Wikipedia
Search results
Friday, December 25, 2015
Are We Entering Into The Ruthless Culture?-Article-193 What Caused This Situation?
के हामी हृदयहीन संस्कृतिमा प्रवेश गर्दैछौं ? किन भयो विवाद ?
विवाह पञ्चमीको अवसर पारेर
नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीद्वारा भएको जनकपुरको भ्रमण निकै चर्चित र
विवादित पनि रहयो । केहीले आन्दोलनका कारण मधेस र काठमाडौको सम्बन्ध चिसिएको बेला राष्ट्रपति
भण्डारी जनकपुर पुग्नु सरकारले विवादका लागि ठाउँ झनै फराकिलो पारिदिएको टिप्पणी
गरे । केहीले भने राष्ट्रप्रमुख भ्रमणको क्रममा देशका विभिन्न भागमा पुग्नु
सामान्य भएको बरु यस विषयलाई केही स्वार्थी तत्त्वले आफ्नो राजनैतिक फाइदासँग
जोडेर तल्लो स्तरमा झरेर राष्ट्रपतिको अपमान गर्नु अति निन्दनीय रहेको भन्दै कटु
आलोचना गरे । स्मरणीय छ, गएको बुधबार
(२०७२ पुस १ गते) जानकी मन्दिरमा आयोजित धार्मिक कार्यक्रम
(विवाहपञ्चमी) मा सहभागी हुन राष्ट्रपति भण्डारी प्रसिद्ध ऐतिहासिक तथा पुण्य भूमि जनकपुर पुगेकी थिइन्।
भण्डारीको जनकपुर भ्रमण जति विवाद र चर्चामा रहयो त्यति नै चर्चामा त्यहाँका केही स्थानीयहरूले गरेका विभिन्न क्रियाकलाप एवं सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा दिएका प्रतिक्रियाहरू पनि चर्चामा रहे ।

संवेदनाहीन आलोचन
भण्डारीको भ्रमणप्रति टिप्पणी गर्दै एक व्यक्तिले सामाजिक सञ्जालमा लेखे– “यस पालिको विवाह पञ्चमीको रौनक अलच्छिनी विद्या देवी भण्डारीले समाप्त पारिन् । ठीकै भनिन्छ कि शुभ कार्यमा अलच्छिनी र विधवालाई उपस्थित हुनुहुँदैन । यहाँ त एउटै महिलामा दुवै गुण थियो ।” अर्काले भने–“पापी, हत्यारिणी, राक्षसनी, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिरमा आफ्नो पापले भरिएको खुट्टा राख्दा मन्दिर अपवित्र भएको भन्दै श्रद्धालुहरूले दिएको पवित्र ग·ाजल छर्केर मन्दिरलाई पूर्ण पवित्र बनाएको हो ।”
अशोभनीय व्यवहार
भण्डारी काठमाडौ फर्केको भोलिपल्ट बिहीवार मधेसी मोर्चाका कार्यकर्ताहरूले विधवाले मन्दिर परिसरमा प्रवेश गरेर मन्दिर अपवित्र तुल्याएको भन्दै ग·ाजलले मन्दिर परिसर पखालेका थिए । मधेसी मोर्चाका कार्यकर्ताहरूले मन्दिर परिसर पखालेको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले छापे । भारतीय अखबार ‘हिन्दुस्तान टाइम्स’ ले त यो घटनालाई महत्त्वका साथ छापेको थियो ।
पतिको मृत्यु भएपछि पुरुषप्रधान समाजले शोषणको एक घेराभित्र सीमित पार्न महिलाहरू लाई ‘विधुवा’ को दर्जा दिने र सोही अनुसार व्यवहार गर्ने रूढिवादी एवं सामन्ती सोंचले अहिले पनि नेपाली समाजमा निरन्तरता पाउनु आफैमा चिन्ताजनक छ । पढेलेखेका शिक्षित व्यक्तिहरूले पनि विधवा भएकै कारण कुनै महिलाले मन्दिर प्रवेश र पूजाअर्चनाबाट वञ्चित हुनुपर्ने सोच राख्नु चिन्ताजनक मात्र होइन, समाज विकासको लागि डरलाग्दो स्थिति हो । यस किसिमको कार्यलाई त ‘तालिबान’, ‘अलकायदा’, ‘आइएस’ जस्ता महिलालाई शिक्षा प्राप्त गर्न वञ्चित तुल्याउने अति कट्टर जातिवादी स·ठनको कुकृत्यसँग जोडन सकिन्छ । महिला भएर शिक्षाका लागि विद्यालय गएको र महिलाहरूले विद्यालय जान पाउनुपर्दछ भन्ने अभियान सञ्चालन गरेको कारण एउटी बालिका मलाला युसुफजईको हत्या गर्ने उद्देश्यका साथ, अक्टोबर ९, २०१२ मा तालिबानी बन्दूकधारीले गोली प्रहार गरेको थियो । गोली प्रहार गर्ने त्यो बन्दुकदधारी मात्र त्यो हत्या प्रयासमा संलग्न थिएन, सन् २०१२ मा नै तालिबानी नेताहरूले मलालाको हत्या गर्ने सर्वसम्मत क्रूर एवं अमानवीय निर्णय गरेका थिए ।
ज्ञानभूमि जनकपुरमा अज्ञानी कुकृत्य कस्तो आश्चर्य १ जुन स्थानमा महिलालाई अति मर्यादा प्रदान गर्न महिला (जानकी–सीता)को मूर्ति स्थापना गरिएको छ, महिलाको पूजा गर्ने संस्कृति बसालिएको छ, त्यहीं एकजना महिला (विद्या भण्डारी) को घोर अपमान भयो । विद्या भण्डारी राष्ट्रपति मात्र होइन, महिला पनि हुन् । जानकी मन्दिर प्रकरणमा उनको विरोधमा जे जस्ता कार्य भए, जे जस्ता अभिव्यक्ति दिइयो, ती सबै राष्ट्रपतिमाथि होइन, एकजना महिलाको अस्मितामाथि निर्मम प्रहार थियो । त्यस घटनाले भण्डारी विधवा भएकोले त्यस्तो दुव्र्यवहार भएको प्रस्ट भएको छ, विरोध गर्नेहरूको राजनैतिक अभीष्ट जे जस्तो भए पनि । के कुनै महिला विधवा हुनु उसको त्रुटि हो ? यो प्रश्नले मोर्चाका नेताहरूलाई पछिसम्म भूतजस्तो पछ्याउने छ ।
जनकपुर जस्तो बौद्धिक भूमि जहाँ हजारौं वर्ष पहिले वेदको अनुसन्धान, अध्ययन एवं अध्यापन हुन्थ्यो, जहाँ याज्ञवल्क्यजस्ता विद्वान्ले राजा जनकलाई विभिन्न किसिमका शिक्षा प्रदान गर्दथे, जहाँबाट बौद्धिकता र ज्ञानको प्रचार हुन्थ्यो, जसलाई ज्ञानको केन्द्र मान्ने गरिन्थ्यो, संसारका विभिन्न विद्वान्हरू राजा जनकको निमन्त्रणमा जनकपुर आएर वेदमा ‘शास्त्रार्थ’ (वेदका विभिन्न आयामहरूको चर्चा) गर्थे, त्यति मात्र होइन, जहाँ महिलालाई पूर्ण स्वतन्त्रता प्रदान गर्न वैदिक कालमा नै पनि ‘स्वयंवर’ विधिद्वारा स्वेच्छाले पति रोज्ने
(राजकुमारी सीताले स्वयंवर विधिद्वारा राजकुमार रामको चयन गरेकी थिइन्) अधिकार दिइन्थ्यो, त्यहाँ महिला भएकै कारण एकजना महिलाको घोर अपमान हुनुले मिथिला समाजलगायत नेपाली समाज कति डरलाग्दो दिशातिर उन्मुख भइरहेको छ, चिन्ताको विषय हुन पुगेको छ ।
किन समाजमा सहिष्णुता हराउँदै छ ?
नेपाली समाजमा अहिले एउटा अनौठो प्रवृत्तिले नागरिकको मनोविज्ञानलाई कुप्रभावित गरेको छ । त्यो के हो भने हरेक समस्याको समाधान बल र हिंसाद्वारा खोज्नु । नेपाली समाजमा अहिले सहिष्णुता, ज्ञान र विवेक हराउँदै गएको छ र तिनलाई प्रतिशोध, घृणा र क्रोधले विस्थापित गर्दैछ । कुनै पनि किसिमको मतभेद वा विरोध गर्दा पहिले क्रोध र घृणा आउँछ अनि मात्र ज्ञान र ममता । यस्तै स्थिति अहिले सिरियामा देखिएको छ । कुनै समयमा शान्त रहेको सिरिया अहिले बमको आवाजमा सुत्छ र बमको आवाजमा उठ्छ । देशभित्रकै नागरिकले एक आर्कालाई शत्रु देखिरहेका छन् । नेपालमा पनि अहिले नागरिकहरू त्यस्तै किसिमले घोर निराशा, प्रचण्ड क्रोध, सीमाहीन घृणा, प्रबल प्रतिशोध सोच आदि जस्ता मनोविज्ञानको शिकार हुन पुगेका छन् । एउटा राजनैतिक दलको नेताले अर्को राजनैतिक दलको नेतालाई तल्लोस्तरमा झरेर गालीगलौज गर्छ । अनि कार्यकर्ताहरूको अभिव्यक्तिहरूको के हिसाब गर्नु ? केही समय पहिले प्रधानमन्त्री केपी ओली गोरखा र कैलाली पुगेको बेला उनले मधेस आन्दोलन ‘जनवार शैलीको भएको’ भन्दै निन्दा गरेका थिए । तर ओलीले आफूहरूले झापाबाट पञ्चायतको विरोधमा आन्दोलन शुरु गर्दा यस्तै हिंसात्मक आन्दोलन गरेका थिए भन्ने यथार्थ बिर्से । प्रजातन्त्रिक मुलुकमा सरकारले राजनैतिक विरोध सुन्ने धैर्य राख्नुपर्दछ । विरोधलाई हिंसात्मक हुन नदिनु र विरोधीहरूलाई वार्ताको टेबलुसम्म ल्याउनु सरकारको दायित्व हो । त्यस्तो गर्न नसक्नु सरकारको कमजोरी हो । अर्कोतिर ओलीको भनाइलाई लक्षित गर्दै प्रतिउत्तरमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले त्यो भनाइ ‘कतै मनुष्यको होइन कि’ भने । जहाँ नेताहरू नै यसरी गालीगलौजमा झर्छन्, कार्यकर्ताहरूबाट सदाचार र रचनात्मक आलोचनको अपेक्षा कसरी गर्ने ? यस किसिमका गुरु वा नेताहरूद्वारा प्रशिक्षित कार्यकर्ताहरूले मन्दिर चोख्याउने कार्य गर्नुलाई कसरी अनौठो मान्ने ? गुरुहरूले जस्तो घृणा र क्रोध गर्न सिकाएका छन् चेलाहरूले पनि त्यस्तै गर्ने हो । त्यस कारण यस्ता चेलाहरू माथि दया जागेर आउँछ, क्रोधभन्दा ।
कसले बिगार्यो परम्परा ?
