Wikipedia

Search results

Friday, April 22, 2022

How Putin Is Committing Economic Crime?-Article- 371

 पुटिनको आर्थिक अपराध

रूसी राष्ट्रपति भ्लादिमीर पुटिन केवल हत्यारा मात्र होइनन्, उनी ठूला आर्थिक अपराधी पनि हुन्। उनको स्वेच्छाचारी एवं अराजक क्रियाकलापले गर्दा विश्व अर्थव्यवस्था अहिले ज्यादै सङ्कटग्रस्त हुन पुगेको छ। खासगरी गरीब राष्ट्रहरूको आर्थिक स्थिति झनै नाजुक हुने अवस्था उत्पन्न भएको छ।

पुटिनका सेनाहरूले अहिले युक्रेनमा ठूलो र बर्बर किसिमले नरसंहार गरिरहेका छन्। रूसी सेनाहरूले युक्रेनमा अहिले ह्दयहीन भएर क्षेप्यास्त्र र बमका वर्षा गरिरहेका छन्। अहिलेसम्ममा २० हजारभन्दा बढी युक्रेनीको ज्यान गइसकेको छ भने लाखौंका सङ्ख्यामा व्यक्तिहरू घाइते भएका छन्। कसैको हात छैन भने कसैको खुट्टा छैन। कोही जीवनभरका लागि अन्धा भएका छन्। बालकहरूसमेतको पनि हत्या गर्न बाँकी राखेका छैनन्, पुटिनका सेनाहरूले । आवासीय भवन त के अस्पतालसमेतमा पनि उनीहरूले बम वर्षा गरिरहेका छन्। त्यतिमात्र कहाँ हो र पुटिनका सेनाहरूले युक्रेनमा ठूलो सन्त्रास फैलाउनका लागि युक्रेनी महिला र युवतीहरूको सामूहिक बलात्कारसमेत पनि गरिरहेका छन्। रूसी सेनाहरूको ती कार्यहरू युक्रेनी समाचारमाध्यम एवं पश्चिमी सञ्चारजगत्ले भनेको आधारमा यी कुराहरू भनिएको होइन। हालसम्म एक किसिमले तटस्थ बसेको देखिए पनि आफ्नो आर्थिक फाइदाका लागि रूसको नजीक हुन पुगेको भारतका पत्रकारहरूले भनेको आधारमा यी कुराहरू भनिएको हो। भारतीय पत्रकारहरूले आफूहरूले आफ्नो आँखाले रूसी सेनाहरूले बलात्कार गरेका युक्रेनी महिलाहरूसँग भेट गरेको भनी समाचारहरूमा उल्लेख गरेका छन्। यसबाहेक भारतीय पत्रकारहरूले युद्धपीडित अनेकौं युक्रेनीहरूलाई भेटेको र उनीहरूसँग अन्तर्वार्ता लिएकोसमेत उल्लेख गरेका छन्।

राष्ट्रको लागि होइन केवल आफ्नो सत्ता लम्ब्याउनका लागि पुटिनले गरेको यो मानवताविरोधी एवं युद्ध अपराधका लागि उनी एक दिन अवश्य पनि अन्तर्राष्ट्रिय अदालतमा खडा हुनेछन् र स्लोभोदान मेलोसोभिचझैं सजाय भोग्नेछन्। पापले एक दिन अवश्य पनि धुरीबाट कराउनेछ।

पुटिनकै भनाइ ‘रूसलाई घेराबन्दीमा पार्न नाटोले युक्रेनलाई उपयोग गरेको र युक्रेनले नाटोको कुरा नमानेर रूसलाई सहयोग गर्नुको सट्टा उल्टो नाटोको बुई चढेर रूसलाई तर्साउन खोजेको’लाई पत्याउने हो भने पनि युक्रेनका राष्ट्रपतिलाई रूसको पक्षमा ल्याउने अन्य विभिन्न कूटनीतिक तरीकाहरू थिए। तर ती तरीकाहरूको प्रयोग गर्नुको साटो आफ्नो सत्ता लम्ब्याउन र रूसभित्र आफू राष्ट्रवादको नाममा लोकप्रिय हुन पुटिनले युक्रेनमाथि सैनिक कारबाही गर्नुलाई एक अति सुवर्ण अवसरको रूपमा देखे। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको आग्रहलाई बेवास्ता गरेको परिणामस्वरूप लाखौं युक्रेनीको हत्या गर्नु कुनै पनि दृष्टिकोणबाट उचित देखिंदैन। त्यस कारण युक्रेनमाथि रूसले गरेको आक्रमणका लागि रूस होइन मात्र पुटिनलाई जिम्मेवार ठहर गरेर इतिहासले उनीलाई मानवताविरोधी अपराधीको रूपमा प्रस्तुत गर्नेछ। युद्ध अपराधी ठहर गर्नेछ। 

