Wikipedia

Search results

Monday, November 30, 2015

Poem of The Week-The Freedom

The Freedom


You say you’re free
You say you can do what you want to
You say you enjoy the endless sky above you
You say you can get what you want
You say you can go anywhere you want to
When you make these statements
A flying bird above your head
Would ask you
“Are you kidding me?”
Why have you confined yourself in a country?
Why have you confined yourself in a race, caste, and ethnicity?
Why have you confined yourself in a color?
Why have you confined yourself in religion, faith, and ideology?
If so, how are you free?
You have been living in a cage all the time. Aren’t you?
A bird’s questions will make you puzzled.
Your answerless situation will make the bird laugh
Then the bird will say
“Look at me”
“I am not within a country, a religion, a race, a faith, an ideology. Am I? “
“I’m enjoying true freedom and I’m more civilized than you.


Bishwa Raj Adhikari



Friday, November 27, 2015

Why is Popularity of Modi Decreasing? Article-189

मोदी किन असफल हुँदैछन् ?

‘लुडो’ नामको एक खेलमा खेलाडीका सामु धेरै किसिमका स्थितिहरू आउँछन् । त्यसमध्येको एक स्थिति हो, खेलको क्रममा खेलाडी (गोटी) ज्यादै माथि पुगिसकेको स्थितिमा त्यहाँ रहेको सर्पले खाएर खेलाडीलाई केही तल वा ज्यादै तल पुर्‍याइदिनु । कहिलेकाहीं यति तल पुर्‍याइदिन्छ कि माथि आउन निकै ठूलो समस्या उत्पन्न हुन्छ । अहिले राजनीतिक जीवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्थिति पनि लुडोको खेलाडीको गोटीको स्थिति जस्तो हुन थालेको छ । कुनै बेला चर्चाको शिखरमा पुगेको व्यक्ति अहिले चौतर्फी आलोचना खेपिरहेका छन् । नेपाल–भारतबीच उत्पन्न ताजा कटुताको कारण मोदीलाई नेपालको नजरबाट हेर्नेहरूले यो कुरा गरेका होइनन, मोदी आफ्नै देशमा पनि आलोचित हुन पुगेका छन् । भारतकै नेता, अधिकारकर्मी, बुद्धिजीवी (Think Tank) लगायत उनकै दलका केही नेताहरूले समेत पनि उनको ‘अति हिन्दूवादी सोच’ एवं छिमेकी देशहरूसँगको व्यवहारको सन्दर्भमा मोदी प्रशासनले लिएको अव्यावहारिक नीतिलाई लिएर उनको कटु आलोचना गरिरहेका छन् । भारतीय राष्ट्रिय काङ्ग्रेसलगायत अन्य विपक्षी दलहरूले मोदीको कार्यशैलीको आलोचना गर्नु त स्वाभाविक नै हो । प्रतिपक्षमा रहेकाहरूले त्यस्तो गर्छन् पनि।
    मोदीको आलोचना गर्नेहरूले कल्पनाका आधारमा नभई उनका असफलताहरूलाई अगाडि सारेर उनको आलोचना गरेको दाबी गरिरहेका छन् । भारतका प्रख्याति प्राप्त एवं चर्चित व्यक्तिहरूले प्राप्त गरेका सम्मान एवं पुरस्कारहरू फिर्ता गर्ने घोषणा गर्नु, विहारमा सम्पन्न चुनावमा भाजपाको पराजय हुनु, भारतका अल्पसङ्ख्यक खासगरी मुस्लिम समुदायले आफ्नो असुरक्षा बढेको महसुस गर्नु, सदियौं पुरानो नेपाल–भारतबीचको सुमधुर सम्बन्ध अति नराम्रो स्तरमा बिग्रेर जानु, आम भारतीयहरूलाई गुजरातको आर्थिक प्रगति देखाएर अन्य राज्यहरूमा पनि त्यस्तै विकास हुनेछ भनी मोदीले चुनावको समयमा देखाएको सपना केवल ‘आकाशको फल’ मा रूपान्तरित हुनु जस्ता मुद्दाहरूलाई उनका आलोचकहरूले मोदीको व्यक्तित्वलाई तल झार्ने खुडकिलाहरूको रूपमा प्रस्तुत गरिरहेका छन् ।
    मोदीले यस किसिमका आलोचनाहरू खेपिरहेको सन्दर्भमा नै मोदी प्रशासनलाई प्रतिकूल प्रभाव पार्ने किसिमको एक खबर भारतीय सञ्चारमाध्यमहरूले अहिले जोडतोडले छरिरहेका छन् । कतिपय फेसबुक प्रयोगकर्ताहरूले समेतले पनि त्यो खबरलाई सनसनीपूर्ण मान्दै आफ्नो ‘स्टेट्स’मा उल्लेख गरेका छन् । त्यो सनसनीपूर्ण खबर के हो भने भारतका चर्चित सिनेकर्मी आमिर खानले घुमाउरो पारामा तर उनकी पत्नी किरणले भने प्रत्यक्ष किसिमले, मुलुकमा बढ्दो असहिष्णुता (अल्पसङ्ख्यक मुस्लिमहरूमाथिको व्यवहार) को कारण आफूहरू र खासगरी आफ्नो सन्तानका लागि मुलुक असुरक्षित हुन पुगेको हुनाले उनीहरू कुनै अर्काे देशमा जाने सोचमा रहेको भनी उल्लेख गर्नु । भारतका सञ्चारमाध्यमहरूले यो खबरलाई प्रमुखताका साथ छापेका छन् । विदेशी सञ्चारमाध्यम बीबीसीलगायतहरूले पनि यो समाचार छापेका छन् ।
    एक अर्काे प्रसङ्गमा, यसै वर्ष (सन् २०१५) को सेप्टेम्बर महिनामा प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको भ्रमणमा आएका थिए । भ्रमणको क्रममा उनी ‘सिलिकन भ्याली’ अवलोकन गर्न क्यालिफोर्निया पुगेका थिए । क्यालिफोर्नियाको भ्रमणको क्रममा नै मोदी फेसबुकको मुख्यालय पुगेर फेसबुकका प्रमुख मार्क जुकरबर्गलाई भेटेका थिए । भेटको क्रममा उनले जुकरबर्गसँग हात मिलाउँदा जुकरबर्ग निकै आलोचित हुन पुगेका थिए । आलोचक र खासगरी अधिकारकर्मीहरूले नरसंहारमा संलग्न रहेका हिन्दू अतिवादी मोदीसँग जुकरबर्गले हात मिलाएकोमा जुकरबर्गको अति आलोचना गरेका थिए । मोदीको हातमा रगत लागेकाले सो रगत जुकरबर्गको हातमा पनि सर्न पुगेकाले अधिकारकर्मीहरूले जुकरबर्गलाई ‘सेनेटाइजर’ले हात पुछ्न सल्लाह दिएका थिए । सेनेटाइजरका प्याकहरू जुकरबर्गकहाँ पुर्‍याउने घोषणासमेत पनि गरेका थिए । अधिकारकर्मीहरूले सन् २००२ मा भारतको गुजरातमा भएको जातीय दङ्गा, जसमा करिब २००० व्यक्तिहरूको हत्या भएको थियो र हत्या हुनेहरूमा प्राय: मुस्लिमहरू थिए, मा मोदीको पनि संलग्नता रहेको भनी मोदीको विरोध गरेका थिए । मोदीको विरोधमा भएको प्रदर्शनमा हिन्दूहरूसमेतले पनि भाग लिएका थिए । उनीहरूले मोदीले हिन्दूको आडमा रहेर हिन्दूहरूको बदनाम गरेको भनी आलोचना गरेका थिए ।  