नेपालमा विरोधको नया शैली (काटमार) विकास एवं अभ्यास गर्ने जिम्मेवारी माओवादीमा जन्छ । भाठा कार्यवाही, जन कार्यवाही, भौतिक कार्यवाही, सफाया, ढाडमा टेकेर टाउकोमा हान्नेजस्तो कुरा सुन्दा नै आङ सिरिंग हुने शब्दावलीको विकास माओवादीको सङ्घर्षकालमा नै भएको हो । आफ्नो आलोचना वा विरोध सहन गर्न नसक्ने, विरोधीको मुख बन्द गर्न उनीहरूको हत्या नै गर्ने, समस्याको समाधन मेलमिलाप होइन, हतियारद्वारा गर्ने जस्ता कुसंस्कृतिको विकास माओवादी सङ्घर्षकालमा भएको हो । परिवर्तनका लागि माओवादीहरूले विचार परिवर्तन होइन, हतियारको प्रयोग गरे । हजारौको हत्या गरे, हजारौंको अ·भ· गरे । यति मात्र होइन, आफ्नै देशवासी वा आफ्नै दाजुभाइलाई शत्रु ठानेर हत्या गर्ने परम्पराको विकास गरे । देशलाई जात, समुदाय, क्षेत्रको आधारमा विभाजित हुन सिकाए । र सबैभन्दा डरलाग्दो कुरा के सिकाए भने आफ्नो माग पूरा गराउन हतियार उठाउनै पर्दछ ।
माओवादीले जस्तो बीउ रोपेको थियो, अहिले त्यस्तै फल्दैछ, खासगरी मधेसमा । मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले पनि राजनैतिक उद्देश्य पूर्तिका लागि विगतमा माओवादीले गरेका कार्यहरूको अनुसरण गर्दैछन् । मानवीय संवेदनाको कम, बल एवं हतियारको प्रयोग बढी गर्दैछन् । हिंसाद्वारा सरकारलाई आफ्नो मागतर्फ आकर्षित गराउन वा आफ्नो माग पूरा गराउन खोज्दैछन् ।
माथिको सन्दर्भलाई जोडौं । राष्ट्रपति विद्या भण्डारीको जनकपुर भम्रणबाट रुष्ट रहेको वा आफ्नो मागप्रति विद्या भण्डारीको दलले बेवास्ता गरेको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरूले नाराबाजी गर्ने, कालो झन्डा देखाउने आदि कार्य पनि गर्न सक्थे । तर उनीहरूले पेट्रोलबम प्रहार गर्ने, मन्दिरभित्र पसेर तोडफोड गर्ने जस्ता कार्य किन गरे ? सामान्य नागरिकको हैसियतले पनि त भण्डारीले मन्दिरमा प्रवेश पाउनुपर्दछ ।
कुनै बेला विद्रोही माओवादी अहिले सरकारमा छ । उसले विद्रोहकालमा जस्तो रणनीति अपनाएको थियो, मधेसी दलहरूले पनि त्यस्तै रणनीति अपनाउँदै छन् । माओवादीले कुन मुखले भन्ने, मधेसीहरूले गरेको कार्य गलत छ ?
माओवादीले थुपारेको फोहर सफा गर्न कति समय लाग्ने हो कुन्नि ? तर नेपाली समाज भने हृदयहीन संस्कृतिमा प्रवेश गर्दैछ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 25, 2015 Christmas Day
Friday, December 18, 2015
The Impact of Madeshi Agitation on the Nepalese Economy-Article-192
मोर्चा आन्दोलनले मधेसमा
पर्ने आर्थिक प्रभाव
पूर्व राष्ट्रपति रामवरण यादव पनि मधेसी नेता हुन् तर उनले जारी गरेको नयाँ संविधानलाई (जारि गर्दा) सादर प्रणाम गरे। यो संविधानले दीर्घकालीन र निष्पक्षरूपमा मधेसीहरूको हित गर्ने देखे। त्यसलाई सहर्ष स्वीकार गरे। आन्दोलनरत मधेसी मोर्चाका नेताहरूले भने यो संविधान जारी हुनासाथ त्यसको कडा विरोध गरे। जारी गरिएको संविधानले मधेसीहरूको अपमान हुने मात्र होइन, घोर शोषणसमेत हुने उद्घोषसमेत गरे। मोर्चाका केही नेताहरूले यो संविधान संशोधन हुनुपर्ने माग गरे भने केहीले पुनर्लेखन हुनुपर्ने भने। त्यति मात्र होइन, हालै केही हप्ता पहिले दिल्लीमा नेपाल मामिलाका जानकार एसडी मुनिको सहजीकरणमा मोर्चाका नेताहरूसँग सम्पन्न अन्तक्र्रियामा मोर्चाले उठाएका मुद्दाहरूको यदि राज्य पक्षले मान्य किसिमले सम्बोधन नगरेमा ‘अलग राष्ट्र’ को मागसम्म गर्ने कुरा राजेन्द्र महतोले घुमाउरो किसिमले भने। सरकारको रवैया यस्तै रहे मधेसी नेताहरूले अति रक्तपातपूर्ण सशस्त्र आन्दोलनसमेत गर्ने परोक्ष आशय प्रकट गरे । नयाँ संविधानको विरोधमा मधेसी मोर्चाद्वारा सञ्चालित घेराउ र सीमा नाकाबन्दी चार महिनादेखि जारी छ, पहिलेभन्दा केही खुकुलो भए तापनि।
नेपालमा जन्मीहुर्की, आफूलाई राजनीतिमा समर्पित गर्दै, मधेससहित नेपाल र नेपालीको हितमा कटिबद्ध रामवरण यादवले किन यो संविधानले मधेसीको हित हुने देखे? यादवभन्दा धेरैपछि राजनीति शुरु गरेका र कम अनुभवी राजेन्द्र महतोले किन यो संविधानबाट मधेसी जनताको अपमान हुने देखे ? प्रश्नको उत्तर स्पष्ट छ। यादवले सम्पूर्ण मधेसीहरूको हितको रक्षालाई महत्त्व दिए भने महतोले केवल आफ्नो र आफ्नो दलको हितलाई मात्र।
अर्को किसिमले हर्ने हो भने मधेसीहरूको हित केवल महतोले सोचेका छन् र यादवले बेवास्ता गरेका छन्, वा कि यादवले मात्र सोचेका छन् र महतोले बेवास्ता गरेका छन्।
कुन नेताको दृष्टिकोण सही हो भन्ने कुराको पुष्टि गर्नुको साटो मधेस आन्दोलनले मधेसको अर्थव्यवस्थालाई कुन स्तरमा, कुन किसिमले र कुन रूपमा प्रभाव पार्नेछ त्यसको चर्चा गरौं। तर यो आलेखको उद्देश्य अनेक किसिमका काल्पनिक समस्या खडा गरेर मधेसीहरूको हकहितका लागि गरिने विभिन्न किसिमका आवाजहरूलाई कमजोर तुल्याउनु भने अवश्य पनि होइन। यो आलेखको उद्देश्य, एक मधेसीको नाताले, मधेसमा हुने अनेक किसिमका उपद्रव र अनुभवहीन मोर्चाका नेताहरूद्वारा गरिने नाकाबन्दी, घेराव एवं अलग स्वायत्त मधेस राज्यको मागले मधेसको अर्थव्यवस्थामा कुन किसिमले प्रभाव पार्नेछ त्यसको निष्पक्ष विश्लेषण गर्नु हो। सही जानकारी मधेसी जनता समक्ष पूर्वाग्रही नभई पुर्याउनु हो।
मधेसलाई अलग थलग (स्वायत्त) राज्य कायम गरेर केही मधेसी नेताहरूलाई फाइदा त हुनेछ, त्यो पनि लघुकालमा, तर सामान्य एवं गरिब जनतालाई भने निकै ठूलो मार्का पर्नेछ। यस क्षेत्रलाई अलगथलग पार्ने कार्यले यस क्षेत्रप्रति अविश्वास बढ्छ र भारतप्रतिको अति निर्भरता कम पार्न सरकार एवं केन्द्रको र सामान्य जनताले समेत चीनसँग व्यापार बढाउने छ । जसले गर्दा चीनतिरका नाकाहरू व्यस्त हुनेछन्, गुलजार हुनेछन्। राजस्व सड्ढलन पनि ती नाकाहरूले अधिक गर्नेछन्। धनी हुनेछन्। परिणामस्वरूप वीरगंजले अहिले पाएको ‘आर्थिक राजधानी’ को उपाधि गुमाउने त छ नै, व्यापारिक चहलपहल कम भई क्लियरिंग एन्ड फरवार्डिंग एजेन्ट, ट्रान्सपोर्टर, पेट्रोल पम्प सञ्चालक, थोक व्यापारी, गोदाम सञ्चालक, बैकर, होटल मालिकलगायत वीरगंज भंसारसँग सम्बद्ध संस्थाहरूले ठूलो आम्दानी गुमाउने छन्। वीरगंज नाकाबाट आयात कम भएपछि यस्तो स्थिति उत्पन्न हुनेछ। यसले गर्दा वीरगंजलाई आर्थिक बेफाइदा त हुनेछ नै, यस वरपरका साना ठूला बजारहरूले पनि ठूलो आर्थिक क्षति बेहोर्नुपर्नैछ। यसले गर्दा वीरगंज र यस वरपरका गाउँ र शहरहरूको क्रयशक्तिमा ठूलो र्हास आउने छ। गरिबी बढ्नेछ।
मधेसको हित गर्छु भनेर हिंडेका मधेसी नेताहरूले उनीहरूका विभिन्न किसिमका माग र तिनको पूर्तिका लागि गर्ने अनेक बन्द, हडताल, नाकाबन्दीजस्ता कार्यले उल्टो मधेसको अहित हुने यथार्थ किन नबुझेको होला। हुनत केवल राजनैतिक स्वार्थमा मात्र केन्द्रित रहने नेताहरूले अर्थ व्यवस्थाका यी महिन कुराहरू बुझून् पनि कसरी ? तर महन्त ठाकुर एवं उपेन्द्र यादवजस्ता अनुभवी नेताहरूले त बुझ्नुपर्ने हो। तर उनीहरूले पनि मधेसको अहित हुने यस किसिमका कुरा किन नबुझेका होलान्?