तर यस आलेखमा भने हामी पुटिनको राजनीतिक होइन, आर्थिक अपराधबारे चर्चा गर्नेछौं। उनको यो दुष्कार्यले विश्व अर्थव्यवस्थालाई कसरी ठूलो खाडलमा खसाउँदै छ, त्यसबारे चर्चा गर्नेछौं।

पुटिनको आर्थिक अपराधलाई बुझ्न वर्तमान विश्व अर्थव्यवस्थाको प्रकृति र स्वरूप बुझ्न आवश्यक रहेकाले आउनुहोस् सर्वप्रथम त्यसलाई बुझौं।

वर्तमान विश्व अर्थव्यवस्था १९ र २०औं शताब्दीको जस्तो छैन। वर्तमान विश्व अर्थव्यवस्थाको प्रकृति एवं स्वरूप भिन्न र विशेष किसिमको छ। वर्तमान विश्व अर्थव्यवस्थामा प्रत्येक राष्ट्र विश्व अर्थव्यवस्थासँग अनिवार्य किसिमले जोडिनुपरेको छ। किन र कसरी?

वर्तमान विश्व अर्थव्यवस्थामा संसारका कुनै पनि राष्ट्रले आफ्नो देशलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु एवं सेवाहरू उत्पादन आफू स्वयम्ले नै गर्दैन। अमेरिका, जापान, फ्रान्स, जर्मनी जस्ता धनी राष्ट्रहरूले पनि गर्दैनन्।

वर्तमान विश्व अर्थव्यवस्थामा कुनै पनि राष्ट्रले आफ्नो देशमा उत्पादन गर्दा सस्तोमा उत्पादन गर्न सकिने वस्तुहरू मात्र उत्पादन गर्छन् र ती वस्तुहरूलाई महँगोमा बिक्री हुन सक्ने राष्ट्रहरूमा लगेर बिक्री गर्छन्। यसैगरी, कुनै पनि राष्ट्रले आफ्नो देशमा उत्पादन गर्दा महँगोमा उत्पादन हुने वस्तु आफ्नो देशमा उत्पादन गर्दैनन् र त्यो वस्तु अन्य राष्ट्रहरूबाट जहाँ सस्तोमा खरीद गर्न सकिन्छ, त्यहाँबाट सस्तोमा खरीद गर्दछन्। बुझ्न सजिलोको लागि यहाँ एउटा उदाहरण प्रस्तुत गर्दछु। अमेरिकाले संसारभरिमा नै सस्तोमा भटमास उत्पादन गर्दछ र आफ्नो देशमा उत्पादित भटमास महँगोमा विभिन्न राष्ट्रहरूलाई बिक्री गर्छ। खासगरी चीनलाई ठूलो परिमाणमा भटमास बिक्री गर्छ। त्यही अमेरिकाले फेरि ठूलो परिमाणमा तयारी लुगाहरू सस्तोमा चीनबाट खरीद गर्छ। अमेरिकाले आफ्नो देशभित्र ती तयारी लुगाहरू उत्पादन गर्ने हो भने उत्पादन लागत चर्को हुन पुग्छ। त्यस कारण अमेरिकालाई चीनबाट लुगाफाटो आयात गर्नु सस्तो हुन पुग्छ अनि चीनबाट आयात गर्छ।

