म कुनै बाटो देखि रहेको छैन्। )

सञ्जय उवाच
एवमुक्त्वा हृषीकेशं गुडाकेश: परन्तप:।
न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह।।९।।

(सञ्जयले भने: भगवान श्री कृष्णलाई यो कुरा बिन्ति गरेर शत्रुहरु क्षय गर्ने अर्जुनले भने हे गोविन्द, म युद्ध गर्दिन। यो भनेर अर्जुन मौन भए।)

तमुवाच ह्रषीकेश: प्रहसन्निव भारत
सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वच:।।१०।।

(हे भरतका वंशज, तत् पश्चात दुबै सेनाहरुका मध्यमा रहनु भएका भगवान श्री कृष्ण, जो हाँसेझै देखिनु भएको थियो, ले दु:खित अर्जुनलाई यी शब्दहरु भन्नु भयो)

श्रीभगवानुवाच
अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादांश्र्च भाषसे।
गतासूनगतासूंश्र्च नानुशोचन्ति पण्डिता:।।११।।

(भगवान श्री कृष्णबाट आज्ञा भयो, तिमी जो शोक गर्न योग्य छैनन् तिनीहरुको लागि मृत्यु-शोक गरिरहेका छौ र एक ज्ञानी झै कुरा पनि गरिरहेका छौ। ज्ञानीहरुले न त जीवित न त मृतको लागि शोक गर्छन्।)

न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपा:।
न चैव न भविष्याम: सर्वे वयमत: परम्।।१२।।

(निश्चय पनि मेरो अस्तित्व नभएको त्यस्तो कुनै समय थिएन। न त तिम्रो न त राजाहरुको  अस्तित्व नभएको समय थियो। न त भविष्यमा हामी मध्ये कोही अस्तित्व समाप्त हुनेछ।)

देहिनोSस्मिन् यथा देहे कौमारं यौवनं जरा।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति।।१३।।

(जसरी भौतिक शरीरमा बालपना, युवा र बृद्धा अवस्थाको परिक्रिया आउँछ ठिक त्यसैगरी एउटा शरीर अर्को शरीरमा परिवर्तित हुन्छ। यो प्रकृयामा ज्ञानीहरु भ्रमित हुँदैनन्।)

मात्रस्पर्शास्तु कौन्तेय शोतोष्णसुखदु:खदा:।
आगमापायिनोSनित्यास्तांस्तितिक्षस्व भारत।।१४।।

(हे कुन्तीपुत्र, चेतनाहरुको अन्तरक्रिया र चेतन अंगहरुले मात्र सितल, ताप, आनन्द र पीडाको अनुभूति दिन्छन्। यी कुराहरु अस्थाइ हुन। यी देखा पर्ने र हराउने हुनाले, भारत, यिनलाई सहन गर्ने प्रयास गरे।)

यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ।
समदु:खसुखं धीरं सोSमृतत्वाय कल्पते।।१५।।

(हे नरश्रेष्ठ, जो व्यक्ति सुख र दु:खबाट विचलित हुँदैन, यी दुबै अवस्थाहरुमा स्थिर हुन्छ, उसले निश्चय पनि मोक्ष प्राप्त गर्छ।)

नासतो विद्यते भावो नाभावो विद्यते सत:।
उभयोरपि दृष्टोSन्तस्त्वनययोस्तत्त्वदर्शिभि:।।१६।।

(पदार्थ जुन नाशवान छ अमर छैन, आत्मा जुन नाशवान छैन अमर छ भन्ने यी दुवै विषयहरुको अन्तरलाई तत्वदर्शीहरुले अध्ययनद्वारा बुझेका छन्।)

अविनाशि तु तद्विद्विय येन सर्वमिंद ततम्।
विनाशमव्ययस्यास्य न कश्र्चित् कर्तुमर्हति।।१७।।

(तर यो ज्ञान हुन पर्दछ कि जे कुरा यो सम्पूर्ण शरीरभरि व्याप्त छ तो नाशवान छैन। कसैले पनि अमर आत्मालाई नाश पार्न सक्दैन।)

अन्तवन्त इमे देहा नित्यस्ययोक्ता: शरीरिण:।
अनाशिनोSप्रमेयस्य तस्माद् युध्यस्व भारत।।१८।।

(हे अर्जुन युद्ध गर किनभने शरीरको आकार भित्र रहेको आत्माको आयु  नित्य छ,  अन्तहीन छ, अनाशवान छ। यथार्थमा, पदार्थहरुद्वारा निर्मित यो शरीर मात्र नाशवान हो।)

य एनं वेत्ति हन्तारं यश्र्चैनं मन्यते हतम्।
उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते।।१९।।