अर्को तथ्य, वीरगंज र यस वरपर रहेका
क्षेत्रहरूको आर्थिक विकास द्रुततर गतिमा गर्नका लागि वीरगंजको अर्थ व्यवस्थालाई
काठमाडौको अर्थ व्यवस्थासँग जोड्न नितान्त आवश्यक छ। त्यस्तो किन भने नेपालमा
बृहत् बजारको रूपमा केवल काठमाडौ शहरको मात्र एकल किसिमले विकास भएको छ। कमसे कम
भारतमा जस्तो चारपाँच शहर (दिल्ली, कोलकाता, मुम्बई, चेन्नई)
हरूको विकास भएझै नेपालमा भएको छैन। अहिले पनि नेपालमा रहेको कुल पूँजी मध्ये (लगभग)
५० प्रतिशत केवल काठमाडौंसँग छ। काठमाडौंका नागरिकको क्रयशक्ति नेपालभरिमैं
सर्वाधिक उच्च छ। नेपालभरिमैं मुद्राको सर्वाधिक प्रवाह (Flow)
काठमाडौंमा हुन्छ। काठामाडौं बाहिर जे जति वस्तु उत्पादन हुन्छ, तिनलाई
काठमाडौमा नै बिक्री गर्ने लक्ष्य व्यापारीहरूले राखेका हुन्छन् । वस्तु एवं
सेवाको सर्वाधिक उपभोग पनि काठमाडौंकै बासिन्दाले गर्छन् । विदेशी मुद्रा आर्जन, प्रवाह एवं
किनबेच पनि काठमाडौमैं हुन्छ। काठमाडौं जस्तो बलियो बजारसँग वीरगंज वा मधेसलाई
अलगथलग पारेर मधेसी नेताहरूले कुन किसिमबाट मधेसको गरिब जनताको हित गर्न खोजेका
हुन्? म जस्तो
अर्थशास्त्रको विद्यार्थीले बुझ्न सकेको छैन। कसैले बुझेको छ, मैले
पूर्वाग्रही भएर लेखेकोजस्तो कसैलाई लाग्छ भने कृपया यसै पत्रिकामा लेखेर मेरो यो
अज्ञानता हटाइदिन म विनम्र अनुरोध गर्दछु। आज बीसौं वर्षदेखि विभिन्न कलेजहरूमा अर्थशास्त्र
एवं बजारशात्र अध्यापन गरिरहेको मलाई पनि मेरो यस्तो भ्रम निवारण गर्ने मौका
मिल्नेछ। यो मेरो गर्वमिश्रित अभिव्यक्ति होइन, मधेसको गरिब जनताको पीडाको
पक्षमा बोलिएको यथार्थ हो। मधेसमा जन्में, हुर्केकोले मेरो दायित्व र
प्रेमले बोलेको हो।
मधेस अब अन्नको भण्डार रहेन। कृषिसँग सम्बद्ध जनशक्ति ठूलो सङ्ख्यामा खाडी पलायन भइसकेको छ। जमिनहरू पनि धेरै नै खण्डित भएका छन्। र अर्को महत्त्वपूर्ण यथार्थ, विभिन्न किसिमका साधनहरूले सम्पन्न हिमाल र पहाड हो, मधेस होइन। कसैमा मधेस हो भन्ने भ्रम छ भने त्यो भ्रम त्यागी दिए हुन्छ। कुनै समय अन्न उत्पादनमा मधेसको स्थान अग्रणी थियो, अहिले छैन। अहिले मधेसका शहरहरूलाई गुलजार बनाउने नाका (भंसार) हरू हुन्। खेत, खरिहान होइन।

देश र जनतालाई धनी तुल्याउने ’अष्ट ज’ को प्रचुरता पहाडमा छ, मधेसमा होइन। अष्ट ज (जमिन, जलवायु, जल, जडिबुटी, जल, जराजुरी, जनावर, जनशक्ति) लाई नेपालको आर्थिक विकासको आधार स्तम्भ मान्ने गरिन्छ। यो तथ्य ‘अष्ट ज’ का प्रमुख अभियन्ता, जो यस विषयसँग सम्बद्ध प्रोफेसर पनि हुन्, डा दुर्गा पौडेललाई सोधे हुन्छ। पौडेल नेपालमा अष्ट जको विकास गर्न चाहन्छन् र त्यसका लागि उनले तराईलाई पनि उत्तिकै फोकस गरेका छन्।
यस्ता तथ्य मधेसी नेताहरू सामु प्रस्ट हुँदाहुँदै पनि किन उनीहरूले मधेसलाई पहाडदेखि अलगथलग पार्न खोजेका हुन्? यो बुझ्न गार्हो छैन। मधेसलाई अलगथलग पार्नुमा केही मधेसी नेतहरूले आफ्नो हित देखिरहेका छन्, सामान्य जनताले होइन। तर उनीहरूको यस किसिमको कार्यले मधेस झन् गरिब भएर जानेछ। जनकपुर चुरोट कारखाना बन्द भएपछि जनकपुरको अर्थव्यवस्थामा कस्तो असर पर्यो, जनकपुरको जनतालाई सोधे हुन्छ।
नेताहरूले गरेका सङ्घर्ष र आन्दोलन जनहितमा हुन्छ भन्ने भ्रम जनताले मनबाट हटाए हुन्छ। मधेसको जनतालाई अधिकारसम्पन्न तुल्याउन गरिएको आन्दोलनको क्रममा विभिन्न क्षेत्रहरूको ‘नाकाबन्दी’ ले सर्वाधिक मधेसको जनता नै प्रभावित भयो भन्ने तथ्य कसैबाट लुकेको छैन। यो त लघुकालको असर हो। दीर्घकालमा पर्ने असर त अझै गम्भीर र डरलाग्दो छ। यदि माथि भनिएका कारणहरूले गर्दा वीरगंजको आम्दानी कम भएमा यस क्षेत्रको जनताले त दु:ख पाउने नै छ, यो शहरको भविष्य पनि ‘भैंसे’ जस्तो हुनेछ। व्यापारिक गतिविधिमा र्हास आउँदा कुनै शहरको स्थिति कस्तो हुन्छ भन्ने उदाहरण हेर्न हेटौंडाको नजिक रहेको भैंसेलाई लिए हुन्छ।
पहिले जब वीरगंजबाट काठमाडौ पुग्न भैंसे हुँदै जानुपथ्र्यो, भैंसे अति गुलजार थियो। त्यहाँ व्यापारिक गतिविधिहरू निकै बढी हुन्थे। भैंसेका होटल सञ्चालकहरूलाई खान तयार गर्न भ्याइ नभ्याइ हुन्थ्यो। कहिलेकाहीं नभ्याएर ग्राहकलाई बासी खाना पनि दिन्थे रे। तर जब बजार मुगलिंगतिर सर्यो, काठमाडौ जाने बसहरू भैसे होइन, मुगिलंग भएर जान थाले, भैंसे बजार सुकेर गयो। एउटा प्रख्यात व्यापारको केन्द्र भैंसे केवल अवशेष बन्यो। नाकाहरूको विकास एवं विस्तार चीनको सीमातिर भएमा वीरगंज लगायत मधेसका अन्य शहरहरूको स्थिति भैसे जस्तो हुन समय लाग्ने छैन।
नेताहरूले केवल आगो लगाइदिने कार्य गर्छन्, तर त्यस आगोमा जल्छ जनताको घर र ज्यान। सुडानबाट टुक्रयाएर अर्को देश, ‘साउथ सुडान’ को स्थापना गरेपछि साउथ सुडानको जनताले के पायो? अहिले साउथ सुडानबाट सर्वाधिक गरिब नागरिक सुरक्षा र रोजगारको खोजीमा युरोपतिर पलायन भइरहेको छ। सिरियामा गरिएको ससस्त्र सङ्घर्ष जुन प्रजातान्त्रिक अधिकारहरूको माग गर्दै गरिएको थियो, अहिलेसम्ममा त्यहाँका दुई लाख नागरिकको ज्यान लिसकेको छ भने दसौं लाख नागरिक संसारको अनेक मुलुकमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन्। सिरियाका नागरिक अहिले सोच्दै छन्, के बशर–अल–असदको विरोधमा गरिएको सङ्घर्ष उपयुक्त थियो?
