कोट
जिन्दगीलाई कोट जस्तो झुन्डाएर
कहिले जाडोको कहिले उत्सवको प्रतीक्षा गरि रहेको
छ ऊ
कहिले उसले कोटको उपहास गर्छ
कहिले कोटले उसको
यस्तै यस्तै समय भोगि रहेको छ आजभोलि ऊ
च्यात्तिएको कोट उसको
मक्किएको कोट उसको
अठोट गरेर न फाल्न सक्छ
लगाउँदा खुसीमा न नाच्न सक्छ
पीडाले भरिएको मन लिएर आज भोलि हाँसिरहेछ ऊ
जिन्दगीलाई कोट जस्तो झुन्डाएर
कहिले जाडोको कहिले उत्सवको प्रतीक्षा गरि रहेको
छ ऊ
विश्वराज अधिकारी
No comments:
Post a Comment