(कुनै व्यक्ति जसले यो सोंच्छ कि आत्मा हत्यारा हो र कुनै व्यक्ति जसले यो सोंच्छ कि आत्मा मारियो, यसरी सोंच्ने दुबै थरि अज्ञानी हुन। आत्म न कहिले मर्छ र न मरिन सक्छ।)  

न जायते म्रियते वा कदाचिन्

नायं भूत्वा भविता वा न भूय:।

अजो नित्य: शाश्र्वतोSयं पुराणो

न हन्यते हन्यमाने शरीरे।।२०।।

यो जीव आत्माको कहिले पनि जन्म हुन्दैन र मृत्यु पनि हुँदैन। यसैगरी न कुनै समय जन्म हुन्छ र  न कुनै समयमा मृत्यु हुन्छ। यो आत्मा अजन्मा छ, नित्य छ, अनाशवान छ र समयको घेराभन्दा बाहिर छ। शरीर नाश हुँदा यो कहिले पनि नाश हुँदैन।)

नोट: यो आत्माको न त कहिले जन्म नै भयो र न त कहिले मृत्यु नै हुनेछ। यो आत्म जन्म र मृत्युको चक्रबाट बाहिर छ। यो आत्माले केवल फरक फरक समयमा फरक फरक शरीर धारण गर्दछ। यो कारणले गर्दा आत्म नित्य छ। 

वेदाविनाशिनं नित्यं य एनमजमव्ययम्।
कथं स पुरुष: पार्थ कं घातयति हन्ति कम्।।२१।।

(हे पार्थ, जो व्यक्तिलाई यो ज्ञान छ कि यो आत्मा नित्य छ, अजन्मा छ, खिइएर समाप्त हुने होइन र यो अनाशवान छ ऊ कसरी कसैको मृत्युको कारण बन्छ सक्छ र उसले कसको हत्या गर्न सक्छ?)

वासांसि जीर्णानि यथा वाहय नवानि गृह्णाति नरोSपराणि।

तथा शरीराणि विहाय जिर्णान्य न्यानि संयति नवानि देही।।२२।।


(जुन प्रकारले एक मनुष्यले आफूले लगाएको पुरानो लुगा परित्याग गरेर अर्को नया लुगा लगाउँछ त्यसै प्रकारले आत्माले आफू रहेको पुरानो शरीरलाई परित्याग गरेर नया शरीर प्राप्त गर्दछ।)

नैनं छिन्दन्ति शस्त्राणि नैंन दहति पावक:।

न चैन क्लेदयन्त्यायो न शोषयति मारुत:।।२३।।


(यो आत्मालाई शस्त्रहरुद्वारा टुक्रा पार्न सकिंदैन। अग्निले यो आत्मालाई डढाउन सक्दैन। यो आत्मालाई पानीले भिजाउन सक्तैन, हावाले सुकाउन सक्तैन।)

अच्छेद्योSयमदाह्योSयमक्लेद्योSशोष्य एव च।
नित्य: सर्वगत: स्थाणुरचलोSयं सनातन:।।२४।।

(यो आत्मालाई बलद्वारा नष्ट पार्न, आगोले डढाउन, पानीमा घोल्न र हावाले सुकाउन सकिंदैन। यो कहिले नमर्ने, सबै ठाउँमा समान किसिमले व्याप्त, परिवर्तन गर्न नसकिने, अचल र सदा समान छ।)

अव्यक्तोSयमचिनत्योSयमविकार्योSयमुच्यते।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हासि।।२५।।

(यो प्रष्ट छ कि यो आत्मा अगोचर, जान्न नसकिने, अडिग छ। त्यसकारण यो आत्मालाई यो किसिमले जानेर तिमीले शोक गर्नु उपयुक्त छैन।) 

अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम्।
तथापि त्वं महाबाहो नैनं शोचितुमर्हसि।।२६।।

(हे महाशक्ति अस्त्रधारी, यदि तिमी यो सोंच्छौ कि यो आत्माले सँधै नै जन्म लिन्छ वा सोंच्छौ यो आत्माले मर्नु पर्छ नै, भने पनि तिमीले शोक मान्नु पर्दैन।)

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतास्य च।
तस्मादपरिहार्येSर्थे न त्वं शोचितुमर्हसि।।२७।।

(त्यो जसले जन्म लिएको छ उसको मृत्यु निश्चित छ र त्यो जसको मृत्यु भएको छ उसको जन्म निश्चित छ। त्यसकारण जसरी पनि घट्ने घटनाका लागि तिमीले शोक गर्नु पर्दैन।)

अव्यक्तादिनि भूतानि व्यक्तमध्यानि भारत।
अव्यक्तनिधनान्येव तत्र का परिदेवना।। २८।।

(हे भारत, प्रत्येक रचना गरिएका जीवधारी उनीहरुको प्रारम्भमा नदेखिने हुन्छ। अन्तरिम  अवस्थामा देखिने हुन्छ। मृत्यु भए पछि फेरि नदेखिने हुन्छ। तसर्थ शोकाकूल हुने अवस्था कसरी भयो?) 