    तर सन् २०१४ मा भारतमा भएको १६औं लोकसभाको चुनावमा मोदीले जुन चर्चा, ख्याति र सफलता पाएका थिए, त्यो आफैमा अभूतपूर्व त थियो नै साथै त्यो चुनावले उनलाई वायु वेगमा एक क्षेत्रीय नेताबाट राष्ट्रियस्तरको नेता तुल्याइदिएको थियो । प्रधानमन्त्री निर्वाचित हुनुपूर्व उनको राजनीति केवल गुजरातमा मात्र सीमित थियो । र, प्रान्तीय राजनीतिबाट माथि उठ्न सकेका थिएनन् । तर चुनावताका साउनको भेलझैं उर्लिंदो मोदीको ख्यातिले उनलाई विश्वस्तरको नेताको दर्जामा समेत पुर्‍याइदियो । मोदी भारतमा महात्मा गाँधीपछि दोस्रो ख्यातिप्राप्त व्यक्ति रहेको भनी भारतभित्र र बाहिर पनि चर्चा हुन पुगेको थियो । सन् २०१४ को चुनावताका, गुजरातमा मोदी नै मुख्यमन्त्री रहेको समयमा त्यहाँ सन् २००२ भएको त्यो जातीय दङ्गालाई मतदाताहरूले बिर्सेर मोदीप्रति ठूलो समर्थन देखाएका थिए । मोदीको राजनीतिक छवि कट्टर हिन्दूवादी भएता पनि गैरहिन्दूहरू, मुख्यगरी मुस्लिमहरूले, अभूतपूर्व किसिमले मोदीको समर्थन गरेका थिए । मोदीले आफ्नो जातीय छवि बिर्सेर आफूलाई आर्थिक विकासमा केन्द्रित गर्ने भनी आम भारतीयहरूले ठूलो आशा गरेका थिए । गुजरातको आर्थिक विकास जुन मोदीको योजना र नेतृत्वमा भएको थियो, त्यसले भारतीयहरूलाई ज्यादै नै आकर्षित एवं उत्प्रेरित गरेको थियो । तर प्रधानमन्त्री भएपछिको मोदीको कार्यशैलीले आम भारतीयहरूलाई निराश पारेको मात्र छैन, भारतीय अल्पसङ्ख्यकहरूले उनको कार्यशैलीलाई शङ्काको दृष्टिकोणले हेर्न पनि थालेका छन् ।
    छोटो समयमा नै सफलताको शिखर चुम्ने, भारतीय राजनीतिमा दिग्गज कहलिएकाहरूलाई धेरै पछाडि पारेर सरल किसिमबाट उच्च सत्तारोहण (प्रधानमन्त्री पद ग्रहण) गर्ने मोदी यति छिट्टै नै किन असफलताको दिशातिर उन्मुख हुन पुगेका छन् त ? यस प्रश्नको उत्तर खोजौं ।
    प्रधानमन्त्री मोदीले आफूलाई एक हिन्दूवादी नेताभन्दा माथि उठाउन सकेनन् । अति हिन्दूवादी सोचको घेरालाई तोड्न सकेनन् । भारत जस्तो अनेक धर्म, संस्कृति, भाषा आदि रहेको मुलुकमा त्यहाँका नेता (प्रधानमन्त्री) ले आफूलाई सबै नागरिकको प्रतिनिधि रहेको बोली मात्र होइन, व्यवहारद्वारा समेत देखाउनुपर्नेमा मोदीले सो गर्न सकेनन् । अति हिन्दूवादी सोचको कारण अति प्रतिभाशाली मोदी विश्वस्तरको नेता हुन सकेनन् ।
    अमेरिकी राष्ट्रपति बाराक ओबामा, दक्षिण अफ्रिकका नेता नेल्सन मन्डेला, भारतका नै महात्मा गाँधी आदिले आफूलाई कहिले पनि केवल खास समूहको नेताको रूपमा प्रस्तुत गरेनन् । सबै धर्म, संस्कृति  (काला र गोरा) का व्यक्तिहरूको नेताको रूपमा प्रस्तुत गरे, विश्वस्तरको नेता भए । मोदीले भने यस्तो गर्न सकेनन् ।
    कुनै खास धर्मप्रतिको अति लगाव वा धार्मिक कट्टरताको कारण विश्वस्तरको नेता हुन सक्ने व्यक्ति कसरी केवल एक समूहको नेता हुन पुग्छ भन्ने कुराको उदाहरण अहिले मोदी हुन पुगेका छन् । लोकसभाको पछिल्लो चुनावताका भारतभित्र एवं अन्तर्राष्ट्रियस्तरमा अति प्रसिद्धि आर्जन गरेका मोदी, दोस्रो गाँधीको रूपमा उदाएका मोदी, खास धर्मप्रति अति झुकावको कारण आफ्नो त्यो पहाड जस्तो विशाल व्यक्तित्वलाई धान्न नसक्ने स्थितिमा पुगेका छन् ।
    अब नेपालको सन्दर्भलाई जोडौं । महन्थ ठाकुर, उपेन्द्र यादव आदि यस्ता नेता हुन्, जसमा आम नेपालीले प्रतिभावान् राष्ट्रियस्तरको नेताको छवि देखेका थिए । राष्ट्रिय राजनीतिलाई हाँक्दै मधेसका समस्यालाई केन्द्रमा पुर्‍याएर मधेसीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरेका थिए । मधेसको गरिबी न्यूनीकरण गर्दै मधेसीहरूको आँगनमा खुशी छर्ने, उनीहरूलाई अधिकारसम्पन्न तुल्याउने आशा गरेका थिए । तर यी नेताहरूको कार्यशैली र केवल खास क्षेत्रको नेता हुने सोचले गर्दा यी नेताहरूलाई राष्ट्रियस्तरको नेता हुन दिएन । यी दुईलगायत अन्य नेताहरूको कार्यशैलीले गर्दा मधेशका नागरिक नै बढी पीडित हुन पुगेका छन् । यी नेताहरूमा राजनीतिक कुशलता कम क्षेत्रीयताको सोच बढी हावी हुन पुगेको छ । मोदीको सोचमा धर्मले बढी स्थान पाए जस्तो ।
    म एक मधेसीको नाताले (पहाडीमूलको भए तापनि म मधेसी हुँ) हार्दिक आग्रह गर्छु– महन्थजी, उपेन्द्रजी आउनुस् राष्ट्रिय राजनीतिमा प्रवेश गरेर मधेसीहरूको मागलाई बुलन्द पार्नुहोस् । तपाईंहरूमा त्यो क्षमता छ । तर नाकाबन्दी गरेर, छेकेर मुख्यगरी मधेसको जनतालाई दु:ख दिने काम नगर्नुहोस् । आफूलाई केवल क्षेत्रीय नेता नतुल्यानुहोस् । जानुस्, बरु सिहंदरबारमा पसेर लबिङ गर्नुस्, मधेसको पक्षमा समर्थन बटुल्नुस्, सिंहदरबारलाई अति दबाब दिनुस् । सीमानाका बन्द गर्ने कार्यले तपाईंहरूको राजनीतिक उचाइ त घट्ने छ नै मधेसको माग पनि कमजोर भएर जानेछ । मधेसको राजनीतिले नेताहरूमा कूटनीतिको माग गरिरहेको छ, बलको होइन । कि कसो ?