आफ्नो देशभित्र उत्पादन गर्दा सस्तोमा उत्पादन हुने वस्तुहरू मात्र उत्पादन गर्ने र महँगो हुने वस्तुहरू आयात गर्ने। यसैगरी, आफ्नो देशमा सस्तोमा उत्पादन गर्न सकिएका वस्तुहरू विश्व बजारमा महँगोमा बिक्री गर्ने सामान्य सिद्धान्तमा रहेर अहिले संसारका लगभग सम्पूर्ण राष्ट्रले कार्य गरिरहेका छन्। यो कारणले गर्दा अहिले संसारका प्रत्येक राष्ट्र अन्तर्राष्ट्रिय अर्थव्यवस्थामा आबद्ध हुनुपरेको छ। परिमाणस्वरूप अहिले विश्वका प्रत्येक राष्ट्र अन्य राष्ट्रहरूमा निर्विकल्परूपमा आश्रित हुनुपरेको छ, जर्मनी ऊर्जाका लागि रूसमाथि आश्रित भएझैं। रूसबाट अहिले जर्मनीले ऊर्जा आयात नगर्ने हो भने जर्मनीको व्यापार र उद्योग अति प्रभावित भएर, उत्पादनमा ह्रास आएर, जर्मनीमा ठूलो बेरोजगारी हुने स्थिति उत्पन्न हुन सक्छ। त्यस कारण जर्मनीले नचाहँदा नचाहँदै पनि रूसबाट ऊर्जा आयात गर्नुपर्ने बाध्यात्मक स्थिति छ। 

पुटिनले युक्रेनमाथि हमला गरेर व्यापारको क्षेत्रमा रहेका विभिन्न राष्ट्रहरूको अन्तरनिर्भरतालाई नराम्ररी भत्काइदिएको छ। युक्रेनमाथि गरिएको हमलाले विश्वभरिमा तेल (पेट्रोलियम पदार्थ)को मूल्यवृद्धि मात्र गरेको छैन साथै तेलको आपूर्तिलाई अति अनिश्चितसमेत  पारिदिएको छ। यो कारणले गर्दा पनि नेपालमा तेलको भाउमा वृद्धि भएको हो र यो युद्ध जारी रहेमा तेलको भाउ झनै आकाशिनेछ। त्यस कारण नेपालमा पेट्रोल, डिजेलको मूल्य बढेकोमा नेपाली जनताले नेपाल सरकारको विरोध गर्नुको साटो रूसी दूतावासमा गएर पुटिनको आर्थिक अपराधको विरोध गरे बेस हुनेछ।

युक्रेनमाथि रूसी आक्रमणले गर्दा अमेरिका जस्तो विश्वको सर्वाधिक धनी राष्ट्रको पनि आर्थिक स्थिति समस्याग्रस्त हुन पुगेको छ। अमेरिकामा चालीस वर्षयता सर्वाधिक मुद्रास्फीति हुन पुगेको छ। अमेरिकामा अहिले विभिन्न उपभोक्ता वस्तुहरूको मूल्य १० देखि १५ प्रतिशतले वृद्धि भएको छ। अमेरिकाले ठूलो परिमाणमा युक्रेनबाट विभिन्न सामग्रीहरू आयात गर्दछ। युक्रेनबाट अमेरिकामा हुने आयात व्यवस्था यो युद्धले गर्दा अनिश्चित हुन पुगेको छ।

युक्रेनले ठूलो परिमाणमा खाद्यान्न युरोपका विभिन्न मुलुकहरूलाई निर्यात गर्दछ। अहिले युक्रेन युद्धरत हुन पुगेकोले उसको निर्यात व्यवस्था नराम्ररी प्रभावित हुन पुगेको छ र परिणामस्वरूप विभिन्न देशहरूमा सामानहरूको अभाव हुन पुगेको छ।

सजिलै सबैले बुझ्न सक्ने किसिमले भन्ने हो भने शान्त रहेको तलाउ (विश्व अर्थव्यवस्था)मा अर्थ न बर्थसँग पुटिनले ठूलो ढुङ्गा प्रहार गरेर हलचल (भताभुङ्ग) उत्पन्न गराइदिएका छन्। विश्व अर्थव्यवस्था अनिश्चित पारिदिएका छन्। र यो अनिश्चितताले गर्दा सर्वाधिक पीडित भने गरीब देशका नागरिकहरू हुनेछन्। गरीब देशका नागरिकहरू कोभिड–१९ को कुप्रभावको चपेटामा त थिए नै, अब पुटिनको दुष्कर्मको चपेटामा पर्नेछन्। संसारभरिका गरीबहरूको आर्थिक स्थिति झनै नाजुक हुनेछ।

संसारभरिका गरीब नागरिकहरूलाई पुटिनले आफ्नो दुष्कर्मले सताएका हुनाले नै यिनलाई आर्थिक अपराधी भन्नुपरेको हो।