आश्र्चर्यवत् पश्यति कश्र्चिदेनम्
आश्र्चर्यवद् वदति तथैव चान्य:।
आश्र्चर्यवच्चैनमन्य: शृणोति
श्रुत्वाप्येनं वेद न चैव कश्र्चित्।।२९।।

(केहीले यो आत्मालाई आश्चर्यजनक रुपमा हेर्दछन्। केहिले यो आश्चर्यजनक हो भनी बयान गर्छन्। यसै गरी अन्य केहीले आत्मालाई आश्चर्यजनक रुपमा सुन्दछन्। र केहीले यहाँसम्म कि आत्मालाई सुनेर पनि यो के भनी थाहा पाउँदैनन्।)

देही नित्यमवध्योSयं देहे सर्वस्य भारत।
तस्मात् सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि।।३०।।

(हे अर्जुन, प्रत्येक जीवको शरीर भित्र रहेको कहिले नाश न हुने यो आत्मा अमर छ। त्यसकारण   तिमीले कुनै जीवको लागि शोक गर्नु पर्दैन।)

स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि।
धर्म्याद्धि युद्धाच्छ्रेयोSन्यत् क्षत्रियस्य न विद्यते।।३१।।

(यझै, तिमीले आफ्नो क्षत्रीको धर्मलाई बुझेर विचलित हुन आवश्यक छैन्। यथार्थमा, न्यायको सम्मान गर्नेहरुको लागि धर्मका लागि युद्धको प्रयत्न गर्नु भन्दा अर्को अशल कार्य हुन सक्तैन।)

यदृच्छ्या चोपपन्नं स्वर्गद्वारमपावृतम्।
सुखिन: क्षत्रिया: पार्थ लभन्ते युद्धमीदृशम्।।३२।।

(हे पार्थ, ती क्षत्रीहरु खुसी हुन जसले यस्ता युद्धका औसरहरु खोजि नगरेर प्राप्त गर्छन र उनीहरुकै लागि स्वर्गका द्वाराहरु खुला हुन्छन्।)

अथ चेत्त्वमिमं धर्म्यं संग्रामं न करिष्यसि।
तत: स्वधर्मं किर्तिं च हित्वा पापमवाप्स्यसि।३३।।

(कसैगरी यदि, तिमीले धर्म युद्ध गर्ने आफ्नो आध्यात्मिक कर्त्यव्य निर्वाह गर्दैनौ भने तिमी निश्चय पनि यो कर्तव्य निर्वाह नगरेकोमा पापको भागेदार हुनेछौ र यसरी तिमीले एक योद्धाको ख्याति समेत पनि गुमाउने छौ।)

अकिर्तिS चपि भूतान कथयिष्यन्ति तSव्ययाम्।
सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते।।३४।।

(सवैकाल प्रत्येक व्यक्तिले तिम्रो बदनामीको कुरा गर्नेछन् पनि। मर्यादित व्यक्तिहरुका लागि बदनामी मृत्य भन्दा खराब हुन्छ।)

भयाद् रणादुपरतं मंस्यन्ते त्वां महारथा:।
येषां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम्।।३५।।

(महारथीहरू, जसले तिमी र तिम्रो प्रसिद्धिलाई अति सम्मान गर्दछन, ले भयका कारण तिमी युद्धभूमिबाट हटेको ठान्ने छन र जसलाई तिमीले अति आदर प्रदान गरेका छौ उनीहरुको अपमान हुनेछ।)

अवाच्यवादांश्र्च बहून् वदिष्यन्ति तवाहिता:।
निन्दन्तस्तव सामर्थ्यं ततो दु:खतरं नु किम्।।३६।।

(तिम्रो सत्रुहरुले तिम्रो पराक्रमको अवमूल्यन गर्दै क्षुत्र र बदानीयुक्त कुराहरु गर्नेछन्। अहो! यो भन्दा दर्दनाक अरु के हुनेछ?)

हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम्।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्र्चय:।।३७।।

(हे कुन्तीपुत्र, युद्धभूमिमा मारिएमा तिमीले स्वर्ग प्राप्त गर्नेछौ अथवा विजयी भएमा पृथ्वीको आनन्द प्राप्त गर्नेछौ। त्यसकारण निश्चयका साथ उठ र युद्ध गर।)         

सुखदु:खे समे कृत्वा लाभालाभौ जयाजयौ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि।।३८।।

(खुसी र दु:ख, लाभ र हानी, विजय र पराजयमा समस्थिति भएर युद्धका लागि तयार हौ। यस्तो गरेमा तिमी पापको भागेदार हुनेछैनौ।

एषा नेSभिहिता सांख्ये बुद्धिर्योगे त्विमां शृणु।
बुद्धया युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि।।३९।।

(हे पर्थका पुत्र, मैले तिमीलाई यो आत्माको यो प्रकृतिको बारेमा तिमीलाई आध्यात्मिक ज्ञान वर्णनन् गरे। अब यो आध्यात्मिक ज्ञानलाई बौद्धिक ज्ञानमा सुन। यो ज्ञानलाई बुझेर तिमी कर्मको बन्धनलाई नाश गर्न सक्ने छौ।)

नेहाभिक्रमनाशोSस्ति प्रत्यवायो न विद्यते।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात्।।४०।।

(यो कर्म गर्नाले कुनै क्षति हुने छैन, ह्रास पनि आउने छैन र यस पथमा अलिकति पनि अगाडि बढ्दा कोही व्यक्ति घातक किसिमको भयबाट जोगिन सक्छ।)


व्यवसायात्मिका बुद्धिरेकेह कुरुनन्दन।
बहुशाखा ह्यनन्ताश्र्च बुद्धयोSव्यवसायिनाम्।।४१।।

(ती जो यस पथमा लागेका हुन्छन् आफ्नो उद्देश्यमा दृढ हुन्छन् र उनीहरुको उद्देश्य पनि एउटै हुन्छ। हे कुरुनन्दन, दृढ निश्चय नभएकाहरुको ज्ञान भने विभिन्न शाखाहरुमा बाँडिएको हुन्छ।)

यामिमां पुष्पितां वाचं प्रवदनत्यविपश्र्चित:।
वेदवादरता: पार्थ न्यान्यदस्तीति वादिन:।।४२।।

कामात्मान: स्वर्गपरा जन्मकर्मफलाप्रदाम्।
क्रियाविशेषबहुलां भोगैश्र्चर्यगतिं प्रति।।४३।।

(४२-४३- हे पार्थ, अल्प ज्ञान भएका व्यक्तिहरू वेदका अतियोक्ति बयानतर्फ आकर्षित हुन्छन् जुन बयानले स्वर्गका बारेमा अति वर्णनन् गरेर  स्वर्गलाई राम्रो जन्म, शक्ति आदि आदि संग जोड्दछ। ती अल्प ज्ञानीहरु बुद्धिको श्रेष्ठता र भव्य जीवनको इच्छुक भइ स्वर्गलाई यो भन्दा बढी मान्दैनन्।)                                                                               

भोगैश्र्चर्यप्रसक्तानां तयापहृतचेतसाम्।
व्यवसायित्मिका बुद्धि: समाधौ न विधीयते।।४४।।

(जो भोग  र समृद्धिमा ज्यादै लिप्त छन् र जो यी कुराहरुबाट भ्रमित छन्, चित्त हरियाएका यस्ताहरुको ‍इश्वरप्रतिको समाधिमा निश्चय पनि वृद्धि हुँदैन।

त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन।
निर्द्वन्द्वो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान्।।४५।।

(हे अर्जुन, वैदिक शास्त्रहरुले पदार्थका प्रकृतिका तीन किसिमहरुको बारेमा बयान गर्दछन्। तिमी यी तीन किसिमहरु भन्दा सर्वश्रेष्ठ होउ। प्राप्ति र सुरक्षाका लागि तिमी सबै द्वैतबाद र चिंताहरुबाट मुक्त भएर आफूमा स्थिर होउ।)

यावानर्थ उदपाने सर्वत: सम्प्लुतोदके।
तावान् सर्वेषु वेदेषु ब्राह्मणस्य विजानत:।।४६।।

(जसरी एक तालको पानीमा  पाइने सम्पूर्ण गुणहरु एक कुँआको पानीमा पाउन सकिन्छ त्यसरी नै एक ब्रह्म सत्यको ज्ञातमा वैदिक शास्त्रका सम्पूर्ण उद्देश्यहरु पाउन सकिन्छ।)