तसर्थ मधेसलाई माया गर्ने बुद्धिजीवीहरूले के सही र के गलत भन्न अब ढिलो गर्नु हुँदैन।
विश्वराज
अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 18, 2015
Saturday, December 12, 2015
Poem of The Week-I Had No Answer
I Had No Answer
The
other day, when I was passing by a building,
my little
daughter asked me, “Dad, what is this?”
“This is the police office”, I replied.
“What is
it for?”
I said,
“It controls crime by enforcing the laws.”
“Why do people
commit crime?”
“It is
human nature.” I tried to escape the question.
“Do animals
commit crime?”
I had no
answer.
The other day, when I was passing by another building,
she asked
me again, “What is it?”
“This is the parliament building. This is a place where elected people make rules to
govern the people.” I said.
“Why do people need to be governed? Why can’t they live free?”
“If
there are no rules and laws, there will be anarchy.” I explained.
“Do animals
need laws?”
I had no
answer.
The
other day, when I was passing by yet another building, she asked me again.
“What is
this building for, dad?”
I
replied, “This is the supreme court. This is the place where people are given
punishment for their wrong doings.
“Why can’t
people behave properly without the courts? Do animals need courts?”
My
daughter continued, “Can I ask you a different question?”
“Sure.”
I replied.
With an astonished face she asked, “Dad, aren’t we taught that humans are more
civilized than animals, although they do not need police office, parliament and
courts?”
I had no
answer.
Does
anybody know the answer?
Bishwa R. Adhikari
Friday, December 11, 2015
Inexperienced Leaders's Myopia-Article-191
अनुभवहीन नेता: कलाविहीन नाटक
नेपालका नेताहरूमा देखिएको अनुभवको अभाव तथा व्यक्तिगत एवं दलगत स्वार्थले गर्दा नेपालको गरिबी अझै कति डरलाग्दो स्थितिमा पुग्ने हो यो समय–बिन्दुमा अध्यधिक चिन्ताको विषय भएको छ । माओवादीहरूले मचाएको ‘अर्थ न बर्थ गोविन्द गाई’ को अति रक्तपातपूर्ण दस वर्षे सङ्घर्षले नेपाललाई पच्चीस–तीस वर्ष पछाडि धकेलेको थियो । आर्थिक विकासका जति पनि आवश्यक एवं महत्त्वपूर्ण संरचनाहरू थिए, माओवादीहरूले ध्वस्त पारेका थिए । आर्थिक विकासको गति सुस्त मात्र होइन, उल्टो दिशामा दौडाएका थिए । गरिबी हटाउन गरेको आन्दोलनमा उल्टो देशमा अभूतपूर्व किसिमले गरिबी बढाएका थिए किनभने माओवादी सङ्घर्षकालमा नै ठूलो सङ्ख्यामा नेपालीहरू रोजगारका लागि वा शरणार्थी भएर विदेशतिर लाग्न बाध्य भएका थिए ।
माओवादीहरूले जस्तो किसिमको उरान्ठ्याउलो काम गरेका थिए, जस्तो अनुभवहीनता देखाएका थिए, त्योभन्दा बढी बचकाना एवं अनुभवहीनता अहिले आन्दोलनरत मधेसी नेताहरूले देखाइरहेका छन् । उनीहरूको यो लम्बिंदो सङ्घर्षले नेपालको आर्थिक विकासलाई चालीस–पचास वर्ष पछि पुर्याउने देखिएको छ । माओवादीहरूले आफ्ना रक्तपातपूर्ण सङ्घर्षहरूले केवल गाउँ एवं जिल्लाहरूमा बढी केन्द्रित पारेका थिए र त्यसले गर्दा ती क्षेत्रहरू अधिक प्रभावित भएका थिए । तर समग्र देशको आर्थिक विकासको गति सुस्त भए तापनि ठ्याप्प रोकिएको भने थिएन । जीवन निर्वाहका लागि आवश्यक पर्ने खाद्य सामग्री र प्राणरक्षाका लागि अत्यावश्यक औषीिहरूको ओसार प्रसारमा कुनै रोकावट थिएन । तर अहिले मधेसी नेताहरूले केवल अहं र चुनावी स्वार्थका लागि मचाएको रडाँकोले देशलाई निर्जीव तुल्याइदिएको छ । यातायातमा पुर्याएको अवरोधले गर्दा देश रक्तसञ्चार रोकिएको बिरामी जस्तो भएको छ । किनभने आधुनिक अर्थव्यवस्थामा यातायातलाई देशको रक्तसञ्चार मान्ने गरिन्छ । तराईको भलो गर्छु भनेर हिंडेका नेताहरूको अनुभवहीन कार्यले गर्दा सम्पूर्ण देशवासी आवश्यक भोजन (पकाउने इन्धनको अभावले) र प्राणरक्षा गर्ने औषधिको अभावले गर्दा मृत्युको नजिक पुग्ने स्थितिमा छन् । चार महिनाभन्दा बढी समयसम्म नाका र यातायात अवरुद्ध गरेर के देश र जनताको भलो हुन्छ ? नेताहरूमा किन यो स्तरको अनुभवहीनता देखिएको होला ? नेपाललाई अझ कति गरिब तुल्याउला उनीहरूको यस्तो व्यवहारले ?
मधेसी नेताहरूले भन्ने गरेका ‘मधेसका जनतालाई अधिकार सम्पन्न पार्न र आर्थिक खुशहाली प्रदान गर्न गरिएको आन्दोलन’ ले मधेसमा नै अभूतपूर्व किसिमले गरिबी बढ्ने सङ्केत देखिएको छ । गरिबी कसरी बढ्ने छ ? यस प्रश्नको उत्तर लामो हुने भएकोले ज्यादै छोटकरीमा उत्तर प्रस्तुत गर्न चाहन्छु । त्यो पनि केवल दुई प्रतिनिधि उत्तर । पहिलो– मधेसी दलहरूको सङ्घर्ष (नाका अवरोध) मा भारत सरकारले गरेको अघोषित अति सहयोगले गर्दा नेपालका भारत नजिक रहन खोज्ने दलहरू (नेपाली काङ्ग्रेस, एमाले, राप्रपा) लाई भारत सरकारको यस कार्यले यति बढी झस्काएको छ कि उनीहरूले अब भोलिका दिनमा राजनैतिक सम्बन्धलगायत उद्योग व्यापार वृद्धि गर्न उत्तर (चीन) तिर सम्पर्क बढाउन जोड दिनेछन् । भारतप्रति अति निर्भरता कम पार्दै लग्नेछन् । रसुवागढी, ओलाङ्चुङगोला, किमाथान्का र विशेषगरी तातोपानी जस्ता नाका बढी प्रयोगमा ल्याउन खोज्नेछन् । जसले गर्दा ती क्षेत्रमा आर्थिक कारोबार बढ्न गई वीरगंज, भैरहवा, बुटवल, नेपालगंज, विराटनगर जस्ता तराईका समृद्ध शहरहरू, जसले छेउछाउका गाउँहरूलाई पनि आर्थिक विकासमा सहयोग पुर्याएका छन्, आर्थिक अवन्नतिको दिशामा अग्रसर हुनेछन् । यो तथ्य मधेसी नेताहरूलाई बुझ्न समय लाग्नेछ ।