धनी राष्ट्रहरूले आफ्ना अन्य विभिन्न स्रोतहरूको प्रयोग गरेर भएपनि आफ्ना देशका नागरिकहरूलाई आर्थिक सहयोग गर्नेछन् तर गरीब देशहरूलाई आफ्ना गरीब नागरिकहरूलाई आर्थिक सहयोग गर्न कठिन हुनेछ । विश्वमा गरीबी झन बढ्नेछ। यो कारणले गर्दा पनि पुटिनलाई आर्थिक अपराध गर्नबाट रोक्न अति आवश्यक छ ।

केवल आफ्नो उच्च महŒवाकाङ्क्षा पूरा गर्नका लागि पुटिनले जस्तोसुकै अपराध गर्न बाँकी राखेका छैनन्। रूसमा नै पनि रूस–युक्रेन युद्धको नराम्रो असर देखिन थालेको छ। रूसको आर्थिक स्थिति पनि सङ्कटग्रस्त हुन थालेको छ। रूस पनि विश्व अर्थव्यवस्थाको एक अङ्ग हो। रूसले ठूलो परिमाणमा विश्वका अनेक राष्ट्रहरूलाई ऊर्जा बिक्री गर्दछ। 

रूसको सञ्चारमाध्यम पुटिन नियन्त्रित भएकोले रूसको अर्थतन्त्रमा यो युद्धले पारेको असरको ठीकठीक जानकारी प्राप्त हुन सकेको छैन। तर जानकारहरू भन्छन्– रूसको आर्थिक स्थिति पनि सङ्कटनजीक पुग्दैछ। यो तथ्यको आधारमा पनि, रूसी जनताको लागि पनि, पुटिन एक आर्थिक अपराधी हुन्।



Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Sunday, April 17, 2022

https://eprateekdaily.com/2022/04/16/33215/

 

Monday, April 11, 2022

Interview With Desh Subba On Trans Philosophism

 

Trans Philosophism Is A Terminator

Desh Subba

Desh Subba was born in Nepal and lives in Hong Kong. He has been writing various books in 'Philosophy of Fearism'. His book 'Trans Philosophism' published in 2021. He is a founder of 'Philosophy of Fearism'. On its base, several books and articles have been written. Bishwa Raj Adhikari has interviewed him for Bishwa Darpan:

1. May we start the interview with the introduction of your writings?

I am Desh Subba. I have written different genres of literature. Since 1999, I have been concentrating on the 'Philosophy of Fearism'. It took a long time to shape a philosophy. I researched; consulted with professors and studied to support it. It was hard to find a clear outline. In the beginning, Fearism was a matter of mocking concept because it was hard to accept as philosophy. No one thought and heard such Fear+ism before. As for them, fear was an average thought as others’ emotions. It was true in a sense. It was the reason that it became a joke. It was not happening to me only. Most of the philosophers faced such difficulties. In my experience, people learn a piece of philosophy. A piece of learning cannot complete the learning process. We cannot understand if we start from the middle. It is the same as watching a movie after one minute or starting to read a book from the 2nd page. When we miss the beginning, then we get lost somewhere. It is the trend of our academic research and study. Suppose, somebody read Marxism and said I know Marxism. At least to know Marxism needs to reach to Socrates and Plato because thesis, antithesis, and synthesis came from Meno and 'The Republic'. Once Meno asked Socrates,

Meno: "Can knowledge (virtue is written in Wikipedia) learn and teach?"

Socrates: "Cannot because it exists within us".

Meno: "How to draw it out?"

Socrates: "Through dialectic method."

He was talking about conceptual knowledge. Until the synthesis, dialect must continue.

Similarly, word communism first came from Plato. He used it in how to rule Athens. He said, "Ruler and warrior class are not permitted to keep the private property because if they acquire private property, they can be corrupted." He had a fear of corrupting the state. In a social measure, he preferred the communist system. We are playing a role like scholars of Socrates. After conversing with scholars, he said, "We do not knowneither the sophists, nor the orators, nor the artists, nor Iwhat the True, the Good, and the beautiful are. But there is this difference between us: although they believe they know something; whereas, I, if I know nothing, at least have no doubt about it."

2. 'Philosophy of Fearism' is now widely read. Can you explain it in the simplest form? 

It is a philosophy as other philosophies. Its primary subject is fear. It looks at life and the world on its basis. It is my understanding; most of the influential philosophies have come from suffering, pain, pleasure, happiness, will, desire, etc. Fear was left behind, even some philosophers had given the place but it was negative, harmful, and secondary. We (fearists) are giving full focus on it. Its major quotes are "life is conducted, directed, and controlled by fear", and the "(Existence of) fear precedes essence". At present, politics, economics, education, healthcare, entertainment, and relation is conducted, directed, and controlled by fear of Covid19. It is very practical. It is not negative; it is the most positive motivator. We see the fear of pandemic activated government, scientists, and medicines. If it was not spread, it would not require the invention of medicine, insulin and issue the laws. We are not doing it just for Corona, we did since early civilization. The bottom line of our invention, development, and construction is fear.