विश्वराज अधिकारी
 प्रतीक दैनिकमा प्रकाशित Friday, November 27, 2015
          

Saturday, November 21, 2015

Fiction of the Week-A Hangman's Confession


A Hangman’s Confession

While traveling to some South Asian countries, I was in a country which had highest death penalty rate for serious crimes in that region. I found myself excited to meet the person who was famous for hanging convicts.
I met the hangman in the second biggest city of the country. I told him I am from a news agency and would ask some questions. In the beginning he was hesitant, but quickly got agreed when I assured him that his name and address would be kept confidential.
I asked him “Are you happy with your present job?”
“Yes, I am. I am completely satisfied. There is no any doubt about it.” He continued, “I am happy with my job just like anyone else. Aren’t you happy with your job too?”
“I have never killed anyone but you have killed so many people.” I commented immediately.
“This is my job which provides me bread and butter “said the hangman. “While hanging convicts, I do not feel even for a second that I’m being inhuman “.
He continued, “I do not get emotional when I’m hanging them, I take that as my duty, nothing personal. While hanging someone, I focus on carrying out the assigned job and do not care to think that someone is going to die. Above all, I think, I have to complete the job within the given time”.   
“May I ask you a different question?” I asked.
“What reaction do people usually have when they are brought to the place where they are to be hanged?”
Those who have committed crime are normally silent but those who are innocent ask many questions.  Innocents ask same question; for what crime they are going to be hanged. They look very nervous as well.”
I asked another question, “You have hanged more than 300 people as you already said. Now you are in your early sixties. When you put rope around someone’s neck and put a black scarf to cover his or her face before hanging, don’t you feel that you are committing a crime by killing another human or do you think that you are the part of judiciary and just giving out a fair justice for the crime he or she has committed?”
He replied, “I have no emotion when I’m hanging someone. I think I am just performing my duty like anyone else. I already told you this. This is my job”.
“I will ask you a last question. Will you quit this job if you find something better that this?”
“No I am happy with my current job .I’m very used to it. It is very easy to perform.”

I came back to India, my home country. The hangman and his story got completely slipped out of my mind until I had an opportunity to visit that country five years later. I tried locating him without any luck. However, I found out from someone else that the hangman quitted his job and started a dhaba (a fast food restaurant) on one of the busiest streets of the city. Interestingly, He had made a move from a secured job (permanent job) to an uncertain future. I was hard pressed to find the motivation behind his move but  it did not take long for me to conclude: Taking someone’s life is not an ideal job for anyone no matter how tough they are!!