दोस्रो–लगानीकर्ताहरूले न क्षेत्रीयता हेर्छन्, न साम्प्रदायिकता न भाषा नै । हेर्छन् भने केवल राम्रो मुनाफा । भोलिका दिन मधेस यसरी नै अशान्त रहेमा लगानीकर्ताहरू दक्षिण (मधेस) होइन, उत्तर (पहाड) तिर लगानी गर्नेछन् । क्रयशक्तिको हिसाबले पनि नेपालका उत्तरका बजारहरू दक्षिणका बजारभन्दा निकै बलिया छन् । दक्षिणका बजार क्षेत्रका क्रेताहरूमा अहिले पनि खर्च गर्ने बानीको यथेष्ठ विकास हुन सकेको छैन । दक्षिणकाहरूले कठोर बचत गर्नुलाई आर्थिक प्रगतिको मूल साँचो मान्दछन् र खर्च गर्नुलाई फाल्तु कार्य ठान्दछन् । तर अमेरिका र युरोपको आर्थिक विकासले के देखाउँछ भने मुलुकको आर्थिक विकास गर्न नागरिकहरूमा बढी खर्च गर्ने बानी अनिवार्यरूपमा हुनुपर्ने रहेछ । मुलुकको अर्थ व्यवस्था खराब हुन थालेको समयमा यता सरकारले नै खर्च गर्न भनी नागरिकहरूलाई पैसा (Stimulus Money) बाँड्दछ ।
अनुभवहीनको संज्ञा केवल मधेसी नेताहरूलाई दिएर पहाडे नेताहरूलाई चोख्याउनु यस आलेखको आशय भने होइन । एमाले, काङ्ग्रेस एवं अन्य दलका नेताहरूमा पनि अनुभवको अत्यधिक अभाव देखिएको छ । काङ्ग्रेस र एमालेको सत्ता मोह पनि देशको लागि कम घातक छैन ।
संविधान जारी भएर नयाँ सरकार गठन गर्दा एमाले र नेपाली काङ्ग्रेसको संयुक्त सरकार गठन भएको भए अहिलेको जस्तो स्थिति आउने थिएन । तर सत्ता मोह र अनुभवहीनताले गर्दा काङ्ग्रेस सरकारमा आएन, अर्कोतिर भएभरिका रोडा र कोडा स्वभावका सबै कम्युनिस्टहरू मिलेर सरकार बनाए । रोडा र कोडा स्वभावका कम्युनिस्टहरूले सत्तामा आउनासाथ आफूलाई अति राष्ट्रवादी प्रदर्शन गर्न भारतलाई गाली गर्न आरम्भ गरे । एक त नेपालमा कम्युनिस्ट सरकारको गठनले गर्दा नै दक्षिण एसियालगायत विश्व राजनीतिलाई झस्क्याइदिएको थियो । अर्काेतिर दक्षिण एसियामा चीनको प्रभाव बढ्न थाल्यो भनेर भारतलाई विश्वका नेताहरूले यो डर देखाएर नेपालमा भारतले गर्ने हरेक हस्तक्षेप जायज हो भनी प्रमाणित गर्न सजिलो पनि भयो । अमेरिका, बेलायत, जर्मनी, फ्रान्सलगायत युरोपियन युनियनका राष्ट्रहरूलाई आफ्नो पक्षमा ल्याउन भारत सरकारलाई सजिलो पनि उत्तिकै भयो । रोडा र कोडा स्वभावका कम्युनिस्टहरूको भारतमाथिको गाली वर्षाले आगोमा घ्यू थप्ने कार्य गर्यो जुन भारतले प्रमाणको रूपमा विश्वलाई देखाउन चाहन्थ्यो र त्यो देखाएर नेपालमाथि कडा भएर भारत प्रस्तुत हुन चाहन्थ्यो । हुन पनि अहिलेसम्म विश्वका शक्तिशाली राष्ट्रहरूले भारतको नेपालप्रतिको यस्तो व्यवहारलाई गलत भनेर कठोर आलोचना गरेका छैनन् ।
कुनै पनि मुलुकले अर्को मुलुकसँग प्रतिस्पर्धा गर्दा वा चल्तीको भाषामा ‘पंगा’ लिंदा पहिले आफूलाई आर्थिकरूपमा सक्षम र स्वावलम्बी तुल्याउनुपर्दछ । सक्षम नपारी गरिएको प्रतिस्पर्धा ‘दौरा न सुरवालको खल्ती’ मात्र प्रमाणित हुन्छ । त्यस्तो प्रतिस्पर्धाको परिणाम, जनताले ज्यँदै दु:ख पाउनु हुन आउँछ । प्रधानमन्त्री केपी ओलीको भारतसँगको प्रतिस्पर्धा पनि त्यस्तै देखिएको छ । उनको अति राष्ट्रवादले जनताले पाउनुसम्म दु:ख पाइरहेको छ । नेपालको अर्थव्यवस्था (यातायात, निर्यात, आयात) भारतमाथि भारी मात्रामा आश्रित त छ नै, स्वास्थ्य सेवाको लागि नेपालीहरूले भारतको मुख ताक्नुको अर्को विकल्प छैन, मौजुदा परिस्थितिमा । भारतमाथिको अति निर्भरता (राजनैतिक र आर्थिक) कम पार्न ओलीको यो सोचलाई असल मान्न त सकिन्छ होला तर व्यावहारिक भन्न सकिंदैन । भोलिका दिनहरूमा ओलीको राष्ट्रवाद यथार्थ थियो वा सत्तामा रहने दाउ, त्यो भविष्यले नै देखाउला । तर अहिले, यसरी, ओलीमा पनि अनुभको कमी देखिएको छ । उनले मधेसी मोर्चा र भारतसँगको समस्यामा प्रतिस्पर्धा नभई कूटनीतिक चातुर्य देखाउनुपथ्र्यो । मधेसी दलहरूको विश्वास जित्नुपथ्र्यो, उखानको टुक्का भन्नुको सट्टा ।
अर्कोतिर, मधेसी जनताको प्रतिनिधित्व गर्छौं भनी दाबी गर्ने मधेसी मोर्चाका नेताहरू (महन्त ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र राय यादव) समस्या समाधानका लागि काठमाडौं दौडिनुको सट्टा दिल्ली दौडिनु र त्यहाँका विभिन्न नेताहरूलाई गुहार्नुले यी नेताहरूमा रहेको अनुभवहीनतालाई प्रस्टगरी उदाङ्ग पारेको त छ नै, मधेसी जनताको अपमान समेत पनि भएको छ । आफ्नो राष्ट्रमा विद्यमान समस्या समाधान गर्न विदेशीलाई गुहार्ने मधेसी नेताहरूको सङ्कीर्ण सोचलाई नेपालको कुनै पनि स्वाभिमानी मधेसीले सही भन्न सक्दैन । मधेसी नेताहरूले, मधेस मात्र होइन, विदेश जाँदा नेपालको नै प्रतिनिधित्व गरेर भारत गएका हुन् । त्यस किसिमले हेर्दा दिल्ली गएको बेला यी नेताहरूले नेपाली दूतावाससँग सम्पर्क राख्नु र दूतावासले गरेको व्यवस्था अनुसारको स्थानमा बस्नु कूटनैतिक मार्यादा अनुरूप हुन आउँथ्यो । मधेसी नेताहरूले नेपाली दूतावासको सुविधा प्रयोग गर्नु उनीहरूको हक पनि हो तर यसविपरीत उनीहरूले बाहिर, होटलमा बस्न रुचाए, अनि भारतको आतिथ्य स्वीकारे गरे । किन होला ? महन्त ठाकुरजस्तो अति अनुभवी र मधेसी राजनीतिको भीष्मपितामहले पनि कसरी स्वीकार गरे त्यो होटलको आतिथ्य ? बुझ्न गार्हो भएको छ ।
हालै मधेसी नेताहरूले दिल्लीमा भेटघाटको क्रम तीव्र पारिरहँदा भारतीय राज्यसभामा विपक्षी दलका नेता मणिशङ्कर अय्यरले विदेशमन्त्री सुषमा स्वराजलाई लक्षित गरी राज्यसभामा यस आशयका कुराहरू भनेका थिए–नेपालको संविधानसभामा मधेसबाट ११६ जना संविधानसभा सदस्य निर्वाचित भएर गएका छन् जसमध्ये १०५ जना सदस्यहरूले जारी यो नयाँ संविधानको पक्षमा मतदान गरेर आम मधेसीको स्वीकृति प्रदान गरेका छन् । केवल ११ जना निर्वाचित सभासद्हरूले मात्र यो संविधानको विपक्षमा मतदान गरेका छन् । यो संविधानलाई स्वीकार गरेका छैनन् । अहिले भारत भ्रमणमा रहेको मोर्चाका चार सदस्यहरूमध्ये तीनजनाले चुनाव हारेका छन् भने केवल एकजनाले मात्र जितेका छन् । जितेका एकजना (उपेन्द्र यादव) ले पनि, दुई स्थानमा प्रतिस्पर्धा गरेकोमा एक स्थानमा पराजित भएका थिए । मणिशंङ्करले यी कुराहरू राज्यसभामा भनिरहँदा मधेसी मोर्चाका नेताहरूलाई कति सम्मानित भएको बोध भएको होला त्यो मधेसी नेताहरूले बुझ्ने कुरा हो । होइन त ?
