लोकमान प्रकरणका विभिन्न आयामहरू
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त
लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाइएको छ। यो महाअभियोग प्रस्ताव संसद्बाट
पारित भएमा कार्की पदच्युत हुनेछन्। साथै कार्यवाही (महाअभियोग) द्वारा आफूलाई
पदच्युत गरिएको इतिहास पनि उनले सदाका लागि आफू साथ लिएर जानेछन्। संवैधानिक पदमा पुगेर
पदच्युत भएपछि उनको पछिको सार्वजनिक जीवन कस्तो हुनेछ त्यो कार्कीले नै सोंच्ने
कुरा हो। तर अहिलेको लागि भन्ने हो भने कार्कीमाथि केवल महाअभियोग लगाइएको छ, त्यसमाथि संसद्मा मतदान भइसकेको छैन। र मतदान
उनको पक्ष वा विपक्ष, केमा हुन हो
अहिले केवल अनुमान मात्र गर्न सकिन्छ।
नेताहरूको विवेक र इमानदारी अनुरूप नेपालमा राजनैतिक र प्रशासनिक घटनाहरू प्रभावित हुने नभई उनीहरूको स्वार्थ अनुरूप प्रभावित हुने भएकोले महाअभियोग प्रस्तावले अन्तिम समयमा कुन कोल्टो फेर्न हो अहिले नै थाहा पाइहाल्ने स्थिति छैन। तर जनदबाब बढ्दै गएमा सो प्रस्तावको पक्षमा दलहरूले मतदान गर्नुको विकल्प रहने छैन, किनभने लोकमान प्रकरणले अत्यधिक (कु) चर्चा पाएकोले उनीमाथि कार्यवाहीको नाटक गरेर भए पनि भोलिको चुनावमा जनताको मन जित्ने रणनीति दलहरूको हुनेछ भन्ने कटु सत्यमा सबैथरीका मानिस विश्वस्त भए हुन्छ।
लोकमानसिंह कार्की किन चर्चामा छन् भन्ने विषयमा थप चर्चा गर्नु आवश्वयक छैन। लोकमान प्रकरण सामाजिक र राजनैतिक वृत्तमा घामझैं छर्लङ छ । छापा, रेडियो, टिभी र अनलाइन आदि मेडियाहरूमा कार्की (खल?) नायक भएका छन्, अहिले। त्यस कारण बरु लोकमान प्रकरणले सतहमा ल्याइदिएका अन्य मुद्दाहरू वा यस प्रकरणका अन्य आयामबारे चर्चा गर्नु अहिलेको लागि सान्दर्भिक होला।
नेताहरूको विवेक र इमानदारी अनुरूप नेपालमा राजनैतिक र प्रशासनिक घटनाहरू प्रभावित हुने नभई उनीहरूको स्वार्थ अनुरूप प्रभावित हुने भएकोले महाअभियोग प्रस्तावले अन्तिम समयमा कुन कोल्टो फेर्न हो अहिले नै थाहा पाइहाल्ने स्थिति छैन। तर जनदबाब बढ्दै गएमा सो प्रस्तावको पक्षमा दलहरूले मतदान गर्नुको विकल्प रहने छैन, किनभने लोकमान प्रकरणले अत्यधिक (कु) चर्चा पाएकोले उनीमाथि कार्यवाहीको नाटक गरेर भए पनि भोलिको चुनावमा जनताको मन जित्ने रणनीति दलहरूको हुनेछ भन्ने कटु सत्यमा सबैथरीका मानिस विश्वस्त भए हुन्छ।
लोकमानसिंह कार्की किन चर्चामा छन् भन्ने विषयमा थप चर्चा गर्नु आवश्वयक छैन। लोकमान प्रकरण सामाजिक र राजनैतिक वृत्तमा घामझैं छर्लङ छ । छापा, रेडियो, टिभी र अनलाइन आदि मेडियाहरूमा कार्की (खल?) नायक भएका छन्, अहिले। त्यस कारण बरु लोकमान प्रकरणले सतहमा ल्याइदिएका अन्य मुद्दाहरू वा यस प्रकरणका अन्य आयामबारे चर्चा गर्नु अहिलेको लागि सान्दर्भिक होला।
पहिलो आयाम: नेपालका मेडियाहरू अब स्वतन्त्र
किसिमले बोल्न, लेख्न अथवा समाचार वा विचार सम्प्रेषण गर्न
पहिले (पञ्चायतकाल) भन्दा निकै स्वतन्त्र र सक्षम भएका छन्। र केहीले निष्पक्ष भएर
लेख्छन् पनि। सञ्चार माध्यमहरूले जनताको विचार निर्माणमा उल्लेखनीय भूमिका खेलेका