Bishwa Raj Adhikari

Friday, November 20, 2015

The Country Misguided By Its Citizen-Article-188

आफ्नै जनताद्वारा ठगिएको देश

नेपाली समाज अति अनुदार वा ज्यादै अंधविश्वासी होइन। यहाँ सहरी र अर्ध सहरी क्षेत्रमा मात्र होइन, ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई पनि शिक्षा र राजनैतिक चेतनाले छोएको छ। यहाँ पाकिस्तान वा अफगानिस्तानमा जस्तो अंधविश्वासी समाजले पोलियोको थोपा ख्वाउन गएका स्वास्थ्य कार्यकर्ताहरुको हत्या गरेको सुनिएको छैन। बरु यहाँको प्रगतिशील समाज, तराइ वा पहाडको होस, ले स्वास्थ्य कार्यकर्ताहरुलाई स्वागत र माया गरेको, उनीहरुको योगदानको कदर गरेको देखिएको छ। नेपाली समाजले स्वास्थ्य र अन्धविश्वास बीच भेद गरेको पाइएको छ। नेपाली समाज, इराकका कट्टर इस्लामिक धार्मिक संगठनहरु जस्तो पनि छैन जसले आफ्नै नागरिक एजिदी (गैर मुस्लिम) हरुको हत्या, वलत्कार गर्नुलाई अति पुन्यको कार्य गरेको अनुभूत गरोस। स्मरण रहोस, इराकका आइ यस (IS- Islamic State) नामक अतिवादी संगठनका कार्यकर्ताहरुले आफ्नै देशभित्रका एजिदीहरुलाई इस्लाम धर्मको पालन गर्न भनेकोमा, सो नगर्दा अटेर गर्ने पुरुषहरुको हत्या गरेको र महिलाहरुलाई यौनदाषी बनाएका समाचारहरु प्रकाशमा आएका थिए। र त्यस्तो गर्ने कार्य उनीहरुले अहिले पनि  जारि नै राखेका छन्। अन्तरार्ष्ट्रिय मानवाधिकार संगठनहरुको अनुरोधको अटेर गरेका छन्। नेपालमा त बरु सयौं वर्षदेखि, नेपाली समाजमा, हिन्दु र मुसलनमा मिलेर बसेको इतिहास  छ। गोरखा जिल्लाको केही गाउँका मुसलमान परिवारहरुले इस्लाम धर्म मानेता पनि मातृभाषाको रुपमा नेपाली बोलेको र नेपाली संस्कृति अपनाएको पाइन्छ।
साउदी अरेबियामा महिलाहरु सावारी साधनको चालक (मोटर-ड्राइभर) हुन पाउँदैनन्। त्यस्तो गर्न कानूनद्वारा नै मनाही गरिएको छ। नेपाली समाजमा पुरुष र महिलाहरु बीच, कुनै पनि किसिमको कार्य सम्पादनका लागि, कुनै पनि किसिमको विभेद छैन। पुरुषहरुले गर्ने कार्य महिलाहरुले पनि गर्न पाउने कानूनी मात्र होइन सामाजिक व्यवस्था समेत छ। त्यो व्यवस्था अन्तर्गत नै महिलाहरु नेपालमा विमान चालकदेखि बन्दुक बोक्ने (सरकारी) सेनासम्म भएका छन्। साउदी अरेबियमा हालै एक धर्मगुरुले “फतवा” जारि गर्दै भनेका थिए “पति भोको छ भने उसले आफ्नो पत्नीलाई मारेर  खान सक्छ।“ नेपाली समाजमा मुस्लिम समुदाय शिक्षा र स्वास्थ्यप्रति अति नै सजग छ, उदार छ। यहाँ मुस्लिम समुदायका पुरुषहरु मात्र होइन, महिलाहरु पनि राजनीतिमा सक्रियतापूर्वक लागेका छन्। राजनीतिको उच्चतहमा पुगेका छन्। करिमा बेगम (बीरगंज, पर्सा) को नामको चर्चाले पनि नेपाली मुस्लिम समाजमा महिलाहरु कति सचेत र जागरुक छन् भन्ने कुरा प्रष्ट हुन आउँछ। समग्रमा हेर्ने हो भने भारतमा भन्दा नेपालमा मुस्लिम महिलाहरु आफ्नो अधिकारप्रति निकै सजग र अगाडि छन्।   
नेपालमा, यौनदाषीको रुपमा वा शिक्षा हासिल गर्नबाट बंचित पार्नका लागि स्कुलबाट छात्राहरुको सोमिलियामा बोको हराम (एक अतिवादी धार्मिक संगठन) ले अपहरण गरेको जस्तो कसैले  अपहरण गरेको कुनै घटना भएको छैन। र यस्तो घटना हुँदैन पनि भनि ठोकुवा समेत गर्न सकिन्छ।
नेपाली जनता राजनैतिक रुपमा यति शिक्षित र सचेत छ कि यसले वर्षौ पुरानो सक्रिय राजतन्त्र एवं त्यसको पृष्ठपोषक पंचायति व्यवस्थालाई नेपालबाट सदाका लागि शान्तिपूर्ण किसिमले विदा मात्र गरेन, साथै प्रचीन राजतन्त्रलाई प्रजातान्त्रिक राजनैतिक व्यवस्थाद्वारा विस्थापित पनि गर्यो। नेपालको राजनैतिक व्यवस्था (पूर्ण प्रजातन्त्र) ले नागरिकहरुलाई निर्भिक भएर लेख्ने र बोल्ने पुरापुर स्वतन्त्रता दिएको छ। र यो स्वतन्त्रताको नागरिकहरुले व्यवहारीक उपयोग गरेका छन् पनि।  नेपालले हालै नया संविधान निर्माण गरी लागु समेत गरेको छ। यो संविधानको अन्तरार्ष्ट्रिय स्तरमा प्रशंसा गरिएको छ। हुन पनि प्रशंसा गरिनु पर्ने धेरै प्रावधानहरु  छन् पनि। राजनीति र उच्च पदमा महिलाहरुको सहभागितमा वृद्धि गरेर लैंगिक समानता कायम गर्न यो संविधानले एउटै लिंगको व्यक्तिहरु एकैपटक राष्ट्रपति एवं उपराष्ट्रपति हुन नपाउने व्यवस्था गरेको छ। अब नेपालमा, कुनै एक समयमा, पुरुष राष्ट्रपति भएमा महिला उपराष्ट्रपति र महिला राष्ट्रपति भएमा पुरुष उपराष्ट्रपति हुनु पर्ने भनी संविधानले नै व्यवस्था गरि दिएको छ।  
नेपालले प्रत्येक वर्ष यसका नागरिकहरुले विदेशबाट आर्जन गरेर पठाएको ठूलो रकम “रेमिट्यान्स” को रुपमा मात्र प्राप्त गर्दैन साथै उनीहरुले विदेशमा आर्जन गरेको महत्वपूर्ण ज्ञान, सिप, अनुभव दक्षता आदि पनि प्राप्त गर्दछ। आफ्ना नागरिकहरुले विदेशमा आर्जन गरेको ज्ञान, सिप आदिको स्वदेशमा गरिएको उपयोगबाट नेपालले धेरै लाभ प्राप्त गर्दछ पनि।   