अर्को महत्त्वपूर्ण कुरा, नेपालले भारतको सुरक्षा शड्ढालाई आफ्नो राष्ट्रिय स्वाभिमानसँग हरफल जोडेर हेर्न मिल्दैन र हामीले हाम्रा सबै आन्तरिक कुराहरूमा आफैंले निर्णय गर्छौं भन्नु पनि नेपालका नेताहरूमा अर्को अनुभवहीनता हुन पुग्नेछ । अमेरिकाको टाँस्सिएको छिमेकी मेक्सिकोले रूससँग बीस वर्षे सुरक्षा सन्धि गरेमा के अमेरिका चुप लागेर बस्नेछ त ? यी अनुभवहीन नेताहरूले के बुझ्न आवश्यक छ भने भारतको सुरक्षा शड्कालाई ध्यानमा राखेर प्रवद्र्धन गरिएको नेपालको राष्ट्रवाद व्यावहारिक हुन्छ । फेरि अर्को महत्त्वपूर्ण कुरा, नेपाली राष्ट्रियता बलियो तुल्याउने हो भने सर्वप्रथम नेपाललाई आर्थिकरूपमा आत्मनिर्भर र सक्षम तुल्याउनुपर्दछ । नेताहरूमा स्वार्थ होइन त्याग हुनुपर्दछ । एकता हुनु पर्दछ ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 11, 2015

Friday, December 4, 2015
Why Is Birgunj Getting Sick?-Article-190
वीरगंज शहरको इतिहास हेर्ने हो भने यसको विकास कुनै धार्मिक वा राजनैतिक नभई व्यापारिक शहरको रूपमा भएको सजिलै थाहा पाउन सकिन्छ । यस शहरलाई व्यापारिक शहरको रूपमा विकसित गर्न यहाँका विभिन्न समुदायको महत्त्वपूर्ण योगदान छ। मारवाडी, पञ्जाबी, नेवार र गुप्ता, सर्राफ समुदायले भने खास भूमिका खेलेको पाइन्छ। वीरगंज वरिपरि यातायात सेवा विस्तार गर्न र ‘सेटेलाइट सिटी’ हरूको विकास गर्न मारवाडी र पञ्जाबी समुदायले आफ्नो ज्ञान, ऊर्जा, समय र पैसाको निकै लगानी गरेको अझै बढी उल्लेखनीय छ। निजगढ, चन्द्रनिगाहपुर वा हेटौंडा, नारायणघाट तिर दौडिने ट्रक वा बसहरूमा चालक पञ्जाबी रहेको र यसैगरी निजगढ, चन्द्रनिगाहपुर, बरहथवा, लालबन्दीतिर अन्न खरिदका लागि दौडिने गाडीहरू ब्रिजलाल केडियाको रहेको तीसको दसक स्मरण गर्दा यी दृश्यहरू आाखा अगाडि झल्झली आउँछ। कलैया, जीतपुर, सिमरा, निजगढ एवं चन्द्रनिगाहपुरलाई सेटेलाइट शहरको रूपमा विकास गर्न एवं ती शहरहरूमा व्यापारिक गतिविधि तीव्र पार्नमा केडिया परिवारको ठूलो योगदान छ। निजगढ, चन्द्रनिगापुर यस क्षेत्रका कान्छा तर तीव्र गतिमा आर्थिक विकास गर्ने शहरहरू हुन्। यी दुई शहरले सदरमुकाम कलैया र गौरलाई आश्चर्यचकित पार्दै अभूतपूर्व आर्थिक विकास गरे। आफूलाई आर्थिकरूपमा अति नै सक्षम पारे। र यो तथ्य धेरैलाई थाहा छ। वीरगंजस्थित केडिया परिवारको ‘राइस एन्ड फ्लोर मिल्स’ का लागि धान खरिद गर्न त्यस घरानाका बीसौं ट्रक पूर्वमा लालबन्दीसम्म पुग्थे।
वीरगंजमा व्यापार मात्र होइन, उद्योगको विकास पनि सन्तोषजनक किसिमले भएकोले वीरगंज र यस वपरपरका गाउँका युवकहरूले सजिलै रोजगार पाउँथे। पहाडका युवकहरू जस्तो रोजगारका लागि काठमाडौं नै पुग्नुपर्ने दरकार थिएन। वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, चुरोट कारखाना, सलाई कारखाना, बिडी कारखाना, चामल मिलहरू, स्टिल कारखाना, ज्योति फारम एवं उद्योग, जुन २०२५ सालभन्दा पहिले नै खुलिसकेका थिए, हजारौ व्यक्तिलाई रोजगार दिएका थिए। कृषि औजार कारखाना र वीरगंज चिनी कारखाना, जुन पूर्ण सरकारी लगानीमा स्थापना भएका थिए, वीरगंज मात्र होइन यस वरपरका अनेक गाउँ–छातापिपरा, परवानीपुर, कलैया, मोतिसर, इटियाही, बगही, जगरनाथपुर, लालपर्सा, लिपनिका सयौं व्यक्तिलाई रोजगार दिएर उनीहरूको आम्दानी बढाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। चीनी उत्पादन र उखु खेतीका लागि वीरगंजले नेपालभरिमैं ख्याति आर्जन गरेको थियो। यस शहरमा उत्पादन भएको चामल भारत मात्र होइन, बङगलादेश, मरिसस, सिंगापुरसम्म निर्यात हुन्थ्यो। चामल निर्यात गर्न भनेर नै तत्कालीन सरकारले ‘धान चामल निर्यात कम्पनी’ स्थापना गरेको थियो र त्यस कम्पनीको एउटा ठूलो शाखा वीरगंजमैं थियो। निष्कर्षमा भन्ने हो भने यो शहर आफ्नो व्यापारिक कार्यमा मात्र केन्द्रित रहने भारतको गुजरात राज्यजस्तो थियो । वा सिंगापुरजस्तो केवल कारोबारी बजार थियो। अमेरिकाको न्युयोर्कजस्तो वहुसांस्कृतिक, व्यापारिक शहर थियो। धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला कि जतिखेर काठमाडौंका सडकहरूमा जनताका मोटरहरू दौडिने गर्थेन त्यतिखेर वीरगंजले आफूलाई रेलसेवासँग जोडिसकेको थियो। भारतको रक्सौलदेखि वीरगंज हुँदै अमलेखगंजसम्म पुग्ने ‘नेपाल गभरमेन्ट रेल्वे’ को स्थापना सन् १९२७ मा भइसकेको थियो। करिब ९० वर्ष पहिले वीरगंजले आफूलाई उत्तरमा काठमाडौं र दक्षिणमा कलकत्ता, बनारस, लखनऊ, दिल्ली जस्ता भारतका प्रमुख शहरहरूसँग जोडिसकेको थियो। लगभग नेपालभरिका मानिस काठमाडौं जान वीरगंज आउँथे अनि रेल चढेर अमलेखगंज पुग्थे। त्यसपछि बस वा ट्रकमा चढेर भीमफेदी पुग्थे र त्यहाँबाट हिंडेर काठमाडौ पुग्थे । व्यापारिकरूपमा वीरगंज हरपल गुलजार रहेको इतिहास छ। यी तथ्यहरू यस क्षेत्रका नया पिढीका (युवाहरू) लाई थाहा नहुन सक्छ।
तर २०४६ र ४७ सालको राजनैतिक परिवर्तनले जब वीरगंजलाई नराम्रो गरी छुन शुरु गर्यो अनि पूर्वको त्यो ‘अनुत्पादक राजनीति’, जसले राजविराज र जनकपुरजस्ता आर्थिक विकासका बृहत् सम्भावना बोकेका शहरहरूको विकास हुन दिएको थिएन, वीरगंजमा पस्यो त्यो बेलादेखि नै वीरगंजको दूर्दिन शुरु भयो । बन्द, हडतालका सिलसिला एकातिर शुरु भए भने अर्कोतिर कारखानाको मालिक र कामदारबीच अनेक किसिमका कलह उत्पन्न भएर कलकारखानाहरू बन्द हुन थाले। पूर्वबाट पसेको ‘कुहिएको र विध्वंसात्मक राजनीति’ ले वीरगंजको उद्योगधन्दा मात्र चौपट पारेन, साथै सदीयौंदेखि दहीजस्तो जमेर बसेको वीरगंजेली समाजलाई राजनीतिको ठूलो कुटिल डाडूले टुक्राटुक्रा पारिदियो । अति राजनीतिले गर्दा वीरगंज अब भारतको कश्मीर हुन बेर नलाग्ने स्थितिमा पुगेको छ। वीरगंज अहिले हरेक किसिमका आन्दोलनहरूको ‘इपिसेन्टर’ हुन पुगेको छ। मधेस आन्दोलनका लागि त झन् वीरगंज रणभूमिमा रूपान्तरित हुन थालेको छ। स्थिति यस्तै रहने हो भने वीरगंज कश्मीर वा सिरिया हुन बेर लाग्ने छैन। वीरगंजका नागरिकको कानमा हरदम गोलाबारुदको आवाज गुन्जिने नियति बन्न बेर लाग्नै छैन, जस्तो अहिले कश्मीर वा सिरियाका नागरिकहरूले भोगिरहेका छन्।
अति राजनीतिले कुनै पनि शहर वा देश रणभूमिमा परिवर्तन हुन बढी समय लाग्दैन। उदाहरण हेर्न धेरै पर होइन, भारतको कश्मीरलाई हेरे पर्याप्त हुन्छ । सिरिया, लेबनान वा सुडानसम्म जानु पर्दैन। कुनै बेला कश्मीरलाई ‘जन्नत’ अर्थात स्वर्ग भन्ने गरिन्थ्यो। सन् १९८० भन्दा पहिले भारतमा निर्माण हुने अधिकांश हिन्दी सिनेमाहरूमा प्राय: एउटा दुईटा वा केहीमा धेरै दृश्यहरू कश्मीरकै हुने गर्दथ्यो। कश्मीरलाई लिएर एउटा गीत कुनै समयमा अति नै प्रचलित थियो । गीत थियो ‘हर चेहरा यहाँ कास तो हर जर्रा सितारा ए वादी, ए कश्मीर है जन्नत का नजारा। त्यस्तो जन्नतजस्तो कश्मीरलाई ‘स्वार्थी’ राजनीतिले अहिले कस्तो तुल्याइदिएको छ, सबैको सामु प्रस्ट छ, थप भन्नु पर्दैन। अहिले बाहिरका पर्यटक मात्र होइन, कश्मीरवासी स्वयं पनि कश्मीरदेखि डराउँछन्। भारत वा पाकिस्तान, कसको कारणले कश्मीरको चीरहरण भयो त्यो चर्चा भने म गर्न चाहन्नँ, मलाई राजनीतिमा रुचि छैन पनि। रुचि छ भने गरिब जनताको घरमा कसरी खुशहाली पुर्याउन सकिन्छ त्यस विषयको खोज, अनुसन्धान, एवं प्रस्तुतिमा।