छन्। त्यति मात्र होइन, खास मुद्दाहरूमा
खास किसिमको कार्यवाही गर्न सरकारलाई दबाब दिन पनि सकेका छन्। सरकारले दबाब मान्ने
स्थिति पनि सृजना भएको छ। यस तथ्यको उदाहरण लोकमान प्रकरण भएको छ। कार्कीलाई
कार्यवाही गर्न उठेको जन आवाजलाई मेडियाहरूले महत्वका साथ सञ्चारित नगरेको भए
दलहरूले कार्कीलाई कार्यवाही गर्ने तत्परता देखाउने थिएनन्। देखाउने प्रश्न पनि
उठ्थेन किनभने कार्कीलाई दलहरूले आफ्नो स्वार्थ पूर्ति गर्नका लगि आख्तियार
दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा आसीन गराएका थिए। दलहरूले र खासगरी
माओवादीले आफ्नो फोहर (आर्थिक भ्रष्टाचार) छोप्न कार्कीलाई ‘कभर’ बनाएर ल्याएको थियो। मुलुकमा उक्त संस्थाको आयुक्त हुन सक्षम र इमानदार
व्यक्तिको खाँचो थिएन। तर कार्की तीन दल (नेपाली काङ्ग्रेस, एमाले र माओवादीको काँधमा चढेर एकाएक
संवैधानिक पदमा प्रकट भएका थिए। अहिलेको यो नयाँ परिस्थितिमा कार्कीले आफूलाई शिखरमा पुर्याइदिने
दलहरूको इशारामा काम गरेको भए वा ‘साइजमा बसेको भए’ कार्की प्रकरण
सतहमा आउने थिएन। मेडियाहरूले थाहा पनि पाउने थिएनन्। आउने दिनहरूमा
भ्रष्टाचारीहरू प्रशासन भन्दा
मेडियाहरूबाट डराउने छन्।
दोस्रो आयामः हामी मुहान थुन्न छाडेर पर खोलामा बाँध राख्न खोज्छौं। कार्कीले आफ्नो
अख्तियारको दुरुपयोग गरे भनेर अहिले ठूला दलका ठूला नेताहरू ठूलो स्वरमा कराइरहेका
छन्। जनताले पनि उनीहरूका ती ठूला स्वरहरूमा विश्वास गरिरहेको छ। नेताहरूले छरेका
भ्रमहरूलाई सत्य मानिरहेको छ। तर यहाँ मुख्य मुद्दा (समस्या) भनेको कार्कीको व्यवहार होइन, कार्कीजस्तो व्यक्तिलाई अति नै जिम्मेवार
पदमा पुर्याउने नेताहरूको कुटिल स्वार्थ मुख्य मुद्दा वा समस्या हो। नेताहरूले
कार्कीजस्तो व्यक्तिलाई त्यो पदमा किन आसीन गराए? अहिले मुख्य प्रश्न यो हुनुपर्ने थियो। तर विडम्बना! जनमत, मेडिया, विरोधी स्वर सबै अहिले कार्कीको पछि लागेको छ, नेताहरूलाई पानीमाथिको ओभानो तुल्याएर।
नेताहरूले पक्षपातपूर्ण ढङले, भागबन्डाको राजनीति गरेर, खासखास पदमा आफ्नो दलका व्यक्तिहरूलाई आसीन नगराएर योग्य र इमानदार
व्यक्तिहरूलाई आसन गराएको भए यस किसिमको समस्या आउने नै थिएन। नेताहरूको स्वार्थले
गर्दा दिइएको अख्तियारी दुरुपयोग भएको हो। अख्तियार दुरुपयोग भएको हेर्न पठाइएको
व्यक्तिले नै अख्तियार दुरुपयोग गरेको छ। उसले नै आफूले पाएको अख्तियार दुरुपयोग
गरेको गम्भीर आरोप खेप्नुपरेको छ। संवैधानिक पद, राजदूत, सचिव वा अन्य यस्तै किसिमका पदहरूमा दलहरूले
भागबन्डाको राजनीति गर्दै आफ्ना आसेपासेहरूलाई हुल्न बन्द नगरेसम्म लोकमान प्रकरण
जस्तै अन्य प्रकरणहरू आउने सिलसिला जारी रहने छ।
तेस्रो आयाम: मुलुकको राजनीति यति बढी भ्रष्ट हुन पुगेको छ कि सधैं ३६ भएर बस्ने
राजनीति दलका नेताहरू स्वार्थका लागि अचानक स्थिति परिवर्तन गरेर ६३ को स्थितिमा
बस्न पुग्छन्। आफ्नो स्वार्थको लागि नेताहरूबीच तत्काल निर्विवाद सहमति हुन्छ। यो
स्थिति नभएको भए लोकमानसिंह कार्कीलाई नियुक्त गर्दा विभिन्न स्थानबाट विरोध भए