नेपाल जलस्रोतका लागि धनी देश हो भन्ने कुरा उल्लेख गरि रहनु पर्दैन। हिमच्छादित नदी नालाहरु, जुन उच्च माथिल्लो सतहबाट अति होचो तल्लो सहत बग्छन, ले ठूलो मात्रामा जल विद्युत उत्पादनको बाटो खोलिदिएका छन्। जनकपुर, लुम्बिनी, पशुपतिनाथ, सगरमाथा आदिले पर्यटन व्यवसायलाई अति नाफामूखि मात्र होइन, नेपाललाई सांस्कृतिक रुपमा अति धनी पनि तुल्याइ दिएका छन्। यस बाहेक, यहाँको अनुकूल मौसम, जुन कृषिका लागि उत्तम मानिन्छ, ले विश्वमै प्रसिध्दि हासिल गरेको छ। जडिबुटी का साथै अनेक अनेक आय वृद्धि गर्ने प्राकृतिक साधनहरु पनि यहाँ उत्तिकै छन।
माथि उल्लेक गरिएका यति धैरै  भौतिक एवं बौद्धिक साधनहरु नेपालमा हुँदा हुँदै पनि, भौतिक र बौद्धिक पूर्वाधारहरुको पटक्कै अभाव नभएता पनि, नेपालमा विकासको गति किन यति सुस्त भएको होला? स्वभाविक किसिमले बाहेक योजनावद्ध किसिमले किन विकास नभएको होला? देशमा उद्योग, व्यवसाय, व्यापार नफष्टाएर लाखौको संख्यामा नेपालीहरु रोजगारीका लागि किन विदेसिनु परेको होल? अहिलेको यो समयमा यी प्रश्नहरु सर्वाधिक महत्वपूर्ण हुन पुगेका छन्। यक्ष प्रश्न हुन पुगेका छन्।
यी प्रश्नहरुको उत्तर खोज्न सतहमाथि होइन, सतहभित्र पस्नु पर्दछ। सतह तल पुगेर हेर्दा एउटा कुरा के प्रष्ट हुन आउँछ भने यहाँको जनताले गर्दा नै यो देशको स्थिति यस्तो हुन पुगेको हो। र यहाँको जनताले गर्दा नै यो देशको स्थिति यस्तो  भएको हो भन्न अब ढिलो गर्नु हुँदैन पनि। यो देशको स्थिति यस्तो हुनमा केवल नेताहरुलाई मात्र गालि गरेर जनता सर्लक्क पन्छिने परिपाटिको अन्त्य अब गर्नु पर्दछ पनि। 
अब, जनताको दोष के कुरामा र कसरि छ त्यो चर्चा गर्न पट्टि लागौं। अविवेकी, अदूरदर्शी, स्वार्थी, अयोग्य नेताहरुको पछि लाग्नु र चुनावमा उनीहरुलाई आप्नो क्षेत्रको विकासको सम्वाहक एवं प्रतिनिधि बनाएर पठाउने जस्तो कार्य जनताले गरेको हुनाले जनतालाई सर्वप्रथम र बढी दोषी मान्नु पर्दछ। जनताले योग्य नेताहरुको चयन गरेको भए, सक्षम व्यक्तिहरुलाई नेता मानेर उनीहरुको पछि लागेको भए आज देशको स्थिति यस्तो हुने थिएन। जनताले यस्तो अभाव, अस्त व्यस्त र अनिश्चितताको स्थिति देख्नु पर्ने थिएन। यसरी “नेपाल बन्द” हुने स्थिति सृजना हुने थिएन। 
तर अचम्म! अनवरतरुपमा जनता अयोग्य र स्थार्थी नेताहरुको पछि लागेर, आफैले नेताहरु द्वारा ठगिने वातावरणको श्रृजना गरिरहेको छ। जनताले स्वार्थी र असक्षम नेताहरुको आफैले चयन गरेर उनीरहको पछि लागेर उथलपुथल,  अनिश्चितता, गरिबी, वेरोजगारी र दुर्दशा नित्याएको उदाहरण धेरै छ, यहाँ केवल दुई उदाहरणहरुको मात्र चर्चा गरौ।
पहिलो उदाहरण: नेपाली जनताले माओवादी समूहका प्रचण्ड, बाबुराम जस्ता अव्यवहारीक एवं अदूरदर्शी नेताहरुको पछाडि लागेर, उनीहरुलाई चमत्कारी नेता मानेर बीस वर्ष बर्वाद गर्यो। मुलुकलाई विकासको उल्टो बाटोमा दौडायो। उनीहरुद्वारा नेतृत्व गरिएको माओवादी आन्दोलनको उद्देश्य यदि देशमा संसदीय वस्यवस्था ल्याउनु थियो (उनीहरु संसदिय व्यवस्थामा प्रवेश गरेकोले) भने किन १७००० व्यक्तिहरुको हत्या हुने गरी उनीहरुले रक्तपातपूर्ण संघर्ष गरे? जव यो संसदीय व्यवस्थामा उनीहरुलाई आउनु नै थियो  भने किन डरलाग्दो, रक्तपातपूर्ण युद्धहरु लडन जनता र सरकारलाई बाध्य पारे? किन यस्तो डरलाग्दो राजनैतिक नौटंकी गरे? त्यसकारण यस्ता अदूरदर्शी नेताहरुको पछि लाग्नु जनताको आफ्नै दोष होइन त?
दोस्रो उदाहरण: अहिले मदेसको जनता मदेसका केही अदूरदर्शी नेताहरुको पछि लागेको छ। सक्ति र पदको पछि दौडिने यी नेताहरु आफ्नो स्वार्थ पूर्ति हुने स्थिति आएमा कुनबेला मदेसी जनताका जायज मागहरु विच मै छाडेर जाने हुन भन् सकिंदैन। के मदेसीहरुको व्यवहारीक र न्यायपूर्ण माग यी नेताहरुले पूरा गराइ छाड्ने छन् भनेर कसैले ग्यारन्टी गर्न सक्ने स्थित छ? अनि यस्ता नेताहरुको पछि लाग्नुमा जनताको दोष छैन त? आफ्ना अनेक मागहरु पूरा गर्न यी नेताहरुले महिनौंदेखि नाकाहरु बन्द गरेर, राष्ट्रिय व्यापार एवं व्यवसाय ठप्प गरेर  देशमा जुन स्थित सृजना गरेका  छन् त्यो स्थितिले उल्टो जनता नै प्रभावित भएको छ। भोलिको दिनमा यी नेताहरुका माग पूरा भएमा पनि त्यसबाट जनता होइन, नेताहरु नै बढी लाभांदित हुनेछन्। किनभने नेताहरुद्वारा राखिएका मागहरुले न जनताको गरिबी र न रोजगारीसंग सम्बन्ध राख्दछ। त्यसकारण मदेसी जनताले आफ्ना हक अधिकारहरुसँग सम्बन्धित मागहरु  पुरा गर्नका लागि सरकार एवं राज्यसँग वार्ता एवं संघर्ष गर्न अर्का त्यस्ता नेताहरुको खोजी गर्नु पर्दछ जसले आफ्नो हित होइन, जनताक हितलाई परम ठानोस। अहिलेको जस्तो “बोर्डर सिज” गरेर, बजार पसल बन्द गरेर जनतालाई दुख नेदेओस। आफ्नै जनतालाई यस्तो दु:ख, पीडा केवल अव्यवहारीक एवं अदूरदर्शी नेताहरुले मात्र दिन्छन्।