आदरणीय पाठकवृन्द, म प्रसङग परिवर्तन गर्न चाहन्छु। नेपालमा २०३६ (सन् १९८०) सालमा तत्कालीन पञ्चायती व्यवस्थाको सरकारले पञ्चायती व्यवस्थामा सुधार ल्याउने वा वहुदलीय व्यवस्था लागू गर्ने भनी जनमत सङ्ग्रह गराएको थियो। मेरा एक परिचित पूर्वी पर्सा जिल्लाको एक गाउँमा मतदान अधिकृत भएर खटेका थिए। मतदान केन्द्रमा एकजना दृष्टिविहीन मतदानका लागि उपस्थित भए। नियम अनुसार मतदान अधिकृतले उक्त मतदाताको साथमा गएर उनको तर्फबाट छाप लगाएर बक्सामा मतपत्र हाल्नुपर्ने थियो । ती मतदान अधिकृतले आफूले रोजेको व्यवस्थामा, छनौट गरेर, मत खसाल्न सक्थे। आफू बहुदलीय व्यवस्थाको कट्टर समर्थक भएको हुनाले बहुदलीय व्यवस्था रोजेर त्यसमा छाप लगाउन सक्थे। तर उनले त्यस्तो नगरेर ती दृष्टिविहीन मतदातालाई प्रश्न गरे, प्रस्ट गरी भन्नुहोस्, तपाईंको आफ्नो इच्छा र निर्णय अनुसार कसलाई मत दिनुहुन्छ ? म तपाईंको तर्फबाट वहुदलीय वा सुधारिएको पञ्चायती व्यवस्था, कुन रोज्ने भनी छाप लगाइदिउँ ? मतदान अधिकृतको कान नजिक मुख लग्दै ती दृष्टिविहीन अधबैंसेले भने–निर्दलिया में छाप मार दीं। मतदान अधिकृत तीनछक्क परे। तीनछक्क किन परे भने ती दृष्टिविहीनले केही बेर पहिले बहुदलका समर्थक स्वयंसेवकहरूलाई आफूले बहुदलमा छाप लगाउने भनी कठोर वाचा गरेका थिए। पाठकहरूलाई स्मरण होला, त्यस बेला भएको जनमत सङ्ग्रहमा, पर्सा जिल्लामा निर्दलले जितेको थियो। अर्थात् सुधारिएको पञ्चायती व्यवस्था मन पराउनेहरूको सङ्ख्या अधिक
थियो।
अब यो माथिको प्रसङगलाई जोडौं । पर्सा जिल्लाभरिका नागरिकहरू नै धेरै किसिमका राजनीति दाउपेंचमा नलागी, आर्थिक प्रगतिका लागि स्थिरता रोज्ने मनोवृत्तिका हुन्। पर्सा जिल्ला आर्थिक खुशहाली रोज्ने जिल्ला हो। वीरगंज मात्र होइन, पर्सा जिल्लाका धेरै गाउँहरूले वीरगंजमा रहेका अनेक उद्योग एवं व्यापारिक घरानाको सम्पर्कमा रहेर व्यापारिक संस्कृति सिकेका छन्। त्यस अनुरूप आफूलाई ढालेका छन्।
तर पछिल्लो समयमा वीरगंज ज्यादै अशान्त हुन पुगेको छ। अति राजनीतिले गर्दा वीरगंजलाई र खासगरी यहाँका युवाहरूलाई नराम्रो मनोवैज्ञानिक असर पारेको छ। अति राजनीतिले कुहिएको आलुले झै यहाँका अति उद्यमी बासिन्दालाई दूषित पार्ने काम गरिरहेको छ।
जिम्मेवारी वीरगंजका नागरिकहरूको हातमा छ। वीरगंजलाई आर्थिकरूपमा सक्षम, खुशहाल र शान्त नगर बनाउने वा अति राजनीति हुने थलोको रूपमा विकास गरेर कश्मीर जस्तो तुल्याउने ? यो यक्ष प्रश्नको उत्तर वीरगंजका नागरिकहरूले नै दिनुपर्छ। यहाँ हुने उथलपुथलले वीरगंजका नागरिकहरूलाई नै बढी प्रभावित पार्ने हो, बाहिरकालाई होइन।
वीरगंजको प्रत्येक नागरिक आफैंमा एउटा वीरगंज हो। वीरगंजलाई समृद्ध बनाउने, आउने पुस्तालाई ‘गरीखान’ सजिलो परिदिने कि वीरगंजलाई राजनैतिक साँढेहरूको सिंगौरी खेल्ने स्थान किन बनाउने ? वीरगंजका नागरिकहरूले यो यक्ष प्रश्नमाथि गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ। गाउँतिर एउटा भनाइ निकै प्रचलित छ–अगलेसरा कौआले एउटा घरमा आगो खसाल्छ, त्यसमा आगो लगाउँछ, फेरि अर्को घरमाथि पुग्छ आगो खसाल्न। अगलेसराहरू काठमाडौबाट आऊन् वा पूर्वबाट, तिनलाई चिन्ने जिम्मेवारी वीरगंजवासीहरूको नै हो। इतिहासमा नै वीरगंजवासीले यसरी (२०७२ सालमाजस्तो) न कहिले माईस्थानको अष्टमी मेला मनाएका थिए न छठ नै। डर र त्रासबीच यी पर्वहरू मनाइए। यस्तो स्थिति अति राजनीतिको कारणले आएको होइन त ?
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, December 04, 2015
Monday, November 30, 2015
Poem of The Week-The Freedom
The Freedom
You
say you’re free
You
say you can do what you want to
You
say you enjoy the endless sky above you
You
say you can get what you want
You
say you can go anywhere you want to
When
you make these statements
A
flying bird above your head
Would
ask you
“Are
you kidding me?”
Why
have you confined yourself in a country?
Why
have you confined yourself in a race, caste, and ethnicity?
Why
have you confined yourself in a color?
Why
have you confined yourself in religion, faith, and ideology?
If
so, how are you free?
You
have been living in a cage all the time. Aren’t you?
A
bird’s questions will make you puzzled.
Your
answerless situation will make the bird laugh
Then
the bird will say
“Look
at me”
“I
am not within a country, a religion, a race, a faith, an ideology. Am I? “
Friday, November 27, 2015
Why is Popularity of Modi Decreasing? Article-189
मोदी किन असफल हुँदैछन् ?
‘लुडो’ नामको एक खेलमा खेलाडीका सामु धेरै किसिमका स्थितिहरू आउँछन् । त्यसमध्येको एक स्थिति हो, खेलको क्रममा खेलाडी (गोटी) ज्यादै माथि पुगिसकेको स्थितिमा त्यहाँ रहेको सर्पले खाएर खेलाडीलाई केही तल वा ज्यादै तल पुर्याइदिनु । कहिलेकाहीं यति तल पुर्याइदिन्छ कि माथि आउन निकै ठूलो समस्या उत्पन्न हुन्छ । अहिले राजनीतिक जीवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्थिति पनि लुडोको खेलाडीको गोटीको स्थिति जस्तो हुन थालेको छ । कुनै बेला चर्चाको शिखरमा पुगेको व्यक्ति अहिले चौतर्फी आलोचना खेपिरहेका छन् । नेपाल–भारतबीच उत्पन्न ताजा कटुताको कारण मोदीलाई नेपालको नजरबाट हेर्नेहरूले यो कुरा गरेका होइनन, मोदी आफ्नै देशमा पनि आलोचित हुन पुगेका छन् । भारतकै नेता, अधिकारकर्मी, बुद्धिजीवी (Think Tank) लगायत उनकै दलका केही नेताहरूले समेत पनि उनको ‘अति हिन्दूवादी सोच’ एवं छिमेकी देशहरूसँगको व्यवहारको सन्दर्भमा मोदी प्रशासनले लिएको अव्यावहारिक नीतिलाई लिएर उनको कटु आलोचना गरिरहेका छन् । भारतीय राष्ट्रिय काङ्ग्रेसलगायत अन्य विपक्षी दलहरूले मोदीको कार्यशैलीको आलोचना गर्नु त स्वाभाविक नै हो । प्रतिपक्षमा रहेकाहरूले त्यस्तो गर्छन् पनि।
मोदीको आलोचना गर्नेहरूले कल्पनाका आधारमा नभई उनका असफलताहरूलाई अगाडि सारेर उनको आलोचना गरेको दाबी गरिरहेका छन् । भारतका प्रख्याति प्राप्त एवं चर्चित व्यक्तिहरूले प्राप्त गरेका सम्मान एवं पुरस्कारहरू फिर्ता गर्ने घोषणा गर्नु, विहारमा सम्पन्न चुनावमा भाजपाको पराजय हुनु, भारतका अल्पसङ्ख्यक खासगरी मुस्लिम समुदायले आफ्नो असुरक्षा बढेको महसुस गर्नु, सदियौं पुरानो नेपाल–भारतबीचको सुमधुर सम्बन्ध अति नराम्रो स्तरमा बिग्रेर जानु, आम भारतीयहरूलाई गुजरातको आर्थिक प्रगति देखाएर अन्य राज्यहरूमा पनि त्यस्तै विकास हुनेछ भनी मोदीले चुनावको समयमा देखाएको सपना केवल ‘आकाशको फल’ मा रूपान्तरित हुनु जस्ता मुद्दाहरूलाई उनका आलोचकहरूले मोदीको व्यक्तित्वलाई तल झार्ने खुडकिलाहरूको रूपमा प्रस्तुत गरिरहेका छन् ।