3. End of last year, your new book 'Trans Philosophism' was published. Can you say some words about it?

It is a metamorphosis of 'Philosophy of Fearism' in one sense and terminator in another sense.  By name, if we go through, it has four words Trans+Philo+sophy+ism=Trans Philosophism.  It argues that the later philosophies have to turn on 'Trans Philosophism' way. It has operated, refuted, criticized, and fearmorphosed (metamorphosed) the political theory of Thomas Hobbes, Communist Manifesto, Of Grammatology of Derrida, postmodernism, the subaltern studies, ecological crisis and Existentialism. 

4. How can it be metamorphosis and terminator?

When the variant of philosophy comes that is a metamorphosis; if it strongly refutes and takes into an advanced level that is the terminator. Das Capital is an offspring of the Communist Manifesto. Several philosophies are in metamorphosis form. It is in Communism, Existentialism, modernism, postmodernism, etc. Some parts of Hegelian idealism (idea, or mind, or reason, spirit, or and Giest) is the metamorphosis of Purush and Prakriti of Sankhya philosophy. The spirit of Hegel and Purush of Sankhya has a common base; it has the potential to create matter. Similarly, the political theory of Hobbes, Locke, and Rousseau is a kind of metamorphosis because their first form is the state of nature. An animal is a living thing, so the same animal changes in different forms. An idea needs to change through philosophers. We cannot ignore the metamorphosis structure of the Communist Manifesto, Das Capital, Leninism, Maoism, and some other communists. If we see in the context of Nepal, there are plenty of metamorphosed offspring of communists. They are metamorphoses in the 'Trans Philosophism' terminology. 'Trans Philosophism' is a terminator because it terminates the previous meaning. In reality, fear is a terminator. It terminates other emotions. To look from a fearism point of view is fearmorphosis.

5. How is the development of Philosophy of Fearism?

It is growing to the adolescence stage. It will grow into teenagers and adults. On its base, almost 20 books and lots of articles have been written. Trans Philosophism is among them. Dr. Bhawani Shankar Adhikari has applied it in his Ph.D. dissertation. It is a healthy symptom. In some books, I involved myself. Several universities have kept it in reference lists. Within 8 years, its progress is zeal.

6. Do you have some words for readers?

It is my experience, if we want to learn philosophy, we must go back to 570 BC, and nevertheless, we miss the page. Around 600 BC is its beginning. As I said, reading from the 2nd page misguides our knowledge. 


Presented by: Bishwa Raj Adhikari



Saturday, April 9, 2022

Dictators Who Made Their Country Poorer-Article-370

 देशलाई कङ्गाल बनाउने तानाशाहहरू

सिङ्गापुरका लि क्वान यु, मलेशियाका महाथिर मोहम्मद, चीनका देङ सिआओपिङ आदिले आफ्नो देशलाई धनी तुल्याएर प्रसिद्धि कमाए। तर केही नेताहरूले भने देशलाई कङ्गाल पारेर कुख्याति कमाए। चर्को राष्ट्रवादको नारा घन्क्याए तर मुलुकलाई निर्धन पारे।

देशलाई कङ्गाल बनाउने तानाशाहहरूमध्ये रोबर्ट मुगाबेको नाम अग्रपङ्क्तिमा पर्दछ। जिम्बाब्वेका पूर्वराष्ट्रपति रोबर्ट मुगाबे देशको सर्वोच्च सत्तामा करीब ४० वर्ष आसीन रहे, त्यस अवधिमा देशलाई कङ्गाल नै पारे। उनको कार्यकालमा देशमा महँगी यतिसम्म बढ्यो कि मानिसहरू सामान खरीद गर्न झोलामा पैसा बोकेर बजार जानुपर्ने भयो। अर्थात् जिम्बाब्वेको मुद्राको क्रयशक्ति यति घट्यो कि क्रेताहरूले पैसा (जिम्बाब्वेको डलर) झोलामा बोकेर बजार जानुपर्ने भयो। बढी मूल्यका सामान खरीद गर्न त ठेलागाडामा पैसा बोकेर बजार जानुपर्ने स्थिति भयो। मुद्रास्फीति यतिसम्म बढ्यो कि जिम्बाब्वेको सरकारले एक सय ट्रिलियन डलरको नोट निष्कासन ग¥यो।