विश्वराज अधिकारी
प्रतीक दैनििकमा प्रकाशित  Friday, November 20, 2015


Friday, November 13, 2015

A Unique Mathematics - Fiction of the week.

A Unique Mathematics


“My mathematics is unique and quite different from others as well. In my mathematics, one plus nine equals two.”
The learned man continued, “In every culture, if you accumulate the mental power of nine persons you get in total, the mental power of one person. The nine persons are always weak and the one person is always strong. The one person possesses the mental power of the nine persons. In this way, I can prove that nine plus one equals two. In another way, I can say that those nine persons, with their weak strength, make that one person strong enough to achieve his or her goals.”
The learned man added, “The warrior and ambitious leaders are examples of that one person and the followers are examples of those nine persons.  Adolf Hitler was that one person. He made millions of people walk behind him to make him successful and achieve the goals he set. His followers were those nine persons I described earlier. Alexander, Napoleon, Genghis Khan, Mao Zedong, Vladimir Lenin, Joseph Stalin, Benito Mussolini, and Hulagu Khan are also examples of that one person.”
“One versus nine is a natural law as well. In a jungle, one can observe, a herd of deer that never attack a tiger even though the tiger is alone and isolated and there are hundreds of deer in the herd. The deer just keep watching and stand still. The tiger could be defeated if the deer attack collectively. The tiger intrudes the herd, picks one deer, and starts killing it in front of the other deer. The rest of the deer just watch and can do nothing else except watch the scenario helplessly. The tiger does possess the strength and power of hundreds of deer. Hundreds of deer are weaker than a single tiger. Hundreds of deer equals one tiger. Again, it proves that nine plus one equals two.”

After listening to the learned man’s last statement, the surrounding people looked very eager to know more about his unique mathematics. 


Bishwa Raj Adhikari

Sunday, November 8, 2015

A Crow Worshiping Festival in Nepal

Crows Worshiping Festival 

Crows are worshiped on the day of "Kaag Pooja" all over Nepal on every November believing that the crows are incarnation of the god. In ancient time, the crows were messengers also and they delivered important messages to the people of different geographical locations, it is believed. They reached different difficult and extreme far locations with their flying skills to deliver the important messages.
Somewhere crows are the causes of giving birth to  the different plants. How it happens? When the crows eat ripped fruits they cannot digest its seeds and pass out the seeds in original condition. The passed out seeds start germination after getting contact with the soil and air. Finally, the seeds get the shape of different trees.

The other interesting fact about the crow is- setting a fire. Sometimes the crows grab a dried burning bush and drop it on the roof of different houses. The crows are smart enough to hold the non-burning end of the bush to be protected from the fire. Why the crows set fire? It is still unknown.

When a crow is killed by a hunter and fallen down on a surface, almost all the crows from the same community either walk or fly around the dead crow to express their condolences for a longer period.

The crows are considered very wise and clever in a bird kingdom.

On the day of "Kaag Puja", the crows worshiping day, crows are given different types of sweets, fruits, and other edible stuffs to eat from different households. The "Kaag Puja" is celebrated as a festival all over Nepal.    

Friday, November 6, 2015

Shouldn't the Public be Held Responsible?-Article-187

दोषी जनता पनि हुनुपर्ने होइन र ?

