गुमनाम मृत्यु
अस्पतालका प्रशासकले
विरक्तिएको स्वरमा भने ‘हल्दार सा’ब, यो लाशलाई त जसरी पनि लग्नु पर्यो यो
मुर्दाघरबाट। न लग्ने हो भने एक त अर्को लाश राख्न सकिने छैन, दोस्रो धेरै दिन
देखि यो लाश यो मुर्दाघरमा रहेकोले दुर्गन्ध फैलिएर छेउ छाउका मानिसलाई काम गर्न
गार्हो हुनेछ।’
त्यो लाशको सद्गत
गर्ने सन्दर्भमा आफू पनि क्रियाशील रहेको प्रदर्शित गर्दै प्रहरी हल्दारले जवाफ
दिए ‘सर, यो लाशको सद्गत हिँजो अस्ति नै भइ सक्थ्यो तर के गर्नु यो लाश पर्यो
बेवारिसे। आज एक दिन कुर्ने कि, भन्दा
भन्दै यत्रो दिन भइ सक्यो। लाश कुहिने स्थितिमा पुगि सक्यो, त्यैपनि यो वेवारिसे
लाशको न त कोही आफ्न्त नै आयो, न त साथि वा परिचित नै। न त यो लाश बारे केही थाहा
पाउने कुनै व्यक्ति नै। भोलि जसरी भए पनि यो लाश उठाउने व्यवस्था मिलाउँ छु,
हुँदैन सर?’
केही मयालु
प्रवृतिका अस्पताल प्रशासक भोलि पल्ट मुर्दाघरको अगाडि फेरि देखा परे। हल्दारलाई उत्सुकताका साथ प्रश्न
गरे ‘आज यो वेवारिसे लाश उठाउनु हुन्छ, हैन त? आज त सद्गत हुन्छ नै?
हल्दारले जवाफ
फर्काए ‘आज त जसरी पनि हुन्छ, सर।’
प्रशासकले फेरि
उत्सुकता साथ प्रश्न गरे ‘अनि यो वेवारिसे लाशको नाम, ठेगाना………., अरु कुनै जानकारी पत्ता
लाग्यो त?’
‘लागने सर’,
हल्दारले छोटो उत्तर दिए।
‘अनि………………….’ प्रशासकले
हल्दारति हेर्दै भने।
हल्दारले प्रष्ट
पारे ‘सर, हामीले सडकबाट उठार ल्याएको हो, यो लाश। लाश उठाउने बेलामा छेउ छाउका
मानिसलाई मृतकको बारेमा सोधेका थियौं तर कसैले पनि केही जानकारी दिन सकेनन।’
प्रशासकले आश्चर्य
मान्दै भने ‘त्यसो हो भने यो व्यक्ति बाँच्दा पनि गुमनाम अनि मृत्यु पनि गुमनाम….?’
प्राशासकको यो भनाइ
पछि एकै छिन मौनता कायम रह्यो। एकै छिन पछि सम्बन्धित कर्मचारीहरु त्यो लाश
ट्याक्टरमा राख्न लम्के।
विश्वराज अधिकारी
No comments:
Post a Comment