नेपालमा ब्यापार विकासका समस्या
नेपालमा
व्यापारको विकास किन व्यवस्थित किसिमले भएन? अहिले पनि हाम्रो व्यापार पद्धति किन परम्परागत छ? देशले उदार एवं बजार अर्थ व्यवस्था
अङ्गीकार गरे तापनि देश किन धनी हुन सकेन? तुलनात्मकरूपमा किन झन् गरीब हुँदै गएको छ? राष्ट्रिय रोजगारमा किन ठूलो सङ्कुचन
आएको छ? बहुसङ्ख्यक व्यापारीहरूले किन
दीर्घकालीन लगानी गरिरहेका छैनन्? बैंकहरूमा निक्षेप छ तर ऋण लिनेहरूले किन ऋण नलिएका होलान्? यस्ता अनेक प्रश्न छन्। र यी प्रश्नहरू
हामी आफैंले आपूmसँग सोध्नुपर्ने भएको छ।
हाम्रो
राष्ट्रिय व्यापारको विकास हुन नसक्नुका अनेक कारण छन्। ती कारणहरूको खोजी
गर्नुपूर्व अहिलेको युगमा व्यापारको महत्व झन् किन बढेको छ, त्यसबारे चर्चा गरौं। पचास–साठी वर्ष
पहिलेसम्म हामी आपूmलाई
आवश्यक पर्ने आधाभन्दा बढी वस्तु आफैं उत्पादन गथ्र्यौं। आफ्नो उपभोगका लागि
आवश्यक पर्ने तरकारी, फलफूल, मासु (पशुपालन), माछा, अन्न आदि आफैंले उत्पादन गथ्र्यौं। कपडा, जुत्ता, चप्पल, भाँडा, मेशीन, औजार आदि जुन आफैं उत्पादन गर्न सकिन्थेन, बजारबाट खरीद गर्दथ्यौं। त्यसकारण
हामीले बजारबाट खरीद गर्ने सामानहरूको सङ्ख्या कम थियो। अहिले स्थितिमा ठूलो
परिवर्तन आएको छ। अहिले हामी केवल श्रम उत्पादन गर्छौं। र त्यही एक श्रम उत्पादन
गरेर, त्यसलाई बजारमा बिक्री गरेर, बिक्रीबाट प्राप्त रकमले जीवन
निर्वाहका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री बजारबाट खरीद गर्छौं। आफूले
श्रमबाहेक केही पनि उत्पादन नगर्ने र बहुसङ्ख्यकले यस्तै गर्ने भएकाले हामी आफ्नो
श्रम बेच्न बाध्य छौं। हाम्रो श्रम बिक्री गर्न हामीलाई बजार चाहिन्छ। हामीले श्रम
बिक्री गर्नुपर्छ र यस्तो गर्न हामीलाई बजार अवश्य नै चाहिन्छ । बजारमा पुगेर
हामीले व्यापार गर्नुपर्छ। अर्थात् आफूसँग रहेको श्रम बिक्री गरेर आपूmलाई आवश्यक पर्ने अनेक सामग्री बजारबाट
खरीद गर्नुपर्छ। यो युगमा व्यापार हाम्रो लागि यस कारण आवश्यक हुन पुगेको छ। अति
महत्वपूर्ण यसरी हुन पुगेको छ।
एकातिर
व्यापार हाम्रो लागि अति महत्वपूर्ण हुन पुगेको छ भने अर्कोतिर
स्थानीय एवं राष्ट्रिय व्यापारको विकास हुन सकिरहेको छैन। के कस्ता कारणले गर्दा
हाम्रो राष्ट्रिय व्यापारको विकास हुन सकिरहेको छैन, आउनु होस् त्यसबारे चर्चा गरौं।
१. छिटो धनी हुने प्रवृत्तिः हामी जब व्यापारको स्थापना वा आरम्भ गर्छौं, त्यस्तो गरेको एक वर्षभित्र नै धेरै मुनाफा कमाएर करोडपति बन्ने उद्देश्य राख्छौं। व्यापार आरम्भ गरेको दुई–चार वर्षपछि मुनाफा होला भनेर कुर्दैनौं। मुनाफा नभएको दोस्रो वर्ष नै व्यापार बन्द गर्ने सोच राख्छौं। आज व्यापार ग-यो, भोलि करोडपति बन्ने हाम्रो प्रवृत्तिले गर्दा पनि हाम्रो राष्ट्रिय व्यापारको विकास हुन सकिरहको छैन। हाम्रो राष्ट्रिय प्रवृत्ति नै छिटो धनी बन्ने रहेको छ। तर व्यापार आरम्भ गरेको चार वा पाँच वर्षपछि मात्र राम्रो किसिमको मुनाफा प्राप्त हुन्छ। पहिलो, दोस्रो, वा तेस्रो वर्षसम्म मुनाफा पटक्कै नहुन सक्छ।
२.