तापनि नेताहरूको मिलोमतोमा एकजना विवादित व्यक्ति सहज किसिमले मुलुकको सर्वाधिक
जिम्मावारी वहन गर्नुपर्ने पदमा आसीन हुने स्थिति सृजना हुने थिएन। त्यस कारण यो
भ्रष्ट राजनीतिका खम्बाहरूलाई वा आजीवन राजनीति गर्न इच्छुक नेताहरूलाई नयाँ इमानदार नेताहरूद्वारा विस्थापित नगरेसम्म वा
नेतृत्व प्रदान गर्ने नेताहरूलाई राजनीतिबाट सन्यास लिन नलगाएसम्म यस किसिमका
समस्याहरू दोहरि नै रहन्छ। ठूला दलका उच्च नेताहरूले राजनीतिलाई आजीवन पेशा मानेर
लाभको राजनीति गरिरहेसम्म वा नेतृत्व प्रदान गर्ने विभिन्न दलका यी नेताहरूले
राष्ट्रिय राजनीतिलाई प्रभावित पारिरहेसम्म मुलुकको राजनीति सफा हुन सक्तैन, झन्झन् फोहर भएर जानेछ। त्यस कारण शेरबहादुर
देउवा, रामचन्द्र पौडेल, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दहाल आदिले राजनीतिबाट सन्यास
लिनुपर्ने बेला आइसकेको छ। रामचन्द्र पौडेलबाहेक माथिका व्यक्तिहरू प्रधानमन्त्री भइसकेका छन्।
अमेरिकामा राष्ट्रपति भइसकेको व्यक्तिले आफ्नो राष्ट्रपतीय कार्यकाल समाप्त भएपछि
राजनीतिक जीवनबाट सन्यास लिएझैं यी नेताहरूले पनि राजनीतिबाट सन्यास लिएर बाँकी
समय स्वच्छ राजनीतिक वातावरण निर्माणमा लगाए हुन्छ।
चौथो आयाम: भ्रष्ट नेताहरूलाई शक्ति र पदमा पुर्यायाउने
परिपाटी जनताले न त्यागेसम्म यस किसिमका प्रकरणहरूको पुनरावृत्ति भइरहनेमा कुनै
शड्का नलिए हुन्छ। यस किसिमका मुद्दाहरूको पुनरावृत्ति भइरहेमा भ्रष्ट राजनीति
सृजना गरेको जिम्मेवारी जनताले पनि लिनुपर्ने हुन्छ। भ्रष्टाचारमा जनता पनि संलग्न
भएको मान्नुपर्ने हुन्छ। नेताहरू आकाशबाट खस्ने होइन, नेपाली समाजले नै यस किसिमका नेताहरूको सृजना
गर्ने हो। त्यस कारण नेताहरूलाई मात्र सम्पूर्ण दोष दिएर जनता पन्छिने स्थितिको
अन्त्य हुनुपर्दछ।
पाँचौ आयाम: व्यक्तिगत र दलीय स्वार्थमा लीन भएर
इमानदारीको राजनीति परित्याग गरेर नेताहरू यति कमजोर हुन पुग्छन् कि उनीहरूको
राजनीति जीवन नै दाउमा लाग्न सक्छ। अहिले भइरहेको पनि त्यस्तै छ। एक सामान्य
लोकमान प्रकरणले विभिन्न नेताहरूको कुर्सी हल्लाइदिएको छ। यो प्रकरणले आफ्ना कस्ता–कस्ता करतुत सहतमा आउने हो भन्दै अहिले धेरै
नेता चिन्ताग्रस्त देखिएका छन्। हल्लाको बजार यतिसम्म रन्केको छ कि अहिलेको सरकार
ढलेर एमाले र माओवादी गठबन्धनमा नयाँ सरकार बन्नेसम्मको तातो हावा चलेको छ। यो तातो हावाले सत्यताको कतिसम्म
गर्मी बोकेको छ त्यो आउने समयले देखाउला। नेताहरूको मात्र उपस्थिति रहने राजनीतिक
बजारमा भने लोकमान प्रकरणले ठूलो अनिश्चितता भने ल्याइदिएको छ।
यसरी लोकमान प्रकरणले विभिन्न तथ्यहरू सतहमा ल्याएर नेपाली राजनीतिको यथार्थ स्थिति छरपस्ट
पारिदिएको छ र साथै नेताहरूको चरित्र कस्तो छ भन्ने कुरालाई पनि सामान्य जनताले बुझ्नेगरी प्रस्ट्याइ दिएको छ।
यसरी लोकमान प्रकरणले विभिन्न तथ्यहरू सतहमा ल्याएर नेपाली राजनीतिको यथार्थ स्थिति छरपस्ट
पारिदिएको छ र साथै नेताहरूको चरित्र कस्तो छ भन्ने कुरालाई पनि सामान्य जनताले बुझ्नेगरी प्रस्ट्याइ दिएको छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, October 28, 2016