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।

मा कर्मफलहेतुर्भूर् मा ते संगोSस्त्वकर्मणि।।४७।।

(तिमीलाई सम्पादन गर्न दिइएका कार्यहरु गर्नु निश्चय पनि तिम्रो अधिकार हो तर ती कार्यहरु गरेपछि यी उपल्धीहरु पाउँछु भनि सोंच्न पाउनु तिम्रो अधिकार क्षेत्र भित्र पर्दैन। ती कार्यका परिणामहरुबाट तिमी प्रेरित पनि हुनु हुँदैन। तिमीलाई सम्पादन गर्न दिइएको कार्यहरु गर्दिन भन्ने पट्टि पनि तिम्रो लगाव हुनु हुँदैन।)  

योगस्थ: कुरु कर्माणि संगं त्यक्त्वा धनञ्जय।
सिद्धयसिद्ध्यो: समो भूत्वा समत्वं योग उच्यते।।४८।।

(हे अर्जुन, सफलता वा असफलताप्रतिको चाहनालाई त्यागेर समस्थितिमा आफ्नो जिम्मेबारी पूरा गर। यस्तो स्वयं धैर्यतालाई योग भन्ने गरिन्छ।

दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय।
बुद्धौ शरणमन्विच्छ कृपणा: फलहेतव:।।४९।।

(हे धनञ्जय, धार्मिक क्रियाहरुद्वारा सबै घृणित कार्यहरुलाई धेरै पर राख र त्येही चेतनामा रहेर इश्वरमा समर्पित होउ।)

बुद्धियुक्तो जहातीह उभै सुकृतदुष्कृते।
तस्माद् योगाय युज्यस्व योग: कर्मसु कौशलम्।५०।।

(त्यो व्यक्ति, जो आध्यात्मिक ज्ञानहरुले युक्त छ, ले यो जीवनका अशल र खराब प्रतिक्रियाहरुबाट मुक्ति पाउन सक्छ। त्यसकारण योगको प्रयास गर। योग प्रत्येक कार्यको कला हो।)

कर्मजं वुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिण:।
जन्मबन्धविनिर्मुक्ता: पदं गच्छन्त्यनामयम्।।५१।।

(यसरी इश्वरप्रतिको आध्यात्मक सेवाहरुमा लागेर महात्मा वा भक्तहरु यो भौतिक संसारमा गरिएको कार्यको परिणामहरु बाट मुक्त हुन्छन्। यसरी उनीहरु जन्म र मृत्युको यो चक्रबाट मुक्त हुन्छन्। अनेक दु:खहरुबाट पर रहेको स्थानमा पुग्छन, इस्वरमालीन हुन्छन्।

यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति।
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च।।५२।।

(जब तिम्रो आध्यात्मिक ज्ञान भ्रमको घना जंगलबाट बाहिर आउँछ तब तिमी सुनिएका ती सबै र अब उप्रान्त सुनिने सबै कुराहरुका लागि तटस्थ हुनेछौ)

श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला।
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि।।५३।।

(जब तिम्रो बुदधि वेद वाक्यका अतिशयोक्तिबाट मुक्त भइ समाधिबुद्धिमा स्थिर हुनेछ त्यस बखत तिमीले दिव्य चेतना प्राप्त गरेका हुनेछौ।)

अर्जुन उवाच
स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव।
स्थितधी: किं प्रभाषेत किमासीत व्रजेत किम्।।५४।।

अर्जुनले भने,
(हे केशव, ज्ञानमा श्रेष्ठता हासिल गर्नेमा के के लक्षणहरू देखिन्छन्? मलाई भन्नुहोस। ज्ञानमा श्रेष्ठता हासिल गर्नेले कसरी बोल्छ र कुन भाषामा सम्वाद गर्छ? उसको बसाइ र हिंडाइ कस्तो हुन्छ?)

श्रीभगवानुवाच
प्रजहाति यदा कामान् सर्वान् पार्थ मनोगतान्।
आत्मन्येवात्मना तुष्ट: स्थितप्रज्ञस्तदोच्यते।।५५।।

भगवान श्री कृष्णबाट आज्ञा हुन्छ,
(हे पार्थ, जब कुनै मनुष्यले चेतनाको श्रेष्ठताका लागि सबै प्रकारका ती मोहहरु परित्याय गर्दछ जुन अवास्तबिक र कल्पनाबाट उत्पन्न भएको हुन्छ र यस्तो गरेर उसले जब आफ्नो बुद्धिको सुद्धिकरण गर्दछ र केवल आफूमा नै सन्तुष्ट रहन सक्छ तब त्यो व्यक्ति स्थितप्रज्ञ भनिन्छ। उसले ज्ञानको पूर्णता प्राप्त गरेको मानिन्छ।)