राष्ट्रवादको चर्को नारा दिएर सत्तामा पुगेका मुगाबेले देशलाई आर्थिकरूपमा बर्बाद पारे। चर्को राष्ट्रवादको नारा घन्क्याउने नेताहरू अति नै तानाशाह हुन्छन् र सत्तामा टिकिरहन उनीहरू देशलाई आर्थिकरूपमा बर्बाद पार्न पछि हट्दैनन् भन्ने कुराको बलियो प्रमाण मुगाबेले दिए। कस्तो अचम्म! मुगाबेको नेतृत्वमा भएको आन्दोलनले अल्पसङ्ख्यक गोरोहरूको जिम्बाब्वेमा रहेको सत्तामाथिको पकड खोसेर बहुसङ्ख्यक कालाहरूको हातमा पु¥याएको थियो। तर पछि त्यो आन्दोलन मुगाबेले आफ्ना सवर्ण कालाहरूको लागि गरेको नभएर आफू सत्तामा पुग्न गरेका रहेछन् भन्ने कुरा प्रमाणसहित प्रस्ट भयो।

अङ्ग्रेजहरू दक्षिण एशिया पस्दा दक्षिण एशिया वा त्यस वरपरकको कुन राष्ट्र आर्थिकरूपमा बलियो छ भनेर खोजी गरेका थिए। उनीहरूले त्यस बेलाको बर्मा, अहिलेको म्यान्मालाई अति धनी राष्ट्रको रूपमा पाएका थिए। अङ्ग्रेजहरू दक्षिण एशिया आउँदा पहिले बर्मा पसेका हुन् र त्यसपछि भारत आए। बर्मा त्यस बेलादेखिको धनी राष्ट्र हो। पहिले नेपाल, भारत, पाकिस्तान आदिबाट मानिसहरू काम गर्न वा रोजगारको लागि बर्मा जाने गर्दथे। बर्मामा अहिले पनि भारतीय एवं नेपालीहरूको बाक्लो बसोवास छ। त्यस्तो धनी राष्ट्र बर्मालाई त्यहाँका तानाशाह (सेनाका जनरल)हरूले कङ्गाल पारे। राष्ट्रवादको चर्को नारा घन्क्याउने सेनाका जनरलहरूले सत्तामा टिकिरहन बर्मालाई  कङ्गाल नै पारे। अहिले बर्मा यतिसम्म चीनप्रति निर्भर हुन पुगेको छ कि चीनले बर्मातर्फ सामान निर्यात गर्न रोक्का गर्ने हो भने बर्मा आर्थिकरूपमा टाट पल्टिने छ, श्रीलङ्काझैं। त्यहाँ हाहाकार हुनेछ।

सत्ताको चास्नीको स्वाद पाएका पाकिस्तानका तानाशाह (सेनाका जनरल)हरूले पाकिस्तानको शासन व्यवस्था त्यस देशको स्थापनाकालदेखि आफ्नो हातबाट बाहिर जान दिएका छैनन्। पाकिस्तानका प्रधानमन्त्रीहरू जननिर्वाचित भए तापनि उनीहरूले सेनाको इच्छा अनुसार काम गर्नुपर्छ। सेनाको इच्छाविपरित काम गर्ने प्रम सत्ताबाट बाहिरिनुपर्छ वा कुनै षड्यन्त्रको शिकार हुनुपर्छ। यसले गर्दा पाकिस्तानको कुनै पनि प्रमले अहिलेसम्म कार्यकालको सम्पूर्ण अवधि काम गर्न पाएको इतिहास छैन। हालका प्रम इमरान खानलाई सत्ताबाट बाहिर पु¥याउन त्यहाँका सेनाका जनरलहरू लागिपरेका छन्। सेनाका जनरलहरूको षड्यन्त्रको शिकार भएर नै त्यहाँका प्रम जुल्फिकार अली भुट्टोले फाँसीको सजाय पाएका थिए। पाकिस्तानका जनरलहरूले प्रम भुट्टोलाई फाँसीमा चढाएका थिए।