अहिलेका पुष्पकमल दहाल (द्वन्द्वकालीन प्रचण्ड) को कुनै समयमा टाउकोको मोल पचास लाख तोकिएको थियो, अरे। उनका विरोधीहरू उनको अगाडि त परै जाओस्, पछाडि पनि आलोचन गर्न डराउँथे। तत्कालीन सरकार र सिङगो राज्यका लागि प्रचण्ड डर एवं त्रासको प्रतीक बनेका थिए । प्रचण्ड एवं माओवादीको विरोध गरेको परिणामस्वरूप तत्कालीन माओवादी पीडित सङ्घ (Maoist Victims Association) का अध्यक्ष गणेश चिलुवाल माओवादी हमला (माओवादी भाषामा भौतिक कार्यवाही) मा परी २०६० फागुन ३ गते ज्यान गुमाए। चिलबालको गल्ती केही थियो भने उनले फकत काठमाडौंको रत्नपार्कमा माओवादी–विरोधी जुलुसको नेतृत्व गर्नु। प्रचण्डको विरोध गरेको  भोलि वा पर्सिपल्ट माओवादीद्वारा गणेश चिलुवालको गोली हानी निर्मम किसिमबाट हत्या गरिएको थियो। हिन्दी सिनेमा, शोलेमा गब्बरसिंहसँग पचास–पचास कोस टाढाका बच्चाहरू डराए झैं प्रचण्डद्वारा त्यस बेला राज्यका तत्कालीन संयन्त्रहरू (कर्मचारी, सेना, प्रहरी ) डराउने गर्दथे। त्यस बेला प्रचण्ड सरकारका लागि घृणा र भयको पात्र बनेका थिए। त्यस बेला पनि यिनै काङ्ग्रेसीजन र एमालेका हर्ताकर्ताहरूको हातमा सरकार थियो। त्यो बेलाको प्रचण्ड र अहिलेको प्रचण्ड अन्तर पाठकहरूको अगाडि नै छ। व्याखा गर्नु पर्ला र ?
    तर अहिले बितेको बीस वर्षमा, अनायास सृजित यो अति पछिल्लो नयाँ परिस्थितिमा प्रचण्ड ‘नेशनल हिरो’ भएका छन्। राष्ट्रवादको प्रतीक भएका छन्। राष्ट्रवादको नारा घन्काएबापत उनको विगतको सारा पाप पखालिएको छ। भारतसँग पंगा लिन सक्ने क्षमता भएका एक राष्ट्रवादी, दूरदर्शी, प्रखर एवं निर्भीक नेताको रूपमा अहिले आम नेपालीहरूले उनलाई हेरिरहेका छन् । प्रचण्डको यो नयाँ रूप परिवर्तनले उनको राजनैतिक चतुराइलाई उजागर त गर्छ नै, साथै नेपाली जनताको दयनीय राजनैतिक चेतनालाई पनि उदाङग पारिदिन्छ। नेपालमा कुनै पनि नेताको दैत्यीकरण र देवीकरण गर्न नेपाली जनता कति आतुर हुन्छ भन्ने कुरा पनि प्रस्ट पारिदिन्छ। केवल कुनै एउटा मुद्दालाई मात्र आधार मानेर नेताहरू प्रति नेपाली जनताको मत रातभरिमा यताको उता हुने गर्दछ, त्यो पनि वायुवेगमा।
    प्रचण्डलाई यो स्थितिमा पुर्‍याउनमा मधेसी नेताहरूको भने ठूलो हात छ। यदि मधेसी नेताहरूले मधेसीहरूको हित र अधिकारका लागि भन्दै चर्काएको आन्दोलनमा भारतको साथ र सहयोग छ भनेर उनीहरू स्वयंले नै नभनेको भए, सीमा क्षेत्रहरू धर्नाद्वारा अवरोध नपुर्‍याएको भए, प्रचण्ड यसरी चर्चामा आउने थिएनन्। भारत सरकारको द्वैध चरित्र (ओली नेतृत्वको सरकार र मधेसी दलहरू, दुवैथरीलाई भारतले समर्थन गर्नु) ले पनि प्रचण्डलाई राष्ट्रिय नायक हुन सहयोग पुर्‍याएको छ, जबकि फुटेको आफ्नो पार्टी (बादल र किरण छुट्टिएर गएपछि) को केवल एक सानो टुक्राको नेतृत्व लिएर बसेका प्रचण्ड, त्यो विग्रहको कारण, हतास मनस्थितिमा पुगिसकेका थिए। र सानो त्यो टुक्राबाट पनि बाबुराम छुट्टिएर गएपछि भने उनी त झन् एकलिएर राजनीतिक जीवनको ठूलो खाडलको डिलमा उभिसकेका थिए । तर मधेस आन्दोलनले भने प्रचण्डलाई रातोरात ‘राष्ट्रिय नायक’ बनाइदिएको छ। मधेसी दलहरूलाई भारतपरस्त, अनि भारतलाई नेपालको शत्रु देखाएर प्रचण्ड ठूलो राष्टवादी हुन पुगेका छन् । विगतमा गरेका आफ्ना रक्तपातपूर्ण क्रियाकलापहरूलाई भारत विरोधी बनेको पानीले पखालिदिएका छन्। नेपाली राजनीतिमा जनताको यो अति अदूरदर्शी व्यवहार प्रदर्शित गर्ने विशेषताले गर्दा नै नेपालमा एकातिर प्रजातन्त्र स्थिर हुन सकेको छैन भने अर्कोतिर आर्थिक विकास र राष्ट्रियता दुवै कमजोर भएर गएको छ। साथै नेताहरूलाई जनता ठगी–उद्योग (राजनीति) बढी नाफामा सञ्चालन गर्न निकै सजिलो पनि भएको छ।
    मधेस आन्दोलनको प्रारम्भको समयमा जब त्यस आन्दोलनको मोर्चाको नेतृव प्रचण्डले गरेका थिए, प्रचण्ड मधेसी नेताहरूका लागि सहयोद्धा बनेका थिए, आशाको केन्द्रबिन्दु बनेका थिए। ईश्वरको रूपमा प्रकट भएका थिए। तर अहिले तिनै सहयोगी, तिनै सहयोद्धा मधेसी नेताहरूको आँखामा पसेको कङकड हुन पुगेका छन्। यस्तै स्थिति विजयकुमार गच्छेदारको नेतृत्व–व्यवहारमा पनि देखियो । गच्छेदारबारे थप भन्नुपर्ने दरकार छैन जस्तो लाग्छ। मधेस आन्दोलनको सन्दर्भमा, मधेसीहरूलाई हक अधिकार दिन लगाउने कार्यमा, उनको भूमिका के कस्तो रहयो मधेसी जनता र नेताहरूले मूल्याङकन गर्ने कुरा हो। तर कुनै बेला मधेसी जनताको मुक्तिदाताको रूपमा गच्छेदार मधेसमा अवतरित भएका थिए।