दु:खेष्वनुद्विग्नमना: सुखेषु विगतस्पुह:।
वीतरागभयक्रोध: स्थिधीर्मुनिरुच्यते।।५६।।

(दु:ख र पीडामा जसको मन विचलित हुँदैन, खुसी प्राप्तिमा उत्तेजित हुँदैन र मोह, भय तथा क्रोधबाट मुक्त छ त्यो व्यक्ति स्थितप्रज्ञ मुनी हो। उसले ज्ञानको सर्वश्रेष्ठता प्राप्त गरेको हुन्छ।)

य: सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम्
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता।।५७।।

(यो भौतिक जगत्मा जो व्यक्ति आफ्नो कुनै पनि प्राप्तिको अशल वा खराब स्थितिबाट प्रभावित हुँदैन र प्राप्तिको अशल वा खराब स्थितिको प्रशंसा वा घृणा गर्दैन भने ऊ स्थितप्रज्ञ हो।)

यदा संहरते चायं कूर्मोंSगानीव सर्वश:।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता।।५८।।

(यदि कुनै व्यक्ति आफ्ना इन्द्रियहरुबाट उत्पन्न हुने दूरगुणहरुलाई कछुवाले आफ्ना शरीरका अंगहरुलाई खुम्च्याएर खोलमा राख्न सकेझै नियन्त्रण भित्र राख्न योग्य छ भने त्यो व्यक्ति स्थितप्रज्ञ हो।)

विषया विनिवर्तन्ते निराहारस्य देहिन:।
रसवर्जं रसोSप्यस्य परं दृष्ट्वा निवर्तते।।५९।।

निराहारी पुरुषहरुका विषय (चाहना) हरू समाप्त भएता पनि ती विषयहरुको लालसा छुटेको हुँदैन तर इश्वरको दर्शनबाट त्यो चाहना पनि छुटेर जान्छ। इश्वरको दर्शन प्राप्त स्थितप्रज्ञको यसरी चाहना र चाहनाबाट उत्पन्न लालसा दुबै समाप्त हुन्छ।)

यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चित:।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मन:।।६०।।

(यी इन्द्रियहरु यति बलबान र विवेकहीन हुन्छन कि, हे कुन्तीपुत्र अर्जुन, मोक्ष प्राप्त गर्न प्रयत्नरत रहेको व्यक्तिको मनलाई पनि आफूले चाहेको दिशामा निर्देशित गर्न सक्छन।)

तानि सर्वाणि संयम्य युक्त आसीत मत्पर:।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञा प्रतिष्ठिता।। ६१।।

(त्यो जसले पूर्ण नियन्त्रणद्वारा आफ्ना इन्द्रियहरुलाई बाँध्न सक्छ र आफ्नो चेतनालाई ममाथि स्थिर राख्न सक्छ यो पुरुष स्थितप्रज्ञ कहलिन्छ।)

ध्यायतो विषयान् पुंस: संगस्तेषूपजायते।
संगात्सञ्जातये काम: कामात्क्रोधोSभिजायते।।६२।।

(कुनै व्यक्ति आफ्ना इन्द्रियका वस्तुहरुमा लिप्त भएमा त्यो व्यक्तिमा ती वस्तुहरु प्रति लालसा बढ्दै जान्छ, लालसाबाट इच्छहरू उत्पन्न हुन्छन, इच्छाहरू क्रोधका कारण बन्छन।)

क्रोधाद् भवति सम्मोह: सम्मोहात्स्मृतिव्रिभ्रम:।

स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति।।६३।।

(क्रोधबाट सम्मोह पैदा हुन्छ, सम्मोहले स्मृति नष्ट गर्दछ, स्मृति नष्ट भएमा बुद्धि नष्ट हुन्छ। बुद्धि नष्ट भएमा सम्पूर्ण कुराहरु नष्ट हुन्छन। अर्थात यस्तो हुने व्यक्ति पुन: भवसागरमा पतीत हुन्छ।)


रागद्वेषविमुक्तैस्तु विषयानिन्द्रियैश्र्चरन्।
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति।।६४।।

(तर संयमित पुरुषहरुले, राग, द्वेषबाट मुक्त भएर नियन्त्रित गरिएका आफ्ना इन्द्रियहरुद्वारा, यथायोग्य वस्तुहरु भोग गरेर पनि प्रशन्नता प्राप्त गर्दछन।)

प्रसादे सर्वद:खानां हानिरस्ययोपजायते।
प्रसन्नचेतसो ह्याशु बुद्धि: पर्यवतिष्ठते।।६५।।