पाकिस्तानी सेनाका जनरलहरूले सत्तामा टिकिरहन पाकिस्तानलाई गरीब पार्दै लगेका छन्। साधन र स्रोतले भरपूर पाकिस्तान सेनाका जनरलको छायाबाट बाहिर आउने हो भने कम समयमा नै धनी हुन सक्छ। यस कुराको उदाहरणको लागि बङ्गलादेशको आर्थिक प्रगतिलाई लिन सकिन्छ। बङ्गलादेशमा सेनाका जनरलहरूभन्दा जननिर्वाचित नेताहरू राजनीतिकरूपमा बलिया छन्। तर अचम्मको कुरा के छ भने पाकिस्तानी सेनाका जनरलहरू आफूलाई नेताभन्दा अति राष्ट्रवादी मान्दछन्। त्यस्तो प्रचार गर्छन्। भारत र पाकिस्तान केवल केही घण्टाको अघिपछि बेलायताबाट स्वतन्त्र भएका हुन्। अहिले भारतको प्रतिव्यक्ति आय २,३१३ डलर छ भने पाकिस्तानको प्रतिव्यक्ति आय १,२५५ डलर छ। यी दुई राष्ट्रको प्रतिव्यक्ति आयको स्थितिको तुलना गर्दा पाकिस्तानका सेनाका जनरलहरू आफूहरू शक्तिमा रहन देशलाई धनी हुन दिइरहेका छैनन् भन्ने तथ्यको पुष्टि हुन्छ। पाकिस्तानमाझैं भारतमा सेनाका जनरलहरू बलिया छैनन् । उनीहरू सत्ता आफ्नो हातमा लिन चाहँदैनन्। र सत्ता उनीहरूको हातमा जान सक्ने स्थिति पनि छैन।

तानाशाहीमा अति कुख्यात उत्तर कोरियाका नेता किम जोङ उनले देशलाई आर्थिकरूपमा धराशयी नै पारेका छन्। उत्तर कोरियाका यी तानाशाह र यिनका भरौटेहरूले देशलाई दिन प्रतिदिन गरीब तुल्याउँदै लगेका छन्। आफ्नो सत्ता टिकाउन चीनको दास हुन पुगेका उत्तर कोरियाका तानाशाह वा नेताहरूले जनतालाई बन्दीझैं बनाएका छन् र देशलाई कारागारको रूपमा परिणत गरेका छन्। जबकि टुक्रिएर दुई कोरिया हुन पुगेको दक्षिण कोरिया अहिले एशिया मात्र होइन, विश्वकै धनी राष्ट्रहरूको श्रेणीमा पर्दछ। उत्तर कोरियाले गरीब राष्ट्रको पहिचान पाएको छ। राष्ट्रवादको नारा घन्क्याउन किम जोङ उन र उनका भरौटे (सेनाका जनरल)हरू पाकिस्तानका जनरलहरूभन्दा एक हात अगाडि छन्।

दक्षिण अमेरिकामा अवस्थित भेनजुयला विश्वमा नै सर्वाधिक पेट्रोलियम पदार्थ सञ्चिति भएको देश हो। भेनेजुयलासँग अहिले २९,९९,५३,००० ००० ब्यारेल तेल (पेट्रोलियम) सञ्चिति रहेको छ। तर यो देशको आर्थिक स्थिति अहिले नाजुक छ। देशको राजनीतिक स्थिति (तानाशाही) र आर्थिक दुरवस्थाले गर्दा यस देशको करीब एक तिहाइ नागरिकले देश छाडेका छन् र अन्य देशहरूमा राजनीतिक शरण लिएर बसेका छन्। कम्युनिस्ट नेताहरूले आफू सत्तामा बस्न भेनेजुयलालाई आर्थिक सङ्कटको स्थितिमा पु¥याएका छन्। अति गरीब तुल्याएका छन्। पहिले अर्थात् १४ वर्षसम्म ह्युगो चाभेजले यस देशमा तानाशाही कायम गरे भने अहले निकोलस मदुरोको तानाशाही कायम छ। भेनजुयलामा राष्ट्रपति मदुरोले तानाशाही कायम गरेको पनि नौ वर्ष जति भयो। मदुरो पनि भेनेजुयलाका अन्य नेता (विपक्षी)हरूलाई देशद्रोही देख्छन् र केवल आफू सर्वाधिक राष्ट्रवादी भएको नारा घन्काउँछन्। मजदूरहरूको नेता भएर राजनीतिमा प्रवेश गरेका मदुरो अहिले मजदूर (गरीब)हरूको रोजीरोटीको शत्रु बन्न पुगेका छन्। भेनेजुयलाको शासन व्यवस्थामा सदा पकड कायम राख्न मदुरोले धनी देश भेनजुयलालाई गरीब पार्दै लगेका छन्।