अनुभव साझा गर्ने परम्पराको अभावः हामी कहाँ सफल वा अनुभवी व्यापारीहरू आफ्नो
सफलताको कथा वा अनुभव व्यापार गर्न खोज्ने वा सिक्नेहरूलाई सुनाउने चलनको सर्वथा
अभाव छ। यस्तो किन भएको हो बुझ्न कठिन छ। सफल वा अनुभवी व्यापारीहरूले आफ्ना
सन्तान वा परिवारका अन्य सदस्यलाई आफ्नो व्यापारिक अनुभव सिकाउँछन् तर व्यापार
गर्न खोज्ने अन्य व्यक्तिलाई सिकाउँदैनन्। आफ्नो व्यापारको गोप्यता वा सूत्र
सार्वजनिक होला भनी सोच्छन्, डराउँछन्। त्यस्तो सोच्नु सङ्कीर्ण प्रवृत्ति राख्नु हो। राष्ट्रिय
व्यापारको विकास होस्, देश
धनी होस् भन्ने फराकिलो उद्देश्य राखेर त्यस्ता व्यापारीहरूले आफ्नो अनुभव
सर्वसाधारणलाई साझा गर्नुपर्छ। विदेशतिर सफल व्यापारीहरूले आफ्नो अनुभव सर्वसाधारणलाई साझा गर्ने चलन
मात्र होइन, अनेक संस्था नै स्थापना भएका हुन्छन्
जुन संस्थामा पुगेर अनुभवी एवं सफल व्यापारीहरूले आफ्नो अनुभव साझा गर्छन्।
३
व्यापारिक प्रवृत्तिको अभाव: केही दशक पहिलेसम्म व्यापार कुनै निश्चत वर्गले गर्ने
हो भन्ने मान्यता हाम्रो समाजमा व्याप्त थियो। तराईतिर केही निश्चित जातीय समूह, जस्तै मारवाडीहरू व्यापारमा बढी संलग्न
हुन्थे भने पहाडतिर नेवारहरू। केही जातीय समूह भने व्यापार गर्नु आफ्नो
परम्पराविरुद्ध हो भनी ठान्थे। व्यापारलाई अन्य पेशाजस्तो लिने गरिन्थ्यो। सरकारी
जागीरलाई सम्मानित पेशा मानिन्थ्यो। बहुसङ्ख्यक व्यक्तिले व्यापारलाई पेशाको रूपमा
अङ्गीकार गरेको पाइन्थ्यो। यस किसिमको सोच अहिले पनि हाम्रो समाजमा व्याप्त छ।
अहिले पनि बहुसङ्ख्यकले व्यापार गर्ने रुचि देखाएको पाइँदैन। राष्ट्रिय व्यापार
विकासको लागि यो प्रतिकूल स्थिति हो।
४
त्रुटिपूर्ण शिक्षा नीति: हाम्रो जीवनमा व्यापारको महत्व कति छ भन्ने कुरा माथि नै उल्लेख
गरिसकियो। विडम्बना! यति महत्वपूर्ण व्यापार, तर व्यापार सिकाउने हाम्रो शिक्षा प्रणालीमा कुनै व्यवस्था छैन।
हाम्रा स्कूल एवं विश्व विद्यालयहरूले पनि विद्यार्थीहरूलाई केवल सैद्धान्तिक
शिक्षा प्रदान गर्छन्। व्यावहारिक ज्ञान दिंदैनन्। केही वर्ष पहिलेसम्म पनि हामी
कहाँ कपाल काट्ने,
लुगा
सिउने, गाडी मरम्मत गर्ने, स्टोभ बनाउने, भवन निर्माण गर्ने जस्तो जनशक्ति
उपलब्ध थिएन। त्यस्तो जनशक्ति भारतबाट आउँथ्यो र रोजगार पाउँथ्यो। अहिले पनि
हाम्रा स्कूल, कलेजहरूले बेरोजगारी उत्पादन गर्ने
कार्य गरिरहेका छन्। व्यापार गरेर जीवन निर्वाह गर्न सकिन्छ भन्ने ज्ञान
सिकाउँदैनन्, व्यापार गर्ने तरीका सिकाउँदैनन्।
शिक्षा पूर्णरूपमा कर्मकाण्डी छ।
५ सानो काम ठूलो काम: कामलाई सर्वाधिक महत्व दिएर जुनसुकै काम पनि पूर्ण गौरव एवं सन्तुष्टिपूर्वक गर्ने चलन हाम्रो समाजमा छैन। तथाकथित सानो भनिएका कार्य गर्नेलाई अहिले पनि हाम्रो समाजमा इज्जत दिने चलन छैन। तथाकथित ठूलो काम गर्नेलाई इज्जत दिने र सानो काम गर्नेलाई हेप्ने हाम्रो चलनले गर्दा पनि हाम्रा युवाहरू देशभित्र सानोतिनो काम गर्न रुचाउँदैनन् तर त्यही वा त्यस्ता किसिमका काम विदेशमा खुशीखुशी गर्छन्।
नेपालमा