    २०४६–४७ को आन्दोलनताका र पछि पनि, धेरै व्यक्तिले कमल थापाको राजनैतिक जीवन समाप्त भयो भनी भन्दै हिंडेका थिए। र त्यस्तो केही हदसम्म देखियो पनि। तर त्यो आन्दोलनको पूर्वाद्ध र उत्तर्राद्धमा पनि कमल थापा शक्ति केन्द्रको वरिपरि रहेको तथ्य कसैबाट लुकेको छैन। शक्ति किनबेच हुने नेपालको तातो राजनैतिक बजारमा अहिले पनि कमल थापा एक निर्णायक शक्तिको रूपमा रहेका छन्। वर्तमान सरकारमा उपप्रधान एवं विदेशमन्त्री भएका छन्। पञ्चायतको अवसानसँगै फूलझै ओइलाएका कुनै समयका कमल थापा अहिले थप चर्चा (भारत भ्रमणले गर्दा) मा छन्। २०६३ सालमा उनी गृहमन्त्री भएपछि उनको सफलताको यात्रा सहज हुँदै गयो। अहिले थापा राष्ट्रवादका कट्टर हिमायती भएका छन्। उनले बेच्ने राजनीतिको तातो केक पनि राष्ट्रवाद नै हो। नेपाली जनताले छिटै कसैलाई दैत्यीकरणबाट देवीकरण गरिदिने, कमल थापाको राजनतिक प्रगति, अर्को एक ज्वलन्त उदाहरण हो ।
    कम्युनिस्ट, एमाले र पछि माओवादी पृष्ठभूमि रहेको भनी चर्चित उपेन्द्र यादव, माओवादी सङगठनको नजिक हुँदासम्म पनि राष्ट्रिय राजनीतिको छेउसम्म पनि पुगेका थिएनन्। चर्चामा पनि थिएनन्।  तर जब उनले क्षेत्रीय राजनीतिमा सक्रियतापूर्वक प्रवेश गरे, मधेसी मुद्दा उचाल्न आरम्भ गरे, मधेसीहरूको दु:ख पीडा आफूले मात्र सिंहदरबारसम्म पुर्‍याउन सक्ने हैसियत राख्ने प्रचार गर्न थाले, जब नियतवश काठमाडौले मधेसीहरूलाई सम्मान र अधिकार नदिएको भन्दै हिंड्न थाले, उनी  राष्ट्रिय राजनीतिको खेल परिवर्तनकर्ता (न्बmभ अजबलनभच) को रूपमा उदाए। २०४८ सालको चुनावमा नेकपा (एमाले) ले यादवलाई सुनसरीको ४ नम्बर क्षेत्रको उम्मेदवार बनाउँदासम्म उनी चर्चामा थिएनन्। त्यो चुनावमा उनी पराजित भएका थिए। तर पछिल्लो समयमा तराईको जनताले यादवको देवीकरण गर्न ठूलो उदारता मात्र देखाएन, उनले ल्याएका एजेन्टामा पनि सक्रियतापूर्वक भाग लियो। २०५४ सालमा गठन भएको मधेसी जन अधिकार फोरममा यादव २०५६ सालमा (माओवादी सङगठन परित्याग गरी ?) प्रवेश गरेपछि, कालान्तरमा उनले आफ्नो भूमिका त्यस सङगठनमा बढाउँदै लगे। मधेसी राजनीतिमा चर्चित र स्थापित हुँदै गए। उनको चर्चाको उज्यालोले मधेसका प्रभावशाली नेताहरूलाई पनि फोरममा प्रवेश गर्न आकर्षित गरायो। अहिले मधेसी जनताले कुनै बेला ओझलमा परेका मधेसी नेताहरूको देवीकरण गरिदिएका छन्। तर यो देवीकरण कहिलेसम्म रहने ? यो कुरा न तराईको जनता, न नेताहरूलाई थाहा छ। भारतीय राजनीतिको खेल परिवर्तनकर्ता साउथ ब्लकले आफ्नो स्वार्थ पूर्तिका लागि मधेसी नेताहरूलाई समर्थन गर्न छाडेर संस्थापन पक्ष (ओली सरकार) लाई समर्थन गर्न आरम्भ गरेपछि मधेसी आन्दोलन खटाइमा त पर्छ नै, मधेसी नेताहरूको बढेको शाख पनि, पानीमाथि उठेको बुल्बुलाझैं फुट्ने छ। त्यस बेला मधेसी नेताहरूलाई जनताले दिएको देवरूप जोगाउन धौ–धौ पर्नेछ। सभामुखमा ओनसरी घर्तीमगर र राष्ट्रपतिमा विद्या भण्डारीको निर्वाचनले स्थापन पक्ष बलियो हुँदै गएकोले साउथ ब्लकले अब मधेसी होइन, ओली सरकारसँग मित्रता बढाउने सम्भावना बढेको छ। राजनीतिको खेलमा भावी घटनाले कुन मोड लिन्छ भन्न सकिंंदैन।
    नेपाली जनताले नेताहरूलाई देवरूपमा पुर्‍याएर फेरि तत्काल झारेको उदाहरण थुप्रै छ। कुनै बेला गिरिजाप्रसाद कोइरालाई शान्तिको लागि नोबेल पुरस्कारको वकालत गर्नेहरू नै पछि नेपालको राजनीतिलाई यस्तो कमजोर तुल्याउने कोइराला नै हुन् भनी दोषारोपण गरेका थिए। राजनीतिको जोड घटाउलाई चतुराइपूर्वक उपयोग गरी जहिले पनि सत्तामा रहन सफल रहेका कुनै समयमा मधेसमा नै  अति आलोचित राजेन्द्र महतो अहिले तराईको जनताद्वारा नै देव रूपान्तरित भएका छन्।
    त्यस कारण नेपालको राजनीतिलाई अनिश्चित, अस्थिर र स्वार्थमूखी बनाउन केवल नेताहरूको मात्र हात छैन। कुनै नेताको छिटै देवीकरण र कुनै नेताको छिटै दानवीकरण गरेर नेपालको राजनीतिलाई अनिश्चित र उधो दिशामा पुर्‍याउन सक्रिय भूमिका खेल्ने जनताको पनि हात छ। अब यो भन्नुपर्ने समय आएको छ कि नेपालको राजनीतिलाई दिशाहीन र अनिश्चित तुल्याउन नेताहरूको मात्र होइन, जनताको पनि अहम् भूमिका छ।  

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, November 06, 2016