सिद्धान्तले प्रजातान्त्रिक तर व्यवहारले तानाशाही चरित्रका नेपालका नेताहरूले पनि नेपाललाई क्रमिकरूपमा गरीब पार्दै लगेका छन्। आफू शक्तिमा रहन यी नेताहरूले देशलाई क्रमिकरूपमा गरीब पार्दै लगेका छन्। सत्ताका लागि जहिले पनि षड्यन्त्रमा लीन यी नेताहरूको व्यवहारले गर्दा नै यो मुलुक गरीबीको दुष्चक्रबाट बाहिर आउन सकेको छैन । देशमा रोजगार छैन । कामको खोजीमा युवाहरू विदेशिनुपरेको छ।

नेपालका कम्युनिस्ट नेताहरूले त नेपाललाई गरीब बनाउन विशेष भूमिका नै निर्वाह गरेका छन्। नेपाललाई आर्थिकरूपमा अति कमजोर पार्न माओवादी नेताहरूले भने विशेष भूमिका निर्वाह गरे। पुष्पकमल दाहालको नेतृत्वमा भएको दश वर्षे जनयुद्धले नेपाललाई आर्थिकरूपमा वर्षौं पछाडि पा¥यो। जनयुद्ध नाम दिइएको त्यो अति रक्तपातपूर्ण सङ्घर्षले बैंक लुट्ने, निजी एवं सार्वजनिक भवन ध्वस्त गर्ने, प्रहरी एवं प्रशासनिक भवनहरू बमले उडाउने, बसमा बम पड्काउनेजस्ता कामहरू ग¥यो। त्यस जनयुद्धमा आर्थिक विकासका लागि आवश्यक अनेकौं भौतिक संरचना नष्ट भए। गरीबहरूका लागि भनेर गरिएको त्यो जनयुद्धले गरीबहरूको आर्थिक विकासका लागि केही गरेन। त्यस जनयुद्धको उपलब्धिको रूपमा बरु पुष्पकमल दाहाल र उनका परिवारहरूका सदस्यहरूले सत्ता सुख प्राप्त गरे। दाहाल प्रधानमन्त्री भए। जनयुद्धका नाममा ज्यान दिने, अङ्गभङ्ग हुने, यातना सहने माओवादी कार्यकर्ताहरू र उनीहरूको परिवारले के पाए?

नेपाललाई गरीब पार्नमा प्रजातन्त्रको आवरणभित्र तानाशाही गर्ने खोज्ने प्रजातान्त्रिक नेताहरू पनि उत्तिकै जिम्मेवार छन्। पाँचपटक नेपालको प्रधानमन्त्री हुने पुगेका शेरबहादुर देउवाको नेपालको आर्थिक विकासमा के योगदान रह्यो? केवल सत्ता र शक्तिका लागि राजनीति गर्ने देउवालाई आर्थिक विकासमा योगदान पु¥याउने नेताको रूपमा के नेपाली जनताले स्मरण गर्नेछ ? यो प्रश्नले देउवालाई सदैव पछ्याउनेछ।

२०४६ सालदेखि सक्रियरूपमा राजनीति गरिरहेका र तीन दशकदेखि नेपालको राजनीतिलाई आफ्नोवरिपरि घुमाउन सफल भएका तथा प्रमसमेत पनि भइसकेका व्यक्तिहरू केपीशर्मा ओली, झलनाथ खनाल, माधव नेपाल आदिको नेपालको आर्थिक विकासमा के योगदान रह्यो, नेपालको इतिहासले अवश्य पनि प्रश्न गर्नेछ।

केवल सत्ता र शक्तिका लागि जहिले पनि षड्यन्त्र गर्ने र देशको आर्थिक विकासका लागि मिलेर होइन, नित्य गुट र फुटमा सक्रिय रहने नेपालका नेताहरू पनि देशलाई आर्थिकरूपमा कमजोर पार्नमा रोबर्ट मुगाबे, निकोलस मदुरो, किम जोङ उन, पाकिस्तानी र बर्माका सेनाका जनरलहरूझैं जिम्मेवार छन्।

Bishwa Raj Adhikari

akoutilya@gmail.com

Published in Prateekdaily on Friday April 08, 2022

https://eprateekdaily.com/2022/04/07/32934/