भाँडा माज्ने कम पनि गर्ने भन्नेहरू अमेरिका, अस्ट्रेलिया, बेलायत पुगेर त्यही भांडा माज्ने काम खुशी भएर गर्छन्। भाँडा माज्ने
कार्यलाई हामीले सम्मान नदिएकोले त्यस्तो भएको हो। सबै काम महत्वपूर्ण हुन्छ। काम सानो वा ठूलो हुँदैन।
काम गर्न पाउनु गौरवको कुरा हो। यस्तो भावनाको विकास हाम्रो समाजमा हुन सकेको छैन।
यो कारणले पनि सानो वा ठूलो जस्तो पनि काम हाम्रा युवाहरू विदेशमा गएर गर्न तयार
हुन्छन् नेपालमा भने गर्दैनन्।
६
अति राजनीतिः हाम्रो समाजमा राजनीति अति नै व्याप्त छ। शहर मात्र होइन, गाउँगाउँभित्र राजनीति पसेको छ। तर
विकासको लागि होइन, व्यक्तिगत
स्वार्थको लागि राजनीतिले अति महत्व पाएको छ। स्थिति यस्तो भएकोले
युवाहरू आफैं कुनै रोजगार सृजना गरेर, आफैंले आफ्नो लागि कुनै रोजगार सृजना गर्ने तर्फ लाग्नुको सट्टा कुनै
दल वा कुनै नेताको झोला बोक्न तयार हुन्छन्। व्यापार गर्नतिर लाग्दैनन् । अहिले
एकथरी समूहमा राजनीति राम्रो पेशा हुन पुगेको छ। नेताको झोला बोक्नु रोजगारको
राम्रो स्रोत हुन पुगेको छ। एउटै व्यक्तिलाई सातपटक प्रधानमन्त्री तुल्याएर आउने
सात पीढीसम्मलाई बेरोजगारी बनाउन कुनै दल वा नेताको झोला बोक्नुको सट्टा
स्वाभिमानसहित स्वयं कुनै व्यवसाय सञ्चालन गरेर जीवनयापन गर्ने सोच अहिले पनि धेरै
युवामा पलाउन सकेको छैन।
७
नयाँ व्यवसाय सृजना गर्ने प्रवृत्तिको अभावः परम्परागतरूपमा चलेका व्यापारकै
अनुसरण गर्दै त्यस्तै व्यापार गर्ने तर नयाँ व्यापार सृजना नगर्ने चलन, हाम्रो समाजमा व्याप्त छ।
होटल, रेस्टुरेन्ट, पसल सञ्चालनजस्ता व्यापार परम्परागत
व्यापार हो । तर जस्तै ट्विटर, फेसबूक, गुगल
आदिजस्ता नयाँ व्यापार आविष्कार गर्नु भनेको परम्परागत व्यापारको अनुसरण नगरेर
नयाँ व्यापारको विकास गर्नु हो। माथि उदाहरणमा भनिएझैं हाम्रो समाजमा नयाँनयाँ
व्यापार विकास गर्ने चलन पटक्कै छैन। विदेशमा विकास भएका व्यापारहरूको अनुसरण
मात्र गर्ने सोचले हामी थिचिएका छौं। तर राष्ट्रिय व्यापारको विकास गर्न नयाँनयाँ
व्यापार सृजना गर्न आवश्यक हुन्छ। विश्वमा सर्वाधिक नयाँ व्यापारको सृजना
अमेरिकामा हुने भन्ने गरिन्छ।
नेपालमा
व्यापारको विकास नहुनुको मुख्य कारण भने राष्ट्रिय राजनीति सदा अस्थिर रहनु हो ।
नेताहरूको स्वार्थी चरित्रले गर्दा नेपालको राजनीति २०४६ देखि अस्थिर रहँदै आएको छ।
२०५२ सालपछि, माओवादनीहरूको ‘जनयुद्ध’ पछि, नेपालको राजनीति अकल्पनीय किसिमले
अस्थिर हुन पुग्यो। नेताहरूमा इमानदारीको उच्च अभाव देखियो। आफ्नो स्वार्थ
पूर्तिका लागि नेता जे पनि गर्न सक्ने स्थितिमा पुगे। सातपटक नेपालको प्रम हुने
इच्छा राख्नु लाजको विषय बनेन, प्रतिष्ठाको विषय बन्न पुग्यो।
नेपालको
अस्थिर राजनीतिलाई एकातिर पन्छाएर कुरा गर्ने हो भने माथि भनिएका कारणहरूले
नेपालको व्यापारको विकास हुन सकिरहेको छैन। माथिका कारणहरू राष्ट्रिय व्यापार
विकासका बाधक तत्व बन्न पुगेका छन्।
विश्वराज अधिकारी
akoutilya@gmail.com
Published in Prateekdaily: Friday, December 08, 2023
https://eprateekdaily.com/2023/12/08/59441/