मोदीले यस किसिमका आलोचनाहरू खेपिरहेको सन्दर्भमा नै मोदी प्रशासनलाई प्रतिकूल प्रभाव पार्ने किसिमको एक खबर भारतीय सञ्चारमाध्यमहरूले अहिले जोडतोडले छरिरहेका छन् । कतिपय फेसबुक प्रयोगकर्ताहरूले समेतले पनि त्यो खबरलाई सनसनीपूर्ण मान्दै आफ्नो ‘स्टेट्स’मा उल्लेख गरेका छन् । त्यो सनसनीपूर्ण खबर के हो भने भारतका चर्चित सिनेकर्मी आमिर खानले घुमाउरो पारामा तर उनकी पत्नी किरणले भने प्रत्यक्ष किसिमले, मुलुकमा बढ्दो असहिष्णुता (अल्पसङ्ख्यक मुस्लिमहरूमाथिको व्यवहार) को कारण आफूहरू र खासगरी आफ्नो सन्तानका लागि मुलुक असुरक्षित हुन पुगेको हुनाले उनीहरू कुनै अर्काे देशमा जाने सोचमा रहेको भनी उल्लेख गर्नु । भारतका सञ्चारमाध्यमहरूले यो खबरलाई प्रमुखताका साथ छापेका छन् । विदेशी सञ्चारमाध्यम बीबीसीलगायतहरूले पनि यो समाचार छापेका छन् ।
एक अर्काे प्रसङ्गमा, यसै वर्ष (सन् २०१५) को सेप्टेम्बर महिनामा प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको भ्रमणमा आएका थिए । भ्रमणको क्रममा उनी ‘सिलिकन भ्याली’ अवलोकन गर्न क्यालिफोर्निया पुगेका थिए । क्यालिफोर्नियाको भ्रमणको क्रममा नै मोदी फेसबुकको मुख्यालय पुगेर फेसबुकका प्रमुख मार्क जुकरबर्गलाई भेटेका थिए । भेटको क्रममा उनले जुकरबर्गसँग हात मिलाउँदा जुकरबर्ग निकै आलोचित हुन पुगेका थिए । आलोचक र खासगरी अधिकारकर्मीहरूले नरसंहारमा संलग्न रहेका हिन्दू अतिवादी मोदीसँग जुकरबर्गले हात मिलाएकोमा जुकरबर्गको अति आलोचना गरेका थिए । मोदीको हातमा रगत लागेकाले सो रगत जुकरबर्गको हातमा पनि सर्न पुगेकाले अधिकारकर्मीहरूले जुकरबर्गलाई ‘सेनेटाइजर’ले हात पुछ्न सल्लाह दिएका थिए । सेनेटाइजरका प्याकहरू जुकरबर्गकहाँ पुर्याउने घोषणासमेत पनि गरेका थिए । अधिकारकर्मीहरूले सन् २००२ मा भारतको गुजरातमा भएको जातीय दङ्गा, जसमा करिब २००० व्यक्तिहरूको हत्या भएको थियो र हत्या हुनेहरूमा प्राय: मुस्लिमहरू थिए, मा मोदीको पनि संलग्नता रहेको भनी मोदीको विरोध गरेका थिए । मोदीको विरोधमा भएको प्रदर्शनमा हिन्दूहरूसमेतले पनि भाग लिएका थिए । उनीहरूले मोदीले हिन्दूको आडमा रहेर हिन्दूहरूको बदनाम गरेको भनी आलोचना गरेका थिए ।
तर सन् २०१४ मा भारतमा भएको १६औं लोकसभाको चुनावमा मोदीले जुन चर्चा, ख्याति र सफलता पाएका थिए, त्यो आफैमा अभूतपूर्व त थियो नै साथै त्यो चुनावले उनलाई वायु वेगमा एक क्षेत्रीय नेताबाट राष्ट्रियस्तरको नेता तुल्याइदिएको थियो । प्रधानमन्त्री निर्वाचित हुनुपूर्व उनको राजनीति केवल गुजरातमा मात्र सीमित थियो । र, प्रान्तीय राजनीतिबाट माथि उठ्न सकेका थिएनन् । तर चुनावताका साउनको भेलझैं उर्लिंदो मोदीको ख्यातिले उनलाई विश्वस्तरको नेताको दर्जामा समेत पुर्याइदियो । मोदी भारतमा महात्मा गाँधीपछि दोस्रो ख्यातिप्राप्त व्यक्ति रहेको भनी भारतभित्र र बाहिर पनि चर्चा हुन पुगेको थियो । सन् २०१४ को चुनावताका, गुजरातमा मोदी नै मुख्यमन्त्री रहेको समयमा त्यहाँ सन् २००२ भएको त्यो जातीय दङ्गालाई मतदाताहरूले बिर्सेर मोदीप्रति ठूलो समर्थन देखाएका थिए । मोदीको राजनीतिक छवि कट्टर हिन्दूवादी भएता पनि गैरहिन्दूहरू, मुख्यगरी मुस्लिमहरूले, अभूतपूर्व किसिमले मोदीको समर्थन गरेका थिए । मोदीले आफ्नो जातीय छवि बिर्सेर आफूलाई आर्थिक विकासमा केन्द्रित गर्ने भनी आम भारतीयहरूले ठूलो आशा गरेका थिए । गुजरातको आर्थिक विकास जुन मोदीको योजना र नेतृत्वमा भएको थियो, त्यसले भारतीयहरूलाई ज्यादै नै आकर्षित एवं उत्प्रेरित गरेको थियो । तर प्रधानमन्त्री भएपछिको मोदीको कार्यशैलीले आम भारतीयहरूलाई निराश पारेको मात्र छैन, भारतीय अल्पसङ्ख्यकहरूले उनको कार्यशैलीलाई शङ्काको दृष्टिकोणले हेर्न पनि थालेका छन् ।
छोटो समयमा नै सफलताको शिखर चुम्ने, भारतीय राजनीतिमा दिग्गज कहलिएकाहरूलाई धेरै पछाडि पारेर सरल किसिमबाट उच्च सत्तारोहण (प्रधानमन्त्री पद ग्रहण) गर्ने मोदी यति छिट्टै नै किन असफलताको दिशातिर उन्मुख हुन पुगेका छन् त ? यस प्रश्नको उत्तर खोजौं ।
प्रधानमन्त्री मोदीले आफूलाई एक हिन्दूवादी नेताभन्दा माथि उठाउन सकेनन् । अति हिन्दूवादी सोचको घेरालाई तोड्न सकेनन् । भारत जस्तो अनेक धर्म, संस्कृति, भाषा आदि रहेको मुलुकमा त्यहाँका नेता (प्रधानमन्त्री) ले आफूलाई सबै नागरिकको प्रतिनिधि रहेको बोली मात्र होइन, व्यवहारद्वारा समेत देखाउनुपर्नेमा मोदीले सो गर्न सकेनन् । अति हिन्दूवादी सोचको कारण अति प्रतिभाशाली मोदी विश्वस्तरको नेता हुन सकेनन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा, दक्षिण अफ्रिकका नेता नेल्सन मन्डेला, भारतका नै महात्मा गाँधी आदिले आफूलाई कहिले पनि केवल खास समूहको नेताको रूपमा प्रस्तुत गरेनन् । सबै धर्म, संस्कृति (काला र गोरा) का व्यक्तिहरूको नेताको रूपमा प्रस्तुत गरे, विश्वस्तरको नेता भए । मोदीले भने यस्तो गर्न सकेनन् ।
कुनै खास धर्मप्रतिको अति लगाव वा धार्मिक कट्टरताको कारण विश्वस्तरको नेता हुन सक्ने व्यक्ति कसरी केवल एक समूहको नेता हुन पुग्छ भन्ने कुराको उदाहरण अहिले मोदी हुन पुगेका छन् । लोकसभाको पछिल्लो चुनावताका भारतभित्र एवं अन्तर्राष्ट्रियस्तरमा अति प्रसिद्धि आर्जन गरेका मोदी, दोस्रो गाँधीको रूपमा उदाएका मोदी, खास धर्मप्रति अति झुकावको कारण आफ्नो त्यो पहाड जस्तो विशाल व्यक्तित्वलाई धान्न नसक्ने स्थितिमा पुगेका छन् ।
अब नेपालको सन्दर्भलाई जोडौं । महन्थ ठाकुर, उपेन्द्र यादव आदि यस्ता नेता हुन्, जसमा आम नेपालीले प्रतिभावान् राष्ट्रियस्तरको नेताको छवि देखेका थिए । राष्ट्रिय राजनीतिलाई हाँक्दै मधेसका समस्यालाई केन्द्रमा पुर्याएर मधेसीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरेका थिए । मधेसको गरिबी न्यूनीकरण गर्दै मधेसीहरूको आँगनमा खुशी छर्ने, उनीहरूलाई अधिकारसम्पन्न तुल्याउने आशा गरेका थिए । तर यी नेताहरूको कार्यशैली र केवल खास क्षेत्रको नेता हुने सोचले गर्दा यी नेताहरूलाई राष्ट्रियस्तरको नेता हुन दिएन । यी दुईलगायत अन्य नेताहरूको कार्यशैलीले गर्दा मधेशका नागरिक नै बढी पीडित हुन पुगेका छन् । यी नेताहरूमा राजनीतिक कुशलता कम क्षेत्रीयताको सोच बढी हावी हुन पुगेको छ । मोदीको सोचमा धर्मले बढी स्थान पाए जस्तो ।
म एक मधेसीको नाताले (पहाडीमूलको भए तापनि म मधेसी हुँ) हार्दिक आग्रह गर्छु– महन्थजी, उपेन्द्रजी आउनुस् राष्ट्रिय राजनीतिमा प्रवेश गरेर मधेसीहरूको मागलाई बुलन्द पार्नुहोस् । तपाईंहरूमा त्यो क्षमता छ । तर नाकाबन्दी गरेर, छेकेर मुख्यगरी मधेसको जनतालाई दु:ख दिने काम नगर्नुहोस् । आफूलाई केवल क्षेत्रीय नेता नतुल्यानुहोस् । जानुस्, बरु सिहंदरबारमा पसेर लबिङ गर्नुस्, मधेसको पक्षमा समर्थन बटुल्नुस्, सिंहदरबारलाई अति दबाब दिनुस् । सीमानाका बन्द गर्ने कार्यले तपाईंहरूको राजनीतिक उचाइ त घट्ने छ नै मधेसको माग पनि कमजोर भएर जानेछ । मधेसको राजनीतिले नेताहरूमा कूटनीतिको माग गरिरहेको छ, बलको होइन । कि कसो ?
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, November 27, 2015

Subscribe to:
Posts (Atom)