(प्रशन्नता प्राप्त भएपछि ती उच्च आत्मा भएका व्यक्तिहरूका सबै दु:खहरु सामाप्त हुन्छन र ती व्यक्तिहरुको बुद्धि छिट्टै अधिष्ठ प्राप्तिमा स्थिर हुन्छ।)

नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना।
न चाभावयत: शान्तिरशान्तस्य कुत: सुखम्।।६६।।

(अवषिभूत मन भएको पुरुषको आत्मविषयनी बुद्धि हुँदैन। यस्तो बुद्धिहीन पुरुषको इश्वप्रति ध्यान हुँदैन। इश्वरप्रति ध्यान नभएकोले उसले शान्ति पाउन सक्तैन र शान्ति प्राप्त नभएको यस्तो पुरुषले कसरी सुख प्राप्त गर्न सक्छ?)

इन्द्रियाणं हि चरतां यन्मनोSनुविधीयते।
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि।।६७।।

(पानीमा अवस्थित डुङ्गालाई जसरी पवनको वेगले अनिच्छित दिशामा पुर्याइ दिन्छ त्यसरी नै अनियन्त्रित कुनै एक इन्द्रियले एक पुरुषको विवेकको हरण गरेर अमर्यादित कार्य गर्न उसलाई बाध्य पारि दिन्छ।)

तस्माद् यस्य महाभावो निगृहीतानि सर्वश:।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता।।६८।।

(त्यसकारण, हे महाबाहो, जसका इन्द्रियहरू इन्द्रियग्राही विषयहरुबाट सबै किसिमले मुक्त छन् उसको बुद्धि स्थिर हुन्छ र स्थिर बुद्धि भएको व्यक्ति स्थितप्रज्ञ हो।)

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने:।।६९।।

(जुन आत्मविषणी बुद्धि जडमुग्ध सर्वसाधरण जीवको लागि रात्रीको समय हो स्थिरप्रज्ञ व्यक्ति त्यसबेलामा जागृत हुन्छन्, जुन बेला प्रणव बुध्दिमा साधरण व्यक्तिहरु जागृत हुन्छन् तत्वदर्शी मुनीको लागि त्यो रात्रीको समय हो। अर्थात तत्वदर्शी मुनीहरुले नीरलृप्त भावबाट यथायोग्य विषयलाई स्वीकार गर्दछन्।

आपूर्यमाणमचलप्रतिष्ठिं समुद्रमाप: प्रविशन्ति यद्वत्।
तद्वत् कामा यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी।।७०।।

(जसरी अनेक नदीहरुको पानी कुनै पनि क्षोभ उत्पन्न नगरेर परिपूर्ण र अचल प्रतिष्ठा प्राप्त गरेको सागरमा प्रवेश गर्दछन् त्यसै गरी सबै कामनाहरु कुनै पनि बिकार उत्पन्न नगरेर नै स्थिरप्रज्ञ पुरुषमा प्रवेश गर्दछन्। त्यसकारण स्थितप्रज्ञ व्यक्तिरुले शान्ति पाउँछन्। आफ्ना कामनाहरु पूर्ण गर्न इच्छुक व्यक्तिहरुले भने शान्ति पाउन सक्तैनन्।)

विहाय कामान् य: सर्वान् पुंमापश्र्चिरति नि:स्पृह:।
निर्ममो निरहंकार: स शान्तिमधिगच्छति।।७१।।

(जुन पुरुषले सबै कमानाहरु परित्याग गरेर स्त्रिहाशून्य, अहंकाररहीत र ममताशून्य भएर विचरण गर्दछन् तिनीहरुले शान्ति पाउँछन्।)

एषा ब्राह्मी स्थिति: पार्थ नैनां प्राप्य विमुह्यति।
स्थित्वास्यामन्तकालेSपि ब्रह्मनिर्वाणमृच्छति।।७२।।

(हे पार्थ, यस प्रकार ब्रह्म प्राप्तिको स्थितिलाई ब्राह्मणी स्थिति भन्ने गरिन्छ। ब्राह्मणी स्थिति पाएर जुनसुकै मोह पनि समाप्त हुन्छ। मृत्यु कालमा ब्राह्मणी स्थितिमा मनलाई क्षण भर मात्र पनि स्थिर गरेमा ब्रह्म निर्वाण प्राप्त हुन्छ।)

दोस्रो अध्यायको व्याख्या

अध्याय दुईमा भगवान् श्रीकृष्णले युद्ध गर्ने मनस्थिति परित्याग गरेर युद्धभूमिबाट पलायन हुनथालेको अर्जुनलाई युद्ध गर्न उत्साहित तुल्याउनु भएको छ। धर्म युद्ध गरेर अधर्मी, कुकर्मी एवं घमण्डले मात्तिएकाहरूको नाश गर्न मनोवैज्ञानिक रुपले तयार पार्नु भएको छ। अर्जुनलाई युद्ध गर्नका लागि तयार पार्न श्रीकृष्णले आत्माको अमरत्वको बारेमा अर्जुनलाई ज्ञान दिनुको साथै अर्जुनलाई माध्यम बनाएर सम्पूर्ण संसारलाई आत्माको अमरत्वबारे पनि भन्नु भएको छ। श्रीकृष्णले आत्मालाई अमर भन्नुलाई ऊर्जा अनाशवान छ, वा अमर छ भन्ने रुपमा पनि लिन सकिन्छ। आत्मा ऊर्जा हो। यो पृथ्वीबाट ऊर्जा कहिले पनि नष्ट नहुने भएकोले आत्मा पनि कहिले नष्ट हुँदैन।

भगवान् श्रीकृष्णले अर्जुनलाई आफ्नै परिवारका सदस्यहरू, बन्धु बान्धवहरु, गुरुवरहरू, मान्यजनहरूको हत्या गरेर युद्धमा विजय प्राप्त गर्न उत्प्रेरित गर्नुको कारण के थियो भने अर्जुनले आफ्नै बन्धु बान्धवहरूको हत्या गर्दिन भनी युद्ध नगर्ने मनस्थितिमा पुगेका थिए। उनले श्रीकृष्णलाई म युद्ध गर्दिन भनी स्पष्ट रुपमा भनेका थिए। युद्धमा हजारौं, लाखौं निर्दोषहरूको हत्या हुने स्थितिबाट अर्जुन भयभीत थिए। दोषी त केवल शकुनि र शकुनिको कपटपूर्ण निर्देशनमा हिँड्ने दुर्योधन र दुर्योधनलाई साथ दिने दु:शासन र कर्ण एवं अश्वत्थामा थिए। कौरवको ध्वजतल युद्ध गर्ने लाखौं सेनाहरू लगायत अरु सबै सर्वसाधारण निर्दोष थिए। त्यसकारण अर्जुनले प्रष्ट गरी भनेका थिए, “हाम्रा गुरु र अन्य महानुभावहरूको हत्या नगरेर बरु यो संसारमा भिक्षा मागेर बाँच्नु मेरो लागि उत्तम हो। यदि गुरुहरूको हत्या गरिएमा सम्पत्ति र सुख दिने वस्तुहरू, जसले आनन्द दिन्छन्, ती रगतले भिजिएका हुनेछन्। हे गोविन्द, म युद्ध गर्दिन।”

भगवान् श्रीकृष्णको विचारमा युद्ध अनिवार्य थियो किनभने कौरवहरूको उच्च महत्त्वाकाङ्क्षाको कारणले समाजमा खराब विचार, छलकपट, वैमनष्यता मात्र बढेको थिएन, समाज नै मैलो समेत हुन पुगेको थियो। त्यो युग नै अति मैलो हुन पुगेको थियो। त्यो युगलाई सफा गर्न अनुशासनहीन, मार्यादाहीन कौरवहरूलाई नियन्त्रण गर्नुको विकल्प थिएन। अर्कोतिर स्थिति यस्तो थियो कि युदध् नगरी  अनुशासनहीन कौरवहरू नियन्त्रणमा आउने अवस्था थिएन। एक थरी मान्छेहरू जसलाई अहिलेको यो आधुनिक युगमा पनि देख्न सकिन्छ उनीहरू आफ्नो विचार, धर्म, संस्कृति अर्काको विचार, धर्म, संस्कृति माथि बलपूर्व लाद्न हरपल तयार मात्र रहने होइन, त्यस्तो उद्देश्य पूरा गर्नका लागि आफू स्वयं पनि  मर्न वा कसैलाई मार्न समेत पनि हरपल तत्पर रहन्छन्। त्यसकारण त्यस्ता कुकर्म गर्नेहरूको अन्त गर्न अर्जुनले धर्मयुद्ध गर्न अति नै आवश्यक थियो। अर्कोतिर, अर्जुन वीर र पराक्रमी मात्र थिएनन् एक असल चिन्तक, बुद्धिमान्, विद्वान् तथा ज्ञानवान् समेत पनि थिए। यस्तो बौद्धिक रुपमा सन्तुलित व्यक्तिलाई युदध गर्ने मनस्थितिमा पुर्याउन श्रीकृष्णले अर्जुनलाई अनेक शिक्षाहरू दिनु आवश्यक हुन पुगेको थियो।



 

(दोस्रो अध्याय